१५ श्रावण २०८३, शुक्रबार | Fri Jul 31 2026

तराई– मधेसमा फैलिदै शान्ति र सद्भाव ! शान्त बन्दै गाउँ नगर ! हिन्दु – मुस्लिमबीच पुनः मिलनका प्रयास !


१५ श्रावण २०८३, शुक्रबार  


जब सत्तारुढ दल रास्वपाले सर्वदलीय बैठक बोलाउँछ । तब तराई मधेशमा सल्किएको आगो निभाउने प्रयासको थालनी हुन्छ । रास्वपाले राष्ट्रिय सहमतिमा समस्याको हल खोज्छ । विपक्षी दलहरु पनि सहभागी हुन्छन् । प्रमुख प्रतिपक्षी दल कांग्रेस अन्य दल भन्दा जिम्मेवार देखिन्छ । सरकार र रास्वपालाई कांग्रेस सभापति गगन थापाले संवाद बढाउन सुझाउँछन् । गएको बिहीबार प्रधानमन्त्री बालेन शाहले देशबासीको नाममा सम्बोधन गर्दछन् । उनले सबै पक्षलाई संयमता, धेर्यता अप्नाउन आग्रह गर्दछन् ।


बिहीबार राति प्रधानमन्त्री बालेनको सम्बोधन हुन्छ । गृहमन्त्री सुधन गुरुङ उसै दिन सुृनसरीको कप्तानगन्ज पुग्छन् । कप्तानगन्जमा पीडित परिवारसंग भेट्छन् । तराई मधेशमा भएको हिंसामा घाइते भएर विराटनगरमा उपचारत विरामीलाई भेट्छन् । सुृनसरीको कप्तानगन्ज घटनामा मारिएका पीडित परिवारलाई भेट्छन् । पीडित परिवारहरुसंग सहमति गर्छन् । सरकारले सक्रिय सम्वाद जतिबेला बढाइरहेको हुन्छ। त्यत्तिबेला सुनसरीबाट फैलिएको हिंसाको आगो सिराह र धनुषामा प्रवेश गरेको हुन्छ ।


हिन्दू र मुस्लिमको नाममा हिंसा भडिकरहेको हुन्छ । एक समुदायले अर्काे समूदायको अस्तित्वमाथि हमला गरिरहेका हुन्छन् । धार्मिक साम्प्रादायीकताको हिंसाको आगो दन्किरहन्छ । विशेषगरी सामाजिक सन्जालले हिंसाको आगो तापिरहन्छ । संयमता, धैर्यता भन्दा उत्तेजना र घृणामा घ्यू थपिएको हुन्छ । दुई सम्प्रादयको विवाद हुन्छ । तर, सरकारलाई दोष लगाएर लल्कारिएको हुन्छ । हिंसालाई नियन्त्रणमा सरकारले पनि बल प्रयोग गरेको हुन्छ । सरकारको बल प्रयोगले पनि उत्तेजनालाई सघाएको हुन्छ । हिंसामा आगो ताप्नेहरुका लागि मलजल गरेको हुन्छ । सत्ताबाट च्यूत भएकाहरुका लागि तराई मधेशको हिंसा उत्सव झै लागि रहेको हुन्छ । निर्दाेष युवाहरु धर्मको अन्धतामा पुतली आगोको लप्कामा झम्टे झै झम्टिएका हुन्छन् । कलिलो उमेर र कलिलो दिमागमा घृणा र प्रतिशोधको आगो हालिएको हुन्छ । उनीहरुको यही उत्तेजनामा अमूक शक्तिले विजयीको थपडी बजाइरहेको हुन्छ । यही भडिकएको हिंसाको आगो तापेर न्यानो चाहानेहरुले उत्सव पनि मनाएाक हुन्छन् ।


हिंसांलाई नियन्त्रण गर्न प्रहरीसंगै सेना पनि सडकमा पुगेको हुन्छ सामान्य विवादलाई यति अचाक्लि धेरै उछालिएको हुन्छ । संकट जब चुलिदै गएको हुन्छ ।तब, प्रधानमन्त्री बालेनले सम्वादलाई सक्रियताको साथ बढाउँछन् । बिहीबार राष्ट्रका नाममा सम्बोधन गर्छन । त्यसपछि लगत्तै उनी सिधै शितलनिवास पुग्छन् । महामहिम राष्ट्रपतिसंग सम्वाद गर्दछन् । राष्ट्रपतिले प्रधानमन्त्रीलाई सम्वादबाट हल गर्न सुझाउँछन् । मुलुकै संरक्षक र अभिभावक हुन्छन् । राष्ट्रप्रमुखसंगको संवादपछि प्रधानमन्त्री उपराष्ट्रपतिलाई पनि भेट्छन् ।


उता तिर तराई मधेशका धेरै जिल्लामा सदभाव ¥यालीहरु आयोजना हुन्छन् । हिन्दू मुस्लिमहरु तराइका शहर र गाउँहरुमा सदभाव कार्यक्रम गरिरहेका हु्न्छन् । सदियौ वर्षदेखिको सदभाव, समभाव, सम्मान र सुसम्बन्धलाई स्मरण गरिरहेका हुन्छन् । एउटै गाउँ एउटै ठाउँ मेला पर्मको लामो कथा हुन्छ । सपना एउटै हुन्छ, भावना नेपाली हुन्छ । इद होस् या दशै या मोहरम किन नहोस् संगै बसेर मनाएको र रमाएको स्मरण गर्छन् । के हिन्दू के मुश्लिम सबैको रगत रातो हुन्छ । सबैको मन नेपाली हुन्छ । सबैको पसिना अर्थपूर्ण हुन्छ । सबैको जिवन अमूल्य हुन्छ । हिन्दुलाई लागेको घाउ मुस्लिमलाई दुखेको हुन्छ । मुस्लिमको खुशीमा हिन्दू पनि रमेको हुन्छ । धर्म र आस्था फरक हु्न्छन् । परम्परा र संस्कृति फरक हुन्छन् । तर, नेपाली पन र मानवीय आत्मियता र भातृत्वको सम्बन्ध अक्षुण हुन्छ । सदियौदेखिको आत्मीयता, प्रेम, सदभाव र सहअस्तित्वको भावनाले क्रमश हिंसाको आगो सेलाउँदै गएपछि जोडदै गएको हुन्छ ।


जब मनहरु माझिन थाल्छन्। भावनाहरु साटिन थाल्छन्। सपनाहरु एउटै देखिन थाल्छन्। भविष्यका योजनाहरु साझा बन्न थाल्छन् । तब घृणा, द्धैष र प्रतिशोधको कोइलाहरु पनि क्रमश निभ्न थाल्छन् । मानवीय भावना र शुभकामनाले हिंसाका लप्काहरु आफै निस्तेज हुन थाल्छन् । तराई मधेश सुन्दर गाउँ नगर बस्ती क्रमश शान्त बन्न थाल्छन् । भड्किएको हिंसा मत्थर हुन थाल्छ । गएको बुधबार रास्वपा सभापति रवि लामिछानेको सर्वदलीय बैठक आहन र गएको बिहीबार प्रधानमन्त्रीको सम्बोधनपछि हिंसात्मक घटना कमी हुँदै जान्छन् । गृहमन्त्री सुधन गुरुङ बिहीबारै सुनसरीको कप्तानगञ्ज पुगेर पीीडत परिवारहरु भेट्छन् । उनीहरुससंग सम्वाद बढाउँछन् । तराई मधेशमा शान्तिको वातावरण बन्दै जान्छ ।
हो, नेपाली समाज बहुल छ । विविधता पनि छ । पहिचानहरु फरक– फरक छन् । तर, सबै नेपालीहरु एक अर्काेप्रति अवस्य उदार छन् र हुन्छन् । फरक–फरक धर्म, जात, भाषालगायत पहिचानहरु छन् ।

यसैका बीचमा पनि मुलुक वास्तवमा शान्त हुन्छ । सदियौ वर्षको भातृत्व, मित्रता र बन्धुत्व अविछिन्न हुन्छ । के मुस्लिम के हिन्दू सबैको भावना उही एउटै नेपाली हुन्छ । बेला मौकामा भडिकने र भडकाइने हिंसाले सबैको मन दुख्छ। निर्दाेषहरुको हिंसाको भीडमै ज्यान जाने गरेको हुन्छ । त्यसको पछिल्लो सुनसरी प्रकरण हुन्छ । सामान्य विवाद हुन्छ । रुप उग्र लिन्छ । तर, सरकारी सम्वाद र शान्तिकामीहरुको विशेष पहल हुन्छ । अन्ततः तराई मधेशमा शान्तिको घाम लाग्न थाल्छ । भाइ भाइ भिडाएर स्वास्थ पूरा गर्ने गिरोहको योजना सबै तुहिन्छ ।

प्रकाशित मिति : १५ श्रावण २०८३, शुक्रबार  ३ : ३४ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित