३२ असार २०८३, बिहिबार | Thu Jul 16 2026

महान्यायाधिवक्ता कार्यालयले भन्यो-“बाल मन्दिर जग्गा हिनामिना गर्ने विरूद्ध मुद्दा चल्छ”


२३ बैशाख २०८२, मंगलबार  


नक्सालस्थित नेपाल बाल संगठनको स्वामित्वमा रहेको २८ रोपनी ५ आना जग्गा भाडामा दिँदा आर्थिक लाभ लिएको घटनामा महान्यायाधिवक्ताको कार्यालयले मुद्दा चलाउने निर्णय गरेको छ ।

उपप्रधानमन्त्री तथा कांग्रेस नेता प्रकाशमान सिंहकी दिदी रिता सिंह वैद्यसहित १७ जनाविरुद्ध मुद्दा चलाउने निर्णय महान्यायाधिवक्ताको कार्यालयले गरेको हो ।

मुद्दा चलाउने निर्णयसहित प्रक्रिया अघि बढेको महान्यायाधिवक्ता कार्यालयका सहन्यायाधिवक्ता सूर्यराज दाहालले जानकारी दिएका छन् ।

गएको साल २०८१ माघ १५ गतेका दिनमा जिल्ला सरकारी वकिल कार्यालयले निर्णय गरेर सदरका लागि उच्च सरकारी वकिल कार्यालयमा फाइल पठाएकोमा उच्चले महान्यायाधिवक्ताको कार्यालयमा मुद्दा नचलाउन सिफारिसहित स्वीकृतिका लागि फाइल पठाएको थियो ।

दुई तहको सरकारी वकिल कार्यालयबाट मुद्दा नचल्ने भनेर भएको निर्णय सदर गराउनका लागि महान्यायाधिवक्ता समक्ष फाइल लगिए पनि अनुसन्धान प्रतिवेदनबाट मुद्दा चलाउने निर्णय भएको सहमहान्यायाधिवक्ता दाहालले बताए ।

बाल संगठनको जग्गा कौडीको मूल्यमा ७९ वर्षसम्मका लागि भाडामा दिएर सरकारी सम्पत्ति हानी–नोक्सानी गरेको आरोप प्रतिवादीहरूमाथि छ । राजनीतिक शक्तिको आडमा आरोपितहरू सुरक्षित रहदै आ एका थिए। अब महान्यायाधिवक्ता कार्यालयले मुद्दा चलाउने निर्णय गरेपछि संलग्नहरू कारबाहीको भागिदार हुनेछ विश्वास गरिएको छ।

प्रकाशित मिति : २३ बैशाख २०८२, मंगलबार  ६ : ५३ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित