लोकतन्त्रकाे फरियामा घुसेको भ्रष्ट सत्ताको उकुसमुकुसमा थिए जनता । ५१ प्रतिशत मतदाता युवा भए पनि उनै शेरबहादुर , केपी ओली र प्रचण्ड अनि उनका नोकरचाकरले सत्ताको अवसर पाएका थिए ।
गएको १० वर्षमा ९ प्रधानमन्त्री र ३८० मन्त्री कोरल्न काम भयो । मन्त्री भएपछि सबै काठमाडौमा दरबार जोडे । यो अवधिमा सबैभन्दा बढी मन्त्री एमालेका विष्णु पौडेलले पाँच पटक अर्थमन्त्री भएर इतिहास रचे। त्यसपछि मा ओ वादीका जनार्दन शार्माले अवसर पाए धेरै । दलको काम भनेको सरकारमा पालैपालो जाने र लुट्ने नै भयो ।
राजनीतिक नियुक्तिका कहानी लामै छ। सिहदरबारमा कुरा काटेर बस्ने ओली देउवा र प्रचण्डका अनुचर,अनुयायी र अन्धभक्तले वार्षिक ८ करोड त तलब मात्रै खाए । गएको १० वर्षमा यो ८० करोड हुन आउँछ । यो सिधा हिसाब मात्रै हो, कमिसन र घुस उठाउने छुट्टै धन्दा थियोे । मान्छे बेचेर दैनिक ५० लाको हिसाब क्याकुलेटरमा पनि नअटाउला।अडियो काण्डका नालीबेली उस्तै रहे ।मान्छे बेच्ने धन्दाले अमेरिकाले समेत प्रश्न गर्यो ।कालोधनको कारखाना चलेपछि नेपाललाई ग्रे लिष्टमा पारियो । बल्याक लिष्टमा जानेवाला थियोे ।
यी प्रतिनिधिमूलक राष्ट्र दोहन देखिरहेको र भोगिरहको थियोे युवाले । अति भए खति हुन्छ भने झैं अन्तः गएको भदौ २३ र २४ मा जेन्जी विद्रोह भयो। ओली देउवाको खुनी सत्ताले १९ जनाको ज्यान लिएर सत्ताबाट भाग्यो। अहिले कोही गुण्डुतिर र कोही अस्पताल तिर छन् ।
तैपनि प्राण जाला पार्टी नेतृत्व छोड्नेवाला छैनन् । किनकि विना उद्यमको राजनीति मात्रै हो, नाफामा जाने । यो कुरा उनीहरूले बुझेका छन् । बुढानिलकण्ठ भकुरिदा र शिवपुरीमा लखेटिदा पनि अझै जुरूक जुरूक गर्छन् । यसो गर्नुको कारण शक्ति र सत्ता बाहिर बस्नु पानी बाहिर माछो जस्तै भाछ,यिनीहरूलाई। यीनीहरू पटकपटक परीक्षण भएर नकाम भैसकेका हुन्।तैपनि आर्यघाट जानेबेलासम्म पदकै लोभमा छन् ।
यिनीहरू फेरि दोहोरिनु भनेको मुलुकलाई अझै बर्बादमा पुराउनु हो। जुनसुकै हालतमा यीनीहरू सत्तामा फर्किनु हुदैन र दिनुहुन्न पनि ।
यस्ता कुलंगारहरूबाट देशले मुक्ति खोजेको छ। त्यसैका लागि जेनजीले बलिदानीपूर्ण विद्रोह गरेको हो ।२४ घण्टामै सत्ता कब्जा गरेको जेनजीमाथि थुप्रै आशंका र प्रश्न उठाइएको छ। त्यो फरक सन्दर्भममा बहस गरौला। मुल कुरा के हो, भने एमाले कांग्रेस माओवादीका नेतृत्व निकम्मा भएपछि नयाँ पुस्ता नेतृत्वमा आउनु पर्ने थियोे , कोशीस भइरहेको छ।तर,बुढो नेताहरूले अझै पनि पुस्तान्तर्णलाई स्विकार्न सकेको छैन।
यस्तो अवस्थामा विप्लव वैकल्पिक नेता हुन सक्थे। परिवर्तनकामी शक्तिको नेता भएकोले पनि मुलुक सम्हाल्ने ठूलो अवसर थियोे र छ पनि । तर,त्यो अवसर र चुनौति लिन सकेनन् । नेतृत्व भनेको कसैले दिने होइन लिने हो ।भ्रष्ट शासनलाई लामो समयदेखि देखेको र भोगेको विप्लवले भ्रष्टहरू विरू्ध्द जनतालाई एकीकृत गर्न सकेनन्।
विशेषगरी नयाँ पुस्ता अर्थात जेनजीको भावना र चाहना बुझ्न र अपनत्व लिन सकेनन् । नेतृत्वको पहल सरकारी ज्यादतीमा लिन पर्ने थियोे । प्रविधि र प्रवृत्ति बुझ्न र सम्हाल्न सकेनन् विप्लवले उत्पादन संस्कृति र सादगी जीवन भएर पनि नयाँ पुस्ताको नेतृत्व लिन सकेनन् ।जोशिलो र वेदागी नेता छाँया परे ।
नयाँ पुस्ता प्रविधिमा हुर्किएको र करिअर बनाउन खोजिरहेको शक्ति हो। यसको भावना न ओली सरकारले बुझ्यो। बरू राजधानीमा गएको वर्ष गौरा पर्वमा प्रश्न गर्दा युवाहरूको हातमा हत्कडी लगनइयो ,त्रिवि प्राध्यापक कुट्नेलाई उन्मुक्ति दिइयो। यी त प्रतिनिधिमूलक घटना मात्रै हुन् ।
यति मात्रै होइन, वडा सिफारिसदेखि सरकारी अवसर पाउन एमाले ,कांग्रेस र माओवादीभित्र चाकडी गर्ने मात्रै पाउने स्थिति बनिरह्यो । पार्टी बाहिरका लागि राज्यका सबै ढोका बन्द गरिए । यसले असन्तुष्टि र आवेगको ज्वार बढिरहेको थियोे । डिजटल प्लायाटफर्म डिस्कर्ड र टिकटकमा नेपो बेबी ट्रेन्ड चलिरहेको थियोे । असन्तुष्टिको आँधी धुवाँउदै थियोे । यसलाई कमान्ड गर्ने कोहि भएन। यद्यपि यस्तो समूह असंगठित हुन्छ पनि भनिन्छ ।
संगठित र असंगठित भन्दा भ्रष्टाचार विरोधी भावना उनीहरूमा एउटै थियो । विप्लव र उनको दल पनि भ्रष्टाचार विरोधी भावना बोकेको दल हो ।तर, यो तातेको मा होलको विप्लवले सुइको पाएनन् । स्वतर्श्फूर्तरूपमा चलेको असंगठित आ न्दोलनले आँधी रूप लिएर सिहदरबार सबै बगायो ।सम्भवतः सत्ता कब्जा २४ घण्टामा भएको पहिलो हुन सक्छ।
यसमा विदेशी शक्तिको खेल भन्ने न्यारेटिभ छ।तर, वास्तविकता भन्दा फरक कुरा हो त्यो ।विदेशी शक्ति भन्दा पनि स्थापित र वेदागी दलहरूले सुधार र अवसर गुमाएको यथार्थ हो।मुल कुरा, यो ऐतिहासिक अवसर विप्लवले गुमाए । नयाँ पुस्तालाई आकर्षित गर्न भन्दा एमाले माओ वादीसंग भेटघाट बाक्लो बनाए। जुन शक्तिसंग जनता क्रुद्ध थिए। उनैसंग सम्बन्धसंगै एकता बहस गर्न थाले । जसको परिणाम क्रान्तिकारी आन्दोलनमा पहलकदमी विप्लव जस्ता नेताको हातमा आउन सकेन ।प्रसाईं जस्ताहरू फ्रन्ट लाईनमा विरोधको बाबजुद पनि आए ।
जेनजी विद्रोह पछि पुरानाहरूको समूल अन्त्य र नयाँ निर्माण गर्ने बहस चलिरहेको छ। जनताले एमाले ,कांग्रेस र मा ओवादीको मुख पनि हेर्ने अवस्था छैन। तिनीहरूको एक विकल्प काठमाडौ महानगरका मेयर बालेन बनेका छन् ।समाजवादका गीत गाउनेहरू भ्रष्टाचारमा चुर्लुम्म डुब्दा मेयर बालेन विपन्न गाउँपालिकालाई निशुल्क एम्बुलेन्स बाँड्दै छन् ।शिक्षामा छात्रवृत्ति लगायतमा अवसर सिर्जना गरेका छन् । सडकदेखि सरकारी सेवा लाेभलाग्दाे बनाएका छन् ।यसर्थ यतिबेला जतिसुकै घेराबन्दी भएपनि जनताले बालेन जिन्दावाद भनिरहेका छन् ।
तर क्रान्तिकारी विप्लव उनै भ्रष्टहरूसंग निकट छन् । नयाँ बन्ने कि प्रचण्डको दरबार धाउने दोधारमा छन् उनी । राजनीतिलाई सही समय पकड्न नसक्नेहरू गुमनाम हुदै जान्छन् भन्ने तथ्य यो पनि हो । राष्ट्रिय जनमोर्चाको हलत जस्तै हुन्छ ,विप्लवको पनि । आचरण र नैतिकताको हिसाबले राम्रा नेता तर गति शून्य जस्तो भाे। प्रजातान्त्रिक विधिलाई निषेध गर्ने र प्रचण्डले जस्तो पद बाँध्ने प्रवृत्ति भएमा नयाँ पुस्ता पनि कोही आउँदन। विप्लवले पनि सम्भवतः यही नियति भोग्नेछन् ।








