२६ मंसिर २०८२, बिहिबार | Thu Dec 11 2025

काठमाडौंमा बाढीले बगाउँदा एक जनाकाे मृत्यु , एक बेपत्ता !


१७ आश्विन २०८१, बिहिबार  



आज बिहान वर्षासँगै आएको बाढीले बगाउँदा काठमाडौकाे कीर्तिपुरमा एकजनाको मृत्यु भएको छ ।

मच्छेगाउँ बसपार्कनजिकका सर्दय लामाको मृत्यु भएको कीर्तिपुर प्रहरीले जनाएको छ ।

बिहीबार (आज) बिहान देशका विभिन्न स्थानमा भारीसम्म वर्षा भएको थियो । वर्षासँगै त्यहाँ ढलको पानी बाहिर आउन थालेको थियो । त्यसपछि ढल मिलाउन जाँदा बाढीले उनलाई बगाएको थियो ।

बाढीले बगाएर उनलाई ढलभित्र पुर्‍याएको थियो । उद्धार गर्दा उनको मृत्यु भइसकेको थियो ।

कीर्तिपुरकै कीर्तिबिहार नजिकको खोलामा परेर बिहीबार एकजना बेपत्ता छन् । प्रह्लाद महर्जन बेपत्ता भएका कीर्तिपुर प्रहरीले जनाएको छ । उनको खोजी जारी छ ।

प्रकाशित मिति : १७ आश्विन २०८१, बिहिबार  १२ : ०६ बजे


©2025 Sarajuonline सर्वाधिकार सुरक्षित