२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

जेनजी विद्रोहपछिको पर्यटन दृश्य: विदेशीको भिसा कडाइले बढ्यो आन्तरिक पर्यटन !


१५ कार्तिक २०८२, शुक्रबार  


जेनजी विद्रोहपछिको पर्यटकीय क्षेत्रमा देखिएको उपस्थितिको तथ्याङ्कले सकारात्मक देखाउँछ।यद्यपि तारे होटलमा भएको विध्वंसले केही निराशा र लगानी पलायन नभएको भने होइन।

तर, यस्तो भयावह अवस्थामा पनि हालै पर्यटकीय क्षेत्रमा देखिएको चहलपहलले पर्यटन क्षेत्र थप तंग्रिएको देखाउँछ।मुख्य पर्यटकीय गन्तव्यहरू यो सिजनमा भरिभराउ छन् । खासगरी पोखरा, सौराहादेखि हिमाली गन्तव्यहरू मनाङ, मुस्ताङ, अन्नपूर्ण क्षेत्र, लाङटाङ र एभरेष्ट बेसक्याम्प क्षेत्रसम्ममा उत्तिकै चहलपहल देखिन्छ ।तिहार बिदाको क्रममा त थामिनसक्नु भिड देखिएको र क्षमताले धान्नै मुस्किल रहेको अवस्थासमेत थियो ।

यी दुई वास्तविक चित्रबारे सरोकारवाला भने आ–आफ्नै ढङ्गले व्याख्या गर्दै आएका छन् । खासगरी सरकारी अधिकारीहरू यसलाई जेनजी आन्दोलन र प्राकृतिक विपत्तिपछि अर्थतन्त्रले गरेको ‘रिभाइभ’को रूपमा अर्थ्याउँछन् । केही दिनअघि अर्थमन्त्री रामेश्वर खनालले नै यही आशयको अभिव्यक्ति दिए । उनले ‘नेपाल असुरक्षित छ’ भन्ने अभिव्यक्तिलाई ‘भ्रमको खेती’को रूपमा टिप्पणी गरेका थिए ।

जेनजी विद्रोहपछि पनि नेपाल सुरक्षित गन्तव्य छ भन्ने सन्देश गएको उनको दाबी छ। यसैमा पनि जेनजी आन्दोलनमा आन्दोलनकारीले विदेशी पाहुनालाई गरेको ससम्मान सुरक्षित सहयोगले सकारात्मक सन्देश गएको थियोे । जुन भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियोे ।

त्यसो भए नेपालको पर्यटन क्षेत्र सुधारतिर गएकै हो त रु भन्ने भने उत्तिकै पेचिलो छ ।यसमा व्यक्ति अनुसार फरक बुझाइ देखिन्छ । कतिपय अवस्थामा व्यवसायीहरू समेत यो विषयमा एकमत देखिएका छैनन् । काठमाडौका तारे होटलमा प्रि बुकिङ दर शरदकालीन समयमा ३५ प्रतिशत हुन्थ्यो ,त्यो अहिले घटेर ७ प्रतिशतमा झरेको पर्यटन व्यवसायीको भनाइ छ।

अहिले देखिऐका पर्यटक यश अघि बुकिङ भएको उनीहरू बताउँछन् । पर्यटकले सुरक्षाका लागि लक्जरी होटल रोज्ने भए पनि यसको प्रत्याभूति दिनसक्ने अवस्था अहिले नभएको उनहरूको भनाइ छ ।

तर, पोखराका पर्यटन व्यवसायीको भने बुझाइ फरक छ । होटल एसोसिएसन पोखराका अध्यक्ष लक्ष्मण सुवेदी यो वर्ष विभिन्न कारणले पर्यटनमा प्रभाव परे पनि दीर्घकालीन रूपमा यसको असर ठुलो नहुने बताउँछन् । यो आन्दोलनको प्रभाव वर्षौंसम्म नरहने उनको भनाइ छ ।
यो वर्ष बुकिङ कम भएको सत्य भए पनि प्रि–बुकिङ भएका व्यक्तिहरू आउनुले पनि नेपाल असुरक्षित छैन भन्ने सन्देश देखिन्छ ।

जेनजी आन्दोलन अघिसम्म मुख्य पर्यटकीय क्षेत्रको अवस्था ठिकै थियो । यो वर्ष राम्रै सुधार हुन्छ भन्ने अपेक्षा व्यवसायीहरूले गरेका थिए, तर आन्दोलन र त्यसको करिब करिब १५र२० दिनसम्म अवस्था ठप्पजस्तै देखिएको थियोे । तर, त्यसयता चहलपहल बढेको व्यवसायी बताउँछन् ।

दशै आसपासमा आइपुग्दासम्म पोखरामा पर्यटकको उपस्थिति देखिन थालिसकेको थियो, तर, निरन्तरको वर्षा र पहिरोका कारण केही दिन फेरि अवस्था ठप्पजस्तै देखियो । यसपटक आन्तरिक पर्यटकहरूको उपस्थिति गएको वर्षभन्दा धेरै देखिएको छ । यसले गर्दा तिहार आसपासमा सबै होटलको अकुपेन्सी ८० प्रतिशतभन्दा माथि पुगेको हो ।

यो अवस्था पोखरामा मात्रै नभएर सबै पर्यटकीय क्षेत्रमा समान देखिन्छ । यसको पछाडि तिहार बिदा लामो समय हुनु र मौसम सुधार हुनु मुख्य कारण रहेको छ ।

पर्यटकीय चहलपहल बढ्नुमा मुख्य गरि आ न्तरिक पर्यटनको योगदान देखिन्छ ।विदेशीले भिसा कडाइ गर्दा आन्तरिक पर्यटनमा उत्साह देखिएको हो ।

नेपालमा फेस्टिभल भ्याकेसन मनाउन विदेश जाने क्रम पछिल्ला वर्षहरूमा चलिरहेको बेला भिसा कडाइले स्वदेश घुम्ने बढेका हुन्। यसमध्ये धेरैजसो व्यक्तिको रोजाइ यूएई हुने गरेको छ । जेनजी आन्दोलनपछि यूएईले नेपालीलाई दिँदै आएको भिसा बन्द गरेको छ । यसबाहेक अरू देशले समेत भिसामा कडाइ गरेका छन् । यसले गर्दा पनि अहिले आन्तरिक पर्यटनमा सकारात्मक असर परेको हो।

त्यसो त, आन्तरिक पर्यटनको ट्रेन्ड बढ्दै गर्दा पछिल्लो समय विदेशी पर्यटक केन्द्रित सेवाको मानसिकता समेत त्यागेका छन् । विदेशीभन्दा नेपालीको खर्चको प्रवृत्ति बढ्दै गएकाले अहिले सम्बन्धित क्षेत्रका व्यवसायीले समेत त्यही अनुसारका सेवालाई परिष्कृत गर्दै गएका छन् ।

घटेको विदेशी पर्यटकलाई आन्तरिक पर्यटकले कभर गरिदिँदा अरू क्षेत्रमा धेरै समस्या नदेखिए पनि पूर्ण रूपमा विदेशीलाई सेवा दिँदै आएको क्षेत्रले भने परिवर्तित अवस्थाको सबैभन्दा ठूलो क्षति व्यहोर्नुपर्ने देखिएको छ ।

प्रकाशित मिति : १५ कार्तिक २०८२, शुक्रबार  ५ : १३ बजे


©2025 Sarajuonline सर्वाधिकार सुरक्षित