१ जेष्ठ २०८२, बुधबार | Wed May 14 2025

सेयर सदस्यबाट साधारण सभामा प्रभु बैंकका सीइओ शेरचनको चर्काे आलोचना !


२९ पुस २०८१, सोमबार  



प्रभु बैकको साधारणसभा चलिरहेको थियो । जब साधारण सभाको प्रक्रिया अनुसार नेतृत्वको चयनको विषय प्रारम्भ भयो । तब बैकको निर्वाचन प्रक्रिया र नेतृत्व छनौटको विषयसंगै प्रभु बैकका सीइओ अशोक शेरचनमाथि सेयर सदस्यहरुले प्रश्नै प्रश्नका तीर वर्साए । नेतृत्व छनौटमा चलखेल गरेपछि सेयर सदस्यहरुले चर्काे विरोध गरेको एक सहभागीले सरजु अनलाईनलाई बताए
उनका अनुसार बैंकको २३औं वार्षिक साधारण सभामा सीईओ अशोक शेरचनमािथ उनीहरुले आलोचना तथा विरोध गरेका हुन्। सेयर सदस्यहरुले बैकमा शेरचन र पूर्व अध्यक्ष देवीप्रसाद भट्टचनले चलखले गरेको भन्दै आक्रोश व्यक्त गरेका हुन्। हालका सीइओ अशोक शेरचन पुनः दोहोरिने कोशीसमा छन्। जबकी राष्ट्र बैकको बाफिया कानूनका कारण उनी पुनः सीइओ पदमा दोहोरिन पाउँदैनन्। बाफिया कानुनले गरेको बन्दोबस्ती अनुसार उनी आयोग्य हुन्। तर, कानुनाई जबरजस्ती मिच्दै आएका उनीमाथि पटक पटक राष्ट्र बैकले प्रश्न उठाएको छ। बाफिया कानुन अनुसार फौजदारी अभियोगसहित कार्य अवधि पुगेकाहरु स्वतः अयोग्य हुने राष्ट्र बैकका प्रवक्ता रामु पौडेलले बताए ।उनका अनुसार शेरचन अब सीइओमा दोहोरिन पाउँदैनन्।
प्रभु बैकका सीइओ अशोक शेरचन अब बैकको कार्यकारी पदमा दोहोरिन नपाउने भएपनि बैकको व्यस्थापनलाई आफू अनुकूल बनाउन लागि परेको खुलासा भएको छ। उनी सेयर सदस्यहरुलाई गलाएर थकाएर बैकको नेतृत्वमा आफू अनुकूको मानिसलाई ल्याउन खोजेको देखिन्छ। त्यही कारण उनीप्रति सदस्यहरुले आपत्ति जनाएका थिए । साधारण सभा निर्वाचन प्रक्रिया र नेतृत्वका विषयमा उठेका गम्भीर प्रश्नले सभा तनावपूर्ण बनेको थियो।

सभामा पब्लिकतर्फका उमेदवार सिर्जना वाग्ले र शेयरधनी सौरभ भण्डारीले बैंकको आन्तरिक समस्या र नेतृत्वका गलत निर्णयमाथि खरो टिप्पणी गरेपछि उपस्थित शेयरधनीहरूले ताली बजाउँदै समर्थन जनाए। ड्यासमा बसेका सीईओ शेरचन र पूर्व अध्यक्ष देवी प्रकाश भट्टचन भने लाचार हुँदै असहज देखिएका थिए।

हामीलाई प्राप्त जानकारी अनुसार, निर्वाचन प्रक्रिया टार्न र आफ्नो पकड कायम राख्न शेरचन र भट्टचनले विभिन्न बाहाना बनाउँदै सभा ढिलाइ गर्ने प्रयास गरिरहेका हुन्। उनीहरूले उम्मेदवारहरूलाई प्रलोभन देखाउँदै सेटिङ मिलाउन खोजेको पनि आरोप लगाइएको छ।

शेयरधनीहरूको तीव्र दबाब र पारदर्शिताको मागले सभा अझै थप तनावपूर्ण बन्न सक्ने आँकलन गरिएको छ। ढिलो निर्वाचन गराउँदा शेयरधनी घर फर्कने र नेतृत्व आफ्नो अनुकूल हुने रणनीतिमा शेरचन र भट्टचन रहेको दाबी गरिएको छ।यस घटनाले प्रभु बैंकको नेतृत्वको नैतिकता र पारदर्शिता माथि गम्भीर प्रश्न खडा गरेको जानकारहरु बताउँछन्।

प्रकाशित मिति : २९ पुस २०८१, सोमबार  ८ : ०३ बजे


©2025 Sarajuonline सर्वाधिकार सुरक्षित