२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

राष्ट्र बैंकको ४० लघुवित्तमा निरीक्षण,२ लघुवित्तलाई जरिवाना ७ लाई निर्देशन उलंघनकाे कारबाही !


१२ मंसिर २०८१, बुधबार  


राष्ट्र बैंकले गएकाे वर्ष विभिन्न २ वटा लघुवित्त वित्तीय संस्थालाई कारवाही स्वरूपमा जरिवाना तिराएको छ ।

गएकाे आर्थिक वर्ष २०८०/८१ मा न्यूनतम अनिवार्य नगद अनुपात कायम गर्नुपर्ने व्यवस्थाको पालना नगरेका २ वटा लघुवित्त संस्थालाई कारबाही स्वरूप हर्जाना लगाइएको राष्ट्र बैंकले जनाएको छ।यद्यपि नाम भने खुलाईएकाे छैन।

गएकाे वर्ष राष्ट्र बैंकले ४० वटा लघुवित्तको स्थलगत निरीक्षण गरेको थियो भने ३ वटा लघुवित्तको विशेष स्थलगत निरीक्षण गरेको थियो ।

पुनरकर्जा, व्यवसायिक कर्जा, र सहुलियतपूर्ण कर्जाको सदुपयोगसम्बन्धी अध्ययनका क्रममा २ वटा लघुवित्तले नियम उल्लंघन गरेको पाइएको छ। यसका साथै, निर्देशनको पालना नगरेको आधारमा थप ७ वटा लघुवित्तलाई कारबाही र निर्देशन जारी गरिएको छ।

संस्थागत सुधारको क्रममा, राष्ट्र बैंकले २७ वटा लघुवित्तका प्रमुख कार्यकारी अधिकृतलाई औपचारिक निर्देशन दिएको छ।

राष्ट्र बैंकको तथ्यांकअनुसार, गत असार मसान्तसम्म लघुवित्त संस्थाहरूको कुल सम्पत्ति ५ खर्ब ५३ अर्ब ७३ करोड रुपैयाँ पुगेको छ। ती संस्थाहरूको कुल निक्षेप १ खर्ब ७६ अर्ब ६६ करोड रुपैयाँ र सापटी २ खर्ब ३० अर्ब ७५ करोड रुपैयाँ रहेको छ। साथै, कुल कर्जा प्रवाह ४ खर्ब ५५ अर्ब ८५ करोड रुपैयाँमा पुगेको छ भने लगानी १० अर्ब १९ करोड रुपैयाँमा सीमित रहेको छ।

प्रकाशित मिति : १२ मंसिर २०८१, बुधबार  ६ : १३ बजे


©2025 Sarajuonline सर्वाधिकार सुरक्षित