२९ बैशाख २०८२, सोमबार | Tue May 13 2025

जगदीप सिँह,जसले दैनिक तलब पाउँछन् करिब ७९ करोड नेपाली रूपैयाँ !


२२ पुस २०८१, सोमबार  



जगदीप सिँह त्यस्ता मानिस हुन्।जसको दैनिक तलब करिब ७९ करोड नेपाली रूपैयाँ छ। तपाईंलाई विश्वास नलाग्न पनि सक्छ। तर, यो वास्तविक खबर हो।

पछिल्लो सामाजिक सञ्जालमा उनी भाइरल छन् ।उनी धेरै कमाएको कुनै दैवी शक्तिले पनि होईन । न त कसैले दिएको दानदात्वय हो। उनको यो कमाइ आफ्नो मेहनत र बुद्धिको बलमा प्राप्त भएको हो। एक दिनमै करोडौँ कमाउने कीर्तिमान बनाएका उनी हुन्,भारतीय मूलका नागरिक ।

सिंहको वार्षिक प्याकेज २ अर्ब १० करोड अमेरिकी डलर ९करिब २ खर्ब ८८ अर्ब नेपाली रुपैयाँ० रहेको छ। अर्थात् उनले दैनिक ७८ करोड ८० लाख रुपैयाँ तलब लिने गरेका छन्। सिंह क्वान्टमस्केपका पूर्वसंस्थापक हुन् र हाल स्टेल्थ स्टार्टअपका सीईओ पनि छन्।

सिंहको पारिश्रमिक पूर्ण प्रक्रियापछि तय गरिएको थियो। वास्तवमा क्वान्टमस्केपका शेयरधारकको वार्षिक बैठक आयोजित भएको थियो। जसमा सीईओका लागि लगभग २ अर्ब १० करोड डलरको प्याकेज अनुमोदन गरिएको थियो। यस प्याकेजमा उनको २ अर्ब ३० करोड डलरबराबरको शेयर पनि समावेश गरिएको छ।

सन् २०२० मा क्वान्टमस्केप अमेरिकी शेयर बजारमा सूचीकृत भएको थियो। जसले लगानीकर्ताबाट ठूलो समर्थन पाएको थियो र कम्पनीको मूल्यांकन पनि बढेको थियो। जसका कारण सिंहको तलब बढेर करिब २ खर्ब ८८ अर्ब रुपैयाँ पुग्यो।

सिंहको यात्रा सन् २०१० मा सुरु भएको थियो। उनले क्वान्टमस्केप नामक कम्पनी स्थापना गरे। जसले विद्युतीय सवारीका लागि ठोस ब्याट्री बनाउँछ। उनको कम्पनीलाई धेरै फाइदा भयो र उनको ब्याट्रीका कारण ईभी उद्योगले पनि नयाँ उचाइमा पुग्यो।

सिंहले स्ट्यानफोर्ड विश्वविद्यालयबाट बीटेक र क्यालिफोर्निया विश्वविद्यालयबाट एमबीए गरेका छन्। मिडिया रिपोर्टका अनुसार उनले सन् २०२४ मा क्वान्टमस्केपको सीईओ पदबाट राजीनामा दिएका थिए। त्यसपछि फेब्रुअरी २०२४ मा शिव शिवरामलाई यो जिम्मेवारी सुम्पिएको थियो। अहिले उनी स्टेल्थ स्टार्टअपका सीईओ छन्।

प्रकाशित मिति : २२ पुस २०८१, सोमबार  १० : ०२ बजे


©2025 Sarajuonline सर्वाधिकार सुरक्षित