२१ फाल्गुन २०८२, बिहिबार | Fri Mar 6 2026

ग्लोबल आइएमई बैंकबाट बाँकेमा शवदाह गृह निर्माण गर्न २० लाख सहयोग


१२ मंसिर २०८१, बुधबार  


ग्लोबल आइएमई बैंक लिमिटेडले कोहलपुर नगरपालिकामा विद्युतीय शवदाह गृह निर्माणका लागि २० लाख सहयोग गरेको छ ।

ग्लोबल आइएमई बैंककी लुम्बिनी प्रदेश प्रमुख शान्ता शिवाकोटीले कोहलपुर नगरपालिकाका कार्यबाहक प्रमुख संगीता सुवेदीलाई बुधबार उक्त रकम बराबरको चेक हस्तान्तरण गरिन्।

कोहलपुर नगरपालिका र आसपासका नागरिकका लागि सरल, सहज तथा कम खर्चिलोमा शवदाहका लागि कोहलपुर–११ स्थित डुडुवा खोला र रोहिणी खोलाको संगमस्थलमा विद्युतीय शवदाह गृह निर्माणको काम भइरहेको छ ।

कार्यवाहक नगर प्रमुख सुवेदीले उक्त कार्यमा सहयोग गरेकामा बैंकलाई धन्यवाद दिइन् । साथै, बैंकका लुम्बिनी प्रदेश प्रमुख सिवाकोटीले बैंकको यस सहयोगले वातावरणीय असर कम हुने विश्वास लिएको जानकारी दिइन्

प्रकाशित मिति : १२ मंसिर २०८१, बुधबार  ७ : ०२ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित