नेकपा एमाले नेता गोकुल बास्कोटाले राजावादीहरूको हल्लाको कुनै तुक नभएको बताएका छन् । नेता बास्कोटाले राप्रपाले मत बढाउने हो, जुनतारा खसाल्दैन भन्दै सञ्जालमा लेखेका छन् ।
पूर्व पञ्चहरूले एउटै पार्टी बनाउनबा लागि राजा फर्काउने तुरूप फालेका हुन्।राजतन्त्र फर्किने कुरा जुनतारा खसाल्ने सपना जस्तै हुन भन्दै व्यंग गरेका छन् ।
पछिल्लो समय ज्ञानेन्द्र शाहले सक्रियता बढाएका छन् ।देशभर तिर्थाटनमा निस्किएका उनलाई अनुयायीहरूले भव्य स्वागत पनि गरेका छन् ।उनको स्वागतलाई देखेर लिङ्देन र प्रसाईं समूह हौसिएको छ। युट्युबरसंग चर्का कुरा गरेर भाईरल भईरहेका छन् ।राजा फर्किनेमा शाह स्वयंव विश्स्त देखिन्नन्।








