२१ बैशाख २०८३, सोमबार | Mon May 4 2026

भारतको केरलामा ढल्दै बामपन्थी किल्ला ! सत्ता स्वेच्छारिताले अधिकाँश स्थानमा सोत्तर !


२१ बैशाख २०८३, सोमबार  


भारतको केरला राज्यमा कम्युनिस्टहरूको अन्तिम बलियो गढ मानिएको वामपन्थी किल्ला यसपटक सोत्तर हुने देखिएको छ । विधानसभा निर्वाचनको प्रारम्भिक मतगणनामा कांग्रेस नेतृत्वको युनाइटेड डेमोक्रेटिक फ्रन्ट (यूडीएफ) ले स्पष्ट अग्रता लिएको छ भने सत्तारुढ कम्युनिस्ट पार्टी अफ इन्डिया (मार्क्सवादी) नेतृत्वको लेफ्ट डेमोक्रेटिक फ्रन्ट (एलडीएफ)निकै पछि परेको छ। दशकौँदेखि वामपन्थी र कांग्रेसबिच आलोपालो सत्ता चल्ने केरलाको परम्परालाई पछिल्लो निर्वाचनले पुनँँ ब्युँताउने संकेत दिएको छ।

मतगणनाको प्रारम्भिक नतिजा सार्वजनिक भएसँगै तिरुवनंतपुरमस्थित कांग्रेस मुख्यालयमा उत्सवको माहौल सुरु भएको छ। पार्टी कार्यकर्ताहरू सडकमा उत्रिएर खुसीयाली मनाइरहेका छन्।

विशेषगरी वामपन्थी नेताहरू पछि परेको खबर आउनासाथ कांग्रेस समर्थकहरूले चर्को नाराबाजी गर्दै विजयको उत्सव मनाउन थालेका हुन्। सन् २०११ मा पश्चिम बंगालमा सत्ता गुमाएपछि भारतीय वामपन्थी आन्दोलनका लागि केरला नै मुख्य ऊर्जाको स्रोत रहँदै आएको थियो, तर यसपटकको नतिजाले कम्युनिस्टहरूका लागि ठुलो धक्का दिने देखिएको छ।

कांग्रेस मुख्यालयमा सबैभन्दा बढी उत्साह त्यतिबेला देखियो जब मुख्यमन्त्री पिनाराई विजयन आफ्ना प्रतिद्वन्द्वीभन्दा पछि परेको खबर बाहिरियो। मुख्यमन्त्री विजयन आफैँपछि पर्नुलाई विपक्षीहरूले एलडीएफ सरकारको खराब शासनको परिणामका रूपमा व्याख्या गरेका छन्।

केरला स्टुडेन्ट्स युनियनका सदस्यहरूले मुख्यमन्त्री नै हजारौँ मतले पछि पर्नुले जनताले वर्तमान सरकारलाई पूर्ण रूपमा अस्वीकार गरेको पुष्टि हुने दाबी गरेका छन्।

सन् २०२१ को निर्वाचनमा केरलाले आफ्नो दशकौँ पुरानो आलोपालो सरकार चुन्ने परम्परा तोड्दै लगातार दोस्रो पटक एलडीएफलाई सत्ता सुम्पिएको थियो। त्यसबेला वामपन्थीहरूले इतिहास रचेको भए पनि यसपटक भने मतदाताले पुनस् कांग्रेस नेतृत्वको गठबन्धनलाई पत्याएको देखिन्छ।

प्रकाशित मिति : २१ बैशाख २०८३, सोमबार  ३ : ५० बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित