१३ श्रावण २०८३, बुधबार | Wed Jul 29 2026

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन !


१२ श्रावण २०८३, मंगलबार  


कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन भएको छ । जावलाखेलस्थित हेलिअस हस्पिटलमा उपचारका क्रममा ८३ वर्षको उमेरमा मंगलबार उनको निधन भएको हो ।

कांग्रेस केन्द्रीय सदस्य प्रमोदहरि गुरागाईका अनुसार श्रेष्ठको शव बुधबार बिहान ८ बजेदेखि ११ बजेसम्म पार्टी कार्यालय सानेपामा श्रद्धाञ्जलीको लागि राखिने छ ।

गण्डकी प्रदेशका पूर्वमन्त्री एवं कांग्रेस नेता मेखलाल श्रेष्ठले वरिष्ठ नेता एवं पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधन भएको भन्दै दुस्ख व्यक्त गरेका छन् । उनले श्रेष्ठको निधन जावलाखेलस्थित हेलिअस हस्पिटलमा भएको र भोलि बिहान ८ बजेदेखि ११ बजेसम्म कांग्रेस पार्टी कार्यालयमा श्रद्धाञ्जलीको लागि राखिने सामाजिक सञ्जालमा लेखेका छन् । उनले लेखेका छन्( तत्पश्चात शव यात्रासहित पशुपति आर्यघाटमा दाहसंस्कार लगिनेछ ।

श्रेष्ठ २०७० को संविधानसभा चुनावमा समानुपातिक प्रणालीबाट निर्वाचित भएका थिए । उनी त्यसअघि २०४८ र २०५६ र २०६४ मा स्याङ्जाबाटै विजयी भएका थिए ।

उनले उपप्रधानमन्त्रीको जिम्मेवारीसहित शिक्षा, भौतिक योजना तथा निर्माण मन्त्री, वन तथा भूसंरक्षण मन्त्री र उद्योगमन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन् । कांग्रेसका पूर्वउपसभापतिसमेत रहेका उनी २०१७ सालदेखि नै राजनीतिक आन्दोलनमा सक्रिय थिए ।

बमकरज्ञद्धद्धण्हद्दघघभपबलतष्उगचअयmअयmदष्लभकगmmभचपख(ण्द्धटद्दण्द्दटण्ठघद्धघछ।वउन

प्रकाशित मिति : १२ श्रावण २०८३, मंगलबार  ६ : ०३ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित