१ जेष्ठ २०८२, बुधबार | Wed May 14 2025

एमालेले विवादास्पद व्यापारी गुरूङबाट दान वापत लिएको जग्गा फिर्ता गर्ला ?


४ कार्तिक २०८१, आइतबार  


गएको असाेज २४ गते प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीले सुटुक्क विवादास्पद व्यापारी मीनबहादुर गुरूङबाट दान वापत भन्दै जग्गा लिएर शिलान्यास गरे।

बालुवाटार जग्गा प्रकरणदेखि अर्बौं राजश्व छलिकाे मुद्दा खेप्दै आएका विवादास्पद व्यापारी गुरूङले कलंकीकाे करिब १० राेपनी प्रचलित मूल्य अनुमानित ८० कराेडकाे जग्गामा लिएर पार्टी कार्यालय बनाउन भन्दै शिलान्यास गरेका थिए। एमालेका अधिकांश केन्द्रीय पदाधिकारीलाई थाहै नदिइ ओलीले जग्गा शिलान्यास गरेका थिए। दशैकाे माैका पारेर ओलीले स्वार्थ बाझिने गरि सत्ताकाे दुरुपयोग गरेर जग्गामा पार्टी कार्यालय शिलान्यास गरेका थिए।

विवादित व्यवसायी गुरूङले जग्गा निशुल्क मात्रै दिएका थिएनन् ,एमाले पार्टी कार्यालय बनाउने बाचा समेत दिएका थिए। तर, ओलीको याे भ्रष्टाचारी कदमकाे चाैतर्फी विराेध भइरहेको छ। उनको याे कर्तुतलाई उनका पार्टी कार्यकर्ताले प्रतिरक्षा गर्दै आएका छन् । झुठकाे साम्राज्य विस्तार गरेर सत्ता दाेहन गर्ने ओली प्रवृत्तिलाई यति बेला भाटभटेनी दान नखाउँ भने दिनभरि शिकार , खाउँ भने कान्छाे बाबुकाे अनुहार भएको छ। विवादास्पद व्यापारीकाे दान बापत लिएको जग्गाकाे विषयमा छलफल सत्तारूढ एमालेले पार्टी सचिवालय बैठक बोलाएको छ ।

आइतबार अपराह्न ४ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने गरी सचिवालय  बैठक बोलाइएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

भाटभटेनी सन्चालक व्यवसायी  मीनबहादुर गुरूङबाट पार्टी कार्यालय बनाउन कीर्तिपुरमा १० रोपनी १४ आना जग्गा दान दिएको विषयमा एमाले नेतृत्व र प्रधानमन्त्री केपी ओलीको चर्को आलोचना भइरहेको छ ।

स्वार्थ बाँधिये गरी नक्कली  भ्याट बिल प्रकरणमा सर्वोच्च अदालतले १ अर्ब जरिवाना तोकेको र बालुवाटारको सरकारी जग्गा किर्ते गरी व्यक्तिका नाममा ल्याउने कार्यमा संलग्न मीनबहादुरबाट करोडौंको जग्गा दान लिएको र उनैले सुविधा सम्पन्न ९ तले भवन बनाइदिने प्रतिबद्धता जनाएकाेमा सर्वत्र विरोध छ ।

साढ़े ५ लाख कार्यकर्ता भएको पार्टी आफैंले कार्यालय बनाउनुपर्नेमा सरकारले नै मुद्धा चलाएको विवादित व्यापारीबाट जग्गा दान लिइनुले पार्टीका सदस्यहरुको शिर झुकेको एमालेकै कतिपय नेताहरुले सार्वजनिक रुपमा बताएका छन् ।

प्रकाशित मिति : ४ कार्तिक २०८१, आइतबार  ६ : ०५ बजे


©2025 Sarajuonline सर्वाधिकार सुरक्षित