१ जेष्ठ २०८२, बुधबार | Wed May 14 2025

टिकटकका निर्माता तथा बाईटडान्सका संस्थापक झाङ यिमिङ बने चीनकाे सबै भन्दा धनी व्यक्ति


१४ कार्तिक २०८१, बुधबार  


लाेकपृय सामाजिक सञ्जाल टिकटकका निर्माता तथा बाईटडान्स कम्पनीका संस्थापक झाङ यिमिङ चीनको सबैभन्दा धनी व्यक्ति बनेका छन् ।

हुरून रिसर्च इन्स्टिच्युटले टिकटकका संस्थापक यिमिङको सम्पत्ति ४९.३ विलियन अमेरिकी डलर रहेको अनुमान गरेको छ ।

जुन सन् २०२३ को तुलनामा ४३ प्रतिशतले बढी हो । र, तथ्यांकअनुसार योसँगै उनी चीनकै धनी व्यक्ति समेत बनेका छन् । 

उनले बनाएको सोसल मिडिया प्लेटफर्म टिकटक नेपालसहित धेरै देशहरूमा लोकप्रिय छ । तर, भारतलगायत देशहरूमा भने प्रतिबन्धित छ ।

यद्यपि इन्टरनेटका माध्यममार्फत व्यवसाय गर्दै आएका यिमिङको सम्पत्तिमा एकै वर्ष ४३ प्रतिशतले वृद्धि आउनुले चिनियाँ बजारमा तहल्का मच्चाएको छ । 

टिकटक सञ्चालक कम्पनी बाइटडान्सले गएकाे वर्ष ६० प्रतिशतभन्दा बढी नाफा कमाएको जनाएको छ ।

प्रकाशित मिति : १४ कार्तिक २०८१, बुधबार  ५ : ०६ बजे


©2025 Sarajuonline सर्वाधिकार सुरक्षित