वैदेशिक लगानीकर्ताले नेपालमा लगानी गर्ने प्रतिवद्धता पनि गरे र हरेक वर्ष लगानी गर्ने प्रतिवद्धता पनि गर्दै आएका छन् । सरकारले नेपालमा लगानी भित्र्याउन कूटनीति पहल गर्दै आएकाे छ र गरिरहेका पनि छ ।
हरेक पटक बन्ने सरकारले वैदेशिक लगानी भित्र्याएर स्वदेशमा उत्पादन र राेजगारी बढाउने बाचा दिए र दिन्छन् । उनै पटकपटक सत्तामा पुग्छन् ,बाचा फेरि दाेहाेर्याउँछन्। तर, व्यवहारमा लगानी अभिवृद्धि भएको देखिन्न ।यसकाे कारण र निवारण खाेजेकाे पनि देखिन्न ।यद्यपि हरेक सरकारले दाेहाेर्याउने मुद्दा हाे, वैदेशिक लगानी भित्र्याउने विषय ।तर, किन भित्रीन सकेको छैन वैदेशिक लगानी ? र कस्तो छ,वैदेशिक लगानीकाे १५ वर्ष यताकाे अवस्था ? त्यसको चर्चा यहाँ गर्न खाेजिएकाे छ।
गएको १५ वर्ष यताकाे अवधिलाई फर्केरे हेर्दा ४ खर्बभन्दा बढी वैदेशिक लगानी प्रतिवद्धता गरिएको थियोे । तर, यश अवधिमा जम्मा डेढ खर्ब मात्रै लगानी भित्रिएको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ।
सन २००८/९ यता २०२३/२४ सम्ममा ४ खर्ब ६ अर्ब ४९ करोड ५३ लाख रुपैयाँ बराबर प्रतिवद्धता आएको थियो । त्यसबाट १ खर्ब ५० अर्ब ४८ करोड लाख मात्रै वैदेशिक लगानी भित्रिएको देखिन्छ । यो कुल वैदेशिक लगानी प्रतिवद्धताको ३७.०१ प्रतिशत मात्रै हो ।
यस्तै १५ वर्षको अवधिमा सबैभन्दा धेरै लगानी प्रतिवद्धता २०१४/१५ मा आएको थियो , भने सन २०११/१२ मा थोरै लगानी प्रतिवद्धता आएकोमा धेरै लगानी भित्रिएको छ । यश अवधिमा ७ अर्ब ३ करोड ८३ लाख रुपैयाँ वैदेशिक लगानी प्रतिवद्धता आएकोमा १२८.८ प्रतिशत अर्थात् ९अर्ब १९ करोड ५४ लाख रुपैयाँ वैदेशिक लगानी भित्रिएको हो ।
यस सन् २०१४/१५ मा ६७ अर्ब ४५ करोड ५० लाख रुपैयाँ लगानी प्रतिवद्धता आएको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ । तर धेरै लगानी प्रतिवद्धता आएकै वर्ष सबैभन्दा थोरै लगानी भित्रिएको छ । यस वर्ष ४ अर्ब ३८ करोड २६ लाख रुपैयाँ लगानी भित्रिएको छ । यो कूल लगानी प्रतिवद्धताको ६.५ प्रतिशत हो ।
वैदेशिक लगानी प्रतिवद्धता ठूलो परिमाणमा आउने तर, लगानी थोरै भित्रिने प्रवृत्ति रहेको पूर्व उद्योग सचिव भरत थापा बताउँछन् । उनी भन्छन् ,”नेपालमा प्रतिवद्धता अनुसार लगानी नभित्रिनुकाे नेपालमा लगानी गर्ने उपयुक्त वातावरण छ, भन्ने सुनिश्चित गर्न नसक्नु हाे ।
पक्कै पनि लगानीको वातावरण बाेले अनुसार सरकारले बनाउन सकेको छैन,लगानीको लागि सरकारी अनेकन झमेला छन् । सहज लगानीको वातावरण नभएको लगानीकर्ता आकर्षित नभएका हुन्। “
अवस्य पनि मुलुकमा संघीय व्यवस्था छ। तीन तहका सरकार छन् । ६६१ सरकारका ६६१ प्रकारका झमेला र उल्झन हुने गरेको विज्ञहरू बताउँछन् ।
पछिल्लो समय जुनसुकै राजनीतिक दल सरकारमा भए पनि वैदेशिक लगानी भित्रिन नसकेको उनीहरूको भनाइ छ । राजनीतिक पार्टी सबैले मुखले भन्छन् तर नीति नियम पनि थाहा छैन होला । मुखले आउनुस् लगानी गर्नुस् भनेर मात्रै पनि हुँदैन । सुनिश्चितताका वातावरण मिलाइदिनु पर्छ । कानुनको सुनिश्चितता गर्न सक्दैनन् ।त्यही लगानी कर्ता बिच्किने गरेका हुन्।
अस्थिर राजनीति, लगानी आकर्षणमा अविश्वास
गएको १५ वर्षलाई हेर्दा लामाे समय चलेको सरकार भने केपी अाेली नेतृत्वको दाेश्राे कार्यकाल हाे ।४२ महिना चलेको एमाले सरकार पनि अस्थिर र विवादास्पद रह्याे। १५ वर्षमा प्रचण्ड ,माधव ,झलनाथ ,बाबुराम,खिलराज सुशील ,अाेली, देउवा,प्रचण्ड ,अाेली देउवा प्रचण्ड र अाेली प्रधानमन्त्री भए ।यी सबैलाई सरकार पूरा चलाउन सकेनन्। १८/ २० महिनमै सरकार ढल्ने र बन्ने प्रक्रिया रह्याे, त्यो अहिले पनि यथावत छ।
यहि अस्थिर राजनीतिमा पनि प्रतिशतका हिसाबमा हेर्ने हो भने सबैभन्दा धेरै वैदेशिक लगानी २०११/१२ मा भित्रिएको देखिन्छ । यश वर्ष १२८.८ प्रतिशत लगानी भित्रिएको देखिन्छ । यो अवधिमा झलनाथ खनालको नेतृत्वमा २०११ अगष्ट २८ सम्म थियो । यसपछि डा. बाबुराम भट्टराईले सरकारको नेतृत्व लिएका थिए ।
तर, परिमाणको हिसाबमा हेर्दा सबैभन्दा धेरै लगानी २०२१/२२ मा १९ अर्ब ५१ करोड २७ लाख रुपैयाँ वैदेशिक लगानी भित्रिएको छ । यस अवधिमा जुलाई १३ सम्म केपी शर्मा ओलीको नेतृत्वमा सरकार थियो । यसपछि डिसेम्बर २५ सम्म शेरबहादर देउबा डिसेम्बर २५ देखि यता पुष्पकमल दाहाल प्रचण्डले नेतृत्व लिएका थिए । तीन पटक सरकार परिवर्तन भएको यो वर्ष ३२ अर्ब १७ करोड २८ लाख रुपैयाँ लगानी प्रतिवद्धता आएकोमा ६०.६ प्रतिशत लगानी भित्रिएको छ ।
यस्तै २०२०/२१ मा सरकार केपी शर्मा ओलीको नेतृत्वमा रहेको थियो । यो वर्ष १९ अर्ब ४७ करोड ८७ लाख रुपैयाँ वैदेशिक लगानी भित्रिएको छ । ३७ अर्ब ८० करोड ८५ लाख लगानी प्रतिवद्धता आएकोमा ५१.५ प्रतिशत लगानी भित्रिएको छ ।
सन २०२२/२३ मा १८ अर्ब ५६ करोड ३ लाख लगानी भित्रिएको छ । यस अवधिमा पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार थियो । परिमाणको हिसाबममा धेरै देखिएपनि यस वर्ष पनि अपेक्षित लगानी भित्रिन सकेन । ५४ अर्ब १५ करोड ८९ लाख प्रतिवद्धता आएकोमा प्रतिवद्धताको ३४.३ प्रतिशत मात्रै थियो ।
यस्तै २०१७/१८ मा १७ अर्ब ५० करोड ४६ लाख वैदेशिक लगानी भित्रिएको देखिन्छ । यस वर्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा २०१७ जुन ७ सम्म सरकार थियो । त्यसपछि शेरबहादुर देउवाले नेतृत्व लिए । यो वर्ष पनि प्रतिवद्धताअनुसार लगानी भित्रिन सकेन । ५५ अर्ब ६७ करोड ५ लाख लगानी प्रतिवद्धता आएकोमा ३१.४ प्रतिशतमात्रै लगानी भित्रिएको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ ।