१ जेष्ठ २०८२, बुधबार | Wed May 14 2025

संस्कृत विश्वविद्यालय तालाबन्दीको विषयमा दाङका नेतृत्वलाई नागरिक अगुवा पन्तको खुला-पत्र


१६ बैशाख २०८२, मंगलबार  


नागरिक समाज दाङका अगुवा चन्द्रराज पन्तले नेपाल संस्कृत विश्वविद्यालयमा गरिएको अनिश्चित तालाबन्दीकाे विषयमा दाङका नेतृत्वलाई खुला पत्र लेखेका छन् ।

विश्वविद्यालयमा स्वार्थ समूहले गरेको अनिश्चितकालीन तालाबन्दी सदाको लागि बन्द गर्न उनले दाङबाट राष्ट्रिय राजनीतिमा प्रभाव पार्ने नेताहरूलाई सम्बोधन गर्दै सामाजिक सञ्जालमार्फत खुला पत्र लेखेका हुन्।

उनले विश्वविद्यालयमा भएको यस्तो बेथिति अन्त्य गर्न एमाले महासचिव शंकर पोखरेल,माओवादीबाट दाङ क्षेत्र नम्बर २ बाट प्रत्यक्ष निर्वाचित प्रतिनिधि सभा सांसद तथा पूर्व मन्त्री रेखा शर्मा, कांग्रेसको तर्फबाट दाङ क्षेत्र नम्बर ३ बाट प्रत्यक्ष निर्वाचित प्रतिनिधि सभाका सांसद दीपक गिरी र पूर्व मन्त्री तथा एकीकृत समाजवादीको तर्फबाट दाङ क्षेत्र नम्बर १ बाट प्रत्यक्ष निर्वाचित प्रतिनिधि सभाका सांसद मेटमणी चौधरीलाई सम्बोधन गर्दै विश्वविद्यालयमा गरिएको अनिश्चितकालीन तालाबन्दीको विषयमा खुला पत्र लेखेका हुन्।

उनी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरकै दाङ जिल्लाको सान, प्रतिष्ठा, बहुमुल्य निधि, प्रतिष्ठित संस्था धराशायीको अवस्थामा पनि आदरणीय नेता ज्युहरुले मौनता किन साध्नु भएको भन्दै प्रश्न गरेका छन् । उनले नेताहरूलाई भनेका छन् , कतै तपाईहरुकै केही कथित कार्यकर्ताहरुको हालिमुहालिमै रमाइ रहेका त छैनन् ? केहिले त अझै हसुर्न पाईएला भन्ने दाउका कारण हलो अड्कायर गोरु चुट्दै त छैनन् ?

यदि त्यसो हो भने यो प्रवृत्ति ऐतिहासिक दाङ जिल्लाकै बेईज्जति हो । शैक्षिक हबकासाथै आर्थिक विकासमा समृद्ध दाङको प्रबल सम्भावना रहेको यो संस्थाको यस्तो हविगत हुँदा पनि समाधानतर्फ नलाग्नुले त रोम शहर जल्दा त्यहाँको बादशाहले अग्लो स्थानमा बसेर गितार बजाएको जस्तै-जस्तै लाग्यो ।……

हुने खानेलाई के समस्या पर्ला र तर, विश्व विद्यालयमा कार्यरत विभिन्न तहका कर्मचारी, शिक्षकहरुले विगत ४ महिनादेखि तलब नपाएको अवस्थाका साथै त्यहाँ शिक्षा आर्जनमा रहेका विद्यार्थी भाईबहिनिहरुको भविस्यप्रति भइरहेको गम्भीर खेलवाडप्रती को जिम्मेवार रु

अत स् विश्व विद्यालयको हैसियत उदेश्य अनुरुप यथाशिघ्र सन्चालनका लागि पहल हुनेछ भन्ने अपेक्षाका साथ बाकी फेरि। …

प्रकाशित मिति : १६ बैशाख २०८२, मंगलबार  ५ : ११ बजे


©2025 Sarajuonline सर्वाधिकार सुरक्षित