३० फाल्गुन २०८२, शनिबार | Sat Mar 14 2026

मेयर रेणुले गरिन् प्रधानमन्त्री ओलीको भव्य स्वागत, प्रधानमन्त्रीले छोरी भन्दै हाल खबर सोधे


५ बैशाख २०८२, शुक्रबार  


चितवन भरतपुरको ६ लेन सडक उद्घाटन गर्न पुगेका प्रधानमन्त्री ओलीलाई मेयर रेणु दाहालले भव्य स्वागत गरेकी छिन्।

उनले आफ्नै नगरमा आएका प्रधानमन्त्री ओलीलाई पुष्प गुच्छाले स्वागत गरेकी हुन्। स्वागतका क्रममा प्रधानमन्त्री ओलीले छोरी भन्दै सन्चो विसन्चो सोधेका थिए। प्रचण्ड र प्रधानमन्त्री ओलीबीच दूरी बढेको बेला देखिएको यो आत्मियतालाई अर्थिपूर्णरूपमा हेरिएको छ।

यसअघि ६ लेन सडकको २०७७ माघ १७ गतेका दिन प्रधानमन्त्री लीले शिलान्यास गरेका थिए। त्यति बेला एमाले र माओवादी केन्द्र मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टी९नेकपा०को समय थियो। तर, नेकपाभित्र विवाद चरम अवस्थामा पुगेको थियो।

त्यसकै कारण २०७७ पुस ५ गते ओलीले पहिलो पटक संसद् विघटन गरेका थिए। जसविरुद्ध प्रचण्ड , माधवकुमार नेपाल लगायतका नेताहरू विरोधमा थिए।

यही बेला ओली सडक शिलान्यास गर्न पुग्दा तत्कालीन अवस्थामा पनि भरतपुर महानगरको मेयर रहेकी रेनु भने सहभागी थिइनन्।

अहिले उद्घाटन कार्यक्रममा भने उनी सहभागी मात्र भइनन्। पूर्ण रूपमा राजनीतिक संस्कार प्रदर्शन गर्दै समारोहमा स्वागत मन्तव्य पनि दिएकी छन्। यसले असल राजनीतिक संस्कारको अभ्यास भएको विश्लेषकहरूको टिप्पणी छ।

प्रकाशित मिति : ५ बैशाख २०८२, शुक्रबार  ५ : ०६ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित