ग्लोबल आइएमई बैंक लिमिटेडले कोहलपुर नगरपालिकामा विद्युतीय शवदाह गृह निर्माणका लागि २० लाख सहयोग गरेको छ ।
ग्लोबल आइएमई बैंककी लुम्बिनी प्रदेश प्रमुख शान्ता शिवाकोटीले कोहलपुर नगरपालिकाका कार्यबाहक प्रमुख संगीता सुवेदीलाई बुधबार उक्त रकम बराबरको चेक हस्तान्तरण गरिन्।
कोहलपुर नगरपालिका र आसपासका नागरिकका लागि सरल, सहज तथा कम खर्चिलोमा शवदाहका लागि कोहलपुर–११ स्थित डुडुवा खोला र रोहिणी खोलाको संगमस्थलमा विद्युतीय शवदाह गृह निर्माणको काम भइरहेको छ ।
कार्यवाहक नगर प्रमुख सुवेदीले उक्त कार्यमा सहयोग गरेकामा बैंकलाई धन्यवाद दिइन् । साथै, बैंकका लुम्बिनी प्रदेश प्रमुख सिवाकोटीले बैंकको यस सहयोगले वातावरणीय असर कम हुने विश्वास लिएको जानकारी दिइन्