१ जेष्ठ २०८२, बुधबार | Wed May 14 2025

४० अर्ब लागतको गौतमबुद्ध विमानस्थलको व्यवसायीक भविष्य ?


१५ मंसिर २०८१, शनिबार  



राज्यको आर्थिक सामथ्र्य र प्राथमिकता भन्दा राजनीति दलका नेताको स्वार्थमा अघि सारिने कुनैपनि आयोजनाहरु दीगो भएको देखिन्न। हाल घोषित २४ वटा राष्ट्रिय गौरवका आयोजनाहरु मध्ये मरिण कोशी डाइभर्सन बाहेक अन्यको अवस्था टीठ लाग्दो छ। सरकारले नयाँ संविधान जारी भए यता दुइवटा अन्तर्राष्ट्रिय स्तरको विमानस्थल निर्माण ग¥यो। एउटा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र लुम्बिनीमा गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल निर्माण गरेको हो । हवाइरुटदेखि लगानीको सुनिश्चित नगरी हचुवाका भरमा अघि सारिएका यी राष्ट्रिय गौरवका आयोजना सञ्चालन गर्न सरकारलाई हम्मेहम्मे भएको छ।

पछिल्लो समय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ३० प्रतिशत उडान कटौती गरिएपछि भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ५ अन्तराष्ट्रिय विमान कम्पनीहरुले उडान भरिरहेका छन्। त्रिभुवन विमानस्थलको विकल्पको रुपमा अघि सारिएको यस विमानस्थलबाट आगामी दिनमा नियमित उडान हुन्छन् या हुदैनन्, स्वयं भैरहवासहितका व्यवसायीहरु इन्तु न चिन्तुमा छन्।

सरकाले एसियाली विकास बैंकको करिब ८ अर्ब रुपैयाँ ऋण लगानीमा सुरु गरेको यस विमानस्थल निर्माणमा हालसम्म करिब ४० अर्ब रुपैयाँ खर्च भइसकेको छ।गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल बिस्तारका लागि जग्गा अधिग्रहणमा मात्रै २२ अर्ब ४७ करोड रुपैयाँ खर्च गरिएको थियो । कर्मचारीतन्त्रको मिलेमतोमा सस्तो मूल्यको जग्गालाई तीन चार तहमा खरिद बिक्री गर्दै करोडौँ मुआब्जा वितरण गरिएको थियो।व्यावसायिक रूपमा विमानस्थल सञ्चालन हुन नसकेको अवस्थामा भैरहवा विमानस्थलमा कार्गो भवन र अन्य पूर्वाधार विकासमा करिब २ अर्ब रुपैयाँ खर्च गरियो । यस्तै, पोखरामा विमानस्थल बनाउन करिब २२ अर्ब र जग्गा अधिग्रहणमा ७ अर्ब गरी करिब २९ अर्ब रुपैयाँ खर्च भएको छ ।


विमानस्थलका सबै पूर्वाधार तयार भैसकेपछि नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले काठमाडौ बाहेक अन्य विमानस्थलमा व्यवसायीक उडान हुन नसक्ने अभिव्यक्ति दिएको विभिन्न सञ्चार माध्ममा खबर सम्प्रेषण भएका छन्। यस विषयमा हामीले उनै महानिर्देशक प्रदीप अधिकारीसंग बुझ्न सम्पर्क ग¥यौ।तर, उनले मोबाइल नम्बर बन्द गरेको पाइयो ।
उनका विषयमा पछिल्ला प्रकाशित खबरसंग यस अघि पूर्व मन्त्री सुदन किराँतीको उनीमाथि लगाएको आरोपसंग ठ्याक्कै मिल्दो देखिन्छ।

पूर्व मन्त्री किराँतीले प्रदीप अधिकारीको काम भनेको ठेक्का लगाउने मात्रै हो, काम केही पनि नगर्ने, ठेक्का लगाएर कमिसनको आश गर्ने बाहेक अरु काम गरेको देखिन्न भन्दै आएका थिए । उनै अधिकारी प्राधिकरणको महानिर्देशक भएर विमानस्थल बनाउन सबै खाले शक्तिको प्रयोग गरे। तर, अहिले आएर विमानस्थल व्यवसायीकरुपमा सञ्चालन नहुने अभिव्यक्ति दिदै हिडेको पाइएको छ। यसैबाट पनि प्रष्ट हुन्छकी उनी आयोजनाको भन्दा ठेक्काबाट कमिसनमै रमाउँछन्। प्राधिकरणको जिम्मेवार पदमा बसेर उनले गरेको यो तहको हर्कत भने अक्षम्य देखिन्छ।

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट गएको कार्तिक २३गते देखि पुनः उडान शुरु भएको थियो। थाइ एयर, फ्लाइ दुबै, जजिरा लगायतका विदेशी हवाइ कम्पनीहरुले उडान भरिरहेका छन्। निर्माण भएको दुई पछि नियमित उडान भएपछि लुम्बिनीका क्षेत्रमा लगानी पनि बृद्धि भएको छ। विेशेष गरी होटल तथा हस्पिटालिटी क्षेत्रमा लगानी बृद्धि भएको हो । तर, विमानस्थलबाट नियमित व्यवसायीक उडान नभएमा यहाँको लगानी चौपपट हुने मात्रै होइन, ४० अर्ब खर्च गरेर राज्यले बनाएको यस विमानस्थल पनि गौचरणमा परिणत हुन सक्छ ।

यसर्थ विमानस्थलाई नियमित सञ्चालनमा राख्न सरकारले भारतसंग हवाई रुटका लागि अनुमति लिन कूटनीतिक पहल गर्न आवश्यक छ। उड्डयन क्षेत्रका लागि न्यूनतम आवस्यक कुराको कुनै हेक्का नराखी राजनीतिक उत्तेजनामा गरिएको यति ठूलो लगानी बालुवामा पानी सरह हुृन सक्छ। त्यसकालागि राज्यका निकायहरु यस्ता फण्डा होइन , ठण्डा दिमागले विमानस्थल संचालनमा ध्यान दिनु सबै भन्दा बढी बुद्धिमानी हुनेछ।

प्रकाशित मिति : १५ मंसिर २०८१, शनिबार  ११ : ०५ बजे


©2025 Sarajuonline सर्वाधिकार सुरक्षित