२६ फाल्गुन २०८२, मंगलबार | Tue Mar 10 2026

‘सिस्ने राउण्ड’ पदमार्ग निर्माणमा,पश्चिम नेपालको ‘नयाँ र भर्जिन’ गन्तव्य


२० बैशाख २०८२, शनिबार  


पश्चिम धवलागिरीको उप-हिमश्रंखलामा पर्ने सिस्ने हिमाल रूकुम पूर्वमा पर्दछ।समुद्री सतहदेखि ५ हजार ९११ मीटर अग्लो यश हिमालको आधार मानेर सिस्ने राउन्ड पदमार्गको निर्माण थालिएको छ।

तस्बिर : मानबहादुर खत्री

पर्यटकीय सम्भावना प्रचुर भएपनि पूर्वाधार र प्रवर्द्धनका काम पर्याप्त नहुँदा यश क्षेत्र पर्यटन बजारमा त्यति खपत हुन सकेको छैन। यद्यपि पछिल्लो समय नयाँ पदमार्ग निर्माण गर्न सरकारले बजेट विनियोजन गरेपछि पदमार्ग निर्माण थालिएको हो ।

मुलुककै कान्छो जिल्ला रूकुम पूर्वको सिस्ने गाउँपालिका वडा नम्बर १ मा पर्ने द्वारी हिमालको पुर्मुली पाटनदेखि नौ दह, सिस्ने बेस क्याम्प हुँदै गुप्तादहसम्म पुग्ने गरिी नयाँ पर्यटन पदमार्ग ‘सिस्ने राउण्ड’ निर्माण कार्य सुरु गरिएको हो।

पदमार्ग धमाधम निर्माण गरिदै

प्राकृतिक विविधता र सांस्कृतिक विशिष्टताले निकै सुन्दर यश क्षेत्र पर्यटनको भर्जिन गन्तव्य पनि हो। यश स्थान पर्टकीय गतिविधि बढाइ पर्यटन बजारसम्म पहुँच विस्तार गर्न सिस्ने हिमाल र गुप्तादहसम्म पुग्नको लागि पदमार्ग निर्माणमा सरकारले ५० लाख रूपैयाँ खर्चिन लागिएको हो।

चालू आर्थिक वर्ष २०८/र०८२ मा पर्यटन मन्त्रालयअन्तर्गत पर्यटन पूर्वाधार विकास कार्यक्रममार्फत विनियोजित ५० लाख रुपैयाँ बजेटबाट पदमार्ग निर्माण कार्य अगाडि बढाइएको हो।

नयाँ गन्तव्य बन्दै, सिस्ने राउन्ड

यही आर्थिक वर्षमा सिस्ने गाउँपालिका वडा नम्बर २ को नेटापार्कदेखि छिपखोला हुँदै तासुक्वारासम्मको गुरिल्ला ट्रेल निर्माणका लागि पनि ७५ लाख रुपैयाँको बजेटमा ठेक्का आह्वान गरी काम सुरु गर्ने तयारी गरिएको छ।

यसअघिको आर्थिक वर्ष २०७९/०८० मा गाउँपालिकाको बजेटमा पुर्मुली लेक क्षेत्रमा एक वटा पाहुना घर निर्माण गरिएको थियो।यहाँ तीन वटा काठेपुल समेत निर्माण भइसकेका छन्।यश क्षेत्रमा ६ वटा पदमार्ग बन्दैछन्।त्यसका लागि ३ करोड तीन लाख बजेट प्रस्ताव गरिएको छ।

पदमार्ग निर्माणपछि यश क्षेत्रमा पर्यटकीय गतिविधि बढ्नेछ छ। ग्रामीण पर्यटनको राम्रोसँग विकास गर्न सके यश क्षेत्रमा विदेशदेखि शहरका पाहुनालाई पुर्याउन सकिन्छ ।

मुलतः रैथाने संस्कृति र परिकारको साथै अतिथि सत्कारमा विशेष ध्यान दिन जरुरी छ। प्रकृतिको अनुमप छटासंगै ग्रामीण जीवनमा रमाउन चाहानेहरू धेरै छन् ।

शहरको उकुसमुकुसबाट मुक्ति खोज्नेहरू यस्ता अद्वितीय सुन्दर ठाउँमा भ्रमण गर्न चाहान्छन्।त्यसका लागि ग्रामीण पर्यटनको शिक्षा दिन उत्तिकै जरुरी छ। यस्ता भर्जिन गन्तव्यको दीगो पर्यटन विकासका लागि पर्यावरण मैत्री विकास र व्यवहारमा ध्यान दिन सके यश क्षेत्र मुलुक नमुना गन्तव्य बन्न सक्थ्यो कि ?

प्रकाशित मिति : २० बैशाख २०८२, शनिबार  ९ : ४१ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित