२४ श्रावण २०८३, आइतबार | Sun Aug 9 2026

टरिगाउँ विमानस्थल विस्तारमा आश्वासन मात्रै दिएको भन्दै संसदमा जंगिए,सांसद दीपक गिरी


३० बैशाख २०८२, मंगलबार  


नेपाली कांग्रेसका सांसद दीपक गिरीले दाङको विमानस्थल विस्तारका लागि नेताहरुले आश्वासन मात्रै दिएको भन्दै जंगिएका छन् ।

मंगलबार प्रतिधिसभाको बैठकमा बोल्दै सांसद गिरीले टरिगाउँ विमानस्थल देशकै पुरानो विमानस्थल भए पनि अहिलेसम्म विस्तार हुन नसकेको भन्दै जंगिएका हुन्।

विमानस्थल विस्तारका लागि पटकपटक आश्वासन पाएपनि विमानस्थलको जस्ताको तस्तै रहेको बताए । उनले भने, ‘टरिगाउँ एयरपोर्ट जसको इतिहास लामो छ,२०११ सालमा सुरु भएको एरपोर्टले जनतालाई धेरै सहयोग गर्‍यो,’ तर, आज सबैलाई सेवा गरेको एयरपोर्ट आफै थकित मुद्रामा छ।’

हरेक बजेट भाषणमा विमानस्थल बनाउने कुरा आए पनि बजेट भने नआउने गरेको उनले आरोप लगाए। ‘प्रकाशरण महत अर्थमन्त्री हुँदा, वर्षमान अर्थमन्त्री हुँदा र अहिले विष्णु पौडेल अर्थमन्त्री हुनुहुन्छ,’ सांसद गिरीले भने, ‘सधै दाङको टरिगाउँ एरपोर्ट यो सरकारले बनाउँछ, बन्नेछ भनेर बजेट भाषणमा प्रस्तुत हुन्छ। तर, टरिगाउँ एरपोर्ट सधै त्यस्तै थकित छ।’ उनले भने।

विमानस्थलको धावनमार्ग अहिले ७५० मिटर मात्रै रहेको र त्यसलाई विस्तार गर्न ३ अर्ब ४२ करोड चाहिने भन्दै यसपालीको बजेटमा बिनियोजन गर्न उनले माग गरे। ‘७५० मिटर लामो धावन मार्ग छ, जसलाई १५०० चहिएको छ,’ गिरीले भने, ‘मैले यो सदनलाई देखाउन यो डीपीआर पनि बोकेर आएको छु। त्यसका लागि ३ अर्ब ४२ करोड चाहिन्छ। त्यो बिनियोजन हुनुपर्‍यो।’

प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा र पुष्पकमल दाहालले दाङ पुगेर विमानस्थल बनाउने भाषण गरे पनि यस्तो नभएको भन्दै उनले आलोचना गरे। ‘उहाँहरु गएर जनतालाई सम्बोधन गर्नुुहुन्छ– तपाईंको एरपोर्ट बन्छ। यसै साल बन्छ भनेर सम्बोधन गर्नुहुन्छ,’ गिरीले भने, ‘अनि यहाँ आयो फुस्सा। अनि गाली खाने हामी जनप्रतिनिधि। यसर्थ यश पटकको बजेटमा अनिवार्य विनियोजन गरियोस् ।जनतालाई अब झुक्याउन पाईदैन, चेतावनीको भाषामा उनले भने।

प्रकाशित मिति : ३० बैशाख २०८२, मंगलबार  ४ : ४४ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित