२५ बैशाख २०८३, शुक्रबार | Fri May 8 2026

सरकार र शिक्षक महासंघका पदाधिकारीबीच वार्ता, सात बुँदे प्रस्तावमै सहमतिको प्रयास


१५ बैशाख २०८२, सोमबार  


सत्तारूढ दल कांग्रेस, एमालेका नेताहरुसहित नेपाल शिक्षक महासंघका पदाधिकारीबीच आज भएको वार्ता सकारात्मक दिशातिर उन्मुख छ ।

दुई पक्षबीच ३ घण्टाको छलफलमा शिक्षक महासंघले उठाएका मागलाई सम्बोधन गर्ने विषयमा सरकार सकारात्मक रुपमा प्रस्तुत भएपछि २७ दिनदेखि चलेको शिक्षकहरुको आन्दोलन टुंगिने दिशातर्फ उन्मुख भएको हो।

वार्तामा सहभागी एक नेताका अनुसार तत्कालीन शिक्षामन्त्री विद्या भट्टराईले गृहकार्य गरेर तयार पारेको ७ बुँदे प्रस्तावकै वरिपरि रहेर सहमति जुटाउने प्रयास भएको छ ।

सत्तारुढ दल र महासंघका पदाधिकारीबीच कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काको निवासमा भएको बैठक लगत्तै मन्त्रिपरिषद्‌को बैठक जारी छ ।

वार्तामा कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रमेश लेखक, शिक्षामन्त्री रघुजी पन्त, एमाले महासचिव शंकर पोखरेल, कांग्रेस महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा सहभागी थिए भने शिक्षक महासंघका तर्फबाट अध्यक्ष लक्ष्मीकिशोर सुवेदीसहित ३ जना सहभागी थिए ।

प्रकाशित मिति : १५ बैशाख २०८२, सोमबार  ९ : ०० बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित