१ जेष्ठ २०८२, बुधबार | Wed May 14 2025

ती अध्याँरा रातमा उदाएका “कुलमान र उज्यालो नेपाल”


१५ कार्तिक २०८१, बिहिबार  



एक दशक अघिको समय हो, जतिबेला हरेक दिन मानिसहरु लोडसेडिङको तालिका हेदर्थे ।दैनिकी काम भन्दा पहिले विजुली कतिबेला आउँछ र जान्छ भन्ने कुरा प्राथमिकतामा हुन्थ्यो। हरका घर घरका भित्तामा झुण्डिएका हुन्थे लोडसेडिङ तालिका। अध्याँरा रातहरुमा कैदी झै थियो नेपाली समाजका लागि । विश्वको दोश्रो जलश्रोतको धनी देश भएको निबन्ध पढ्दै र दशक लामो अध्याँरा रातहरु झेल्दै थियो, देशले । ती अध्याँरा रातहरु यति धेरै भयानक र क्रूर थिएकी, जुन प्रसव पीडा अहिले सम्झिदा पनि शरीर सिरिङ्ग हुन्छ, होला, हरेक नेपालीको ।

लोडसेडिङको विकल्प लोडसेडिङको समय तालिका बढिरहेको थियो। विजुलीमा धनी देश हुने सम्भाना भएपनि ती मिथक कथा जस्तो लाग्दथ्यो । यस्तोसम्म लाग्दथ्योकी ,अब देशबाट कहिल्यै लोडसेडिङ अन्त्य हुदैन की। संसार विद्युतीय युगमा कुदिरहेको थियो, विश्वकै दोश्रो जलश्रोतको धनी देश नेपाल लोडेसेङिको निर्जन र निरशंस रातहरु विताउँदै थियो । विद्युतीय माफियाहरुको विगविगी थियो । ठूला बडाका घरमा लोडसेडिङ नभएपनि आम नागरिकको अध्याँरो रातको जिन्दगी गुज्रिरहेको थियो । जेनेटर र इन्भर्टरको युग आइसकेको थियो, जबकी विश्वले यी प्रविधि छोड्दै गएको थियो । जेनेटेर र इन्भर्टरको व्यापारले केही मानिसहरु मोटाएका थिए, राज्यको अर्बाै धनराशी बाहिरिएको थियो । यस्तै उर्जा संकटको बेलामा एक नायकको उदय भयो । ती नायक थिए, कुलमान घिसिङ। कार्यसम्पादनको हिसाबले उनी प्राधिकरण भित्रका काविल पात्र थिए।तर, तत्कालीन एमालेकी उर्जा मन्त्री राधा ज्ञवालीबाट उनी पीडित थिए।

सोलु लगायतका आयोजनामा भ्रष्टाचार गरेको आरोप खेपेकी राधा ज्ञवाली मन्त्रीबाट बाहिरिएपछि माओवादीका जनार्दन शर्मा उर्जा मन्त्री भएर आए, जतिबेला प्रचण्ड देशको दोश्रो पटक प्रधानमन्त्री । प्रचण्डको नेतृत्वको सरकारले लोडसेडिङ अन्त्य गर्ने घोषणा ग¥यो।सरकारले घोषणा गरेर मात्रै लोडसेडिङ अन्यत्य हुनेवाला थिएन। विद्युत क्षेत्रभित्रको माफियाकरण र दलालीकरणको जालो तोड्न पनि सम्भव जस्तो देखिन्न्थ्यो । तर, नेतृत्वले इच्छा देखायो भने सम्भव हुन्छ भन्ने कुरा प्राधिकरणमा कुलमान आएपछि प्रमाणित भयो । उनी २०७३ भदौ २९ मा कार्यकारी निर्देशक बने।४ वर्षको अवधिमा मुलुकले लोडसेडिङ इतिहास बनायो । त्यसका लागि कुलमान सर्वाधिक पात्रको रुपमा दरिए । कुलमान प्राधिकरणमा आउँदा करिब ६ सय मेगावाटको जडित विद्युत यतिबेला करिब ३२ सय मेगावाट पुगेको छ।

लक्ष्मी पूजाको दिनमा पनि अध्याँरो झेलेको देशले अहिले विद्युत खपत गर्न मात्रै होइन, भारत र बंगलादेशमा निर्यात गर्न थालेको छ। ३५ अर्बको घाटा बेहोरिरहेको प्राधिकरण,आज ४७ अर्ब चोखो नाफा गर्ने सरकारी संस्थान बनेको छ। घाटाको दलदलमा फसेको प्राधिकरण मात्रै उकासिएन देश उज्यालो भयो । आज मुलुकको ९८ प्रतिशत घरधुरीमा उज्यालो पुगेको छ। ७७ जिल्ला मध्ये७६ जिल्लामा रािष्ट्रय प्रशारण लाइन जडित विद्युतले सेवा दिइरहेको छ ।

विद्युत् जडित क्षमतामा सबैभन्दा बढी ९५ प्रतिशत अर्थात् २९ सय ९१ मेगावाट योगदान जलविद्युतकै रहेको छ । यस्तै थर्मल ऊर्जा ५३ मेगावाट, सौर्य ऊर्जा १ सय ७ मेगावाट र बायोमास ऊर्जा ६ मेगावाट उत्पादन हुने गरेको छ। विगतको आठ वर्षमा मात्रै २ हजार ३ सय मेगावाट थपिएको छ । पछिल्ला ३ वर्षमा मात्रै १७ सय ६ मेगावाट थपिएको तथ्यांक छ। दिनहुँ ५ सय मेगावाट विजुली निर्यात भइरहेको अहिलेको विद्युतको उच्च माग २६सय ५० मेगावाट रहेको छ। प्राधिकरण, प्राधिकरणका सहायक कम्पनी र निजी क्षेत्रको गरी कुल विद्युत् जडित क्षमता २९ सय ९१ मेगावाट पुगेको हो । यो तथ्यांक गएको साउनमा विद्युत प्राधिकरण सिार्वजनिक गरेको विवरण अनुसार हो ।

आठ वर्षअघिसम्म विभिन्न कारणले ठप्प रहेको निजी क्षेत्रका विद्युत् आयोजनाहरूसँगको विद्युत् खरिद–बिक्री सम्झौता (पीपीए) लाई खुला गरी जलाशययुक्त, पिकिङ रन अफ रिभर, रन अफ द रिभर र सौर्य ऊर्जाका लागि छुट्टाछुट्टै दर तय गरिएको छ । पछिल्लो समय नेपालको जलविद्युत्मा स्वदेशी तथा विदेशी लगानीकर्ताको आकर्षण बढेको समेत बढेको छ। ‘आठ वर्षअघि २८ सय मेगावाटको मात्र विद्युत् खरिद सम्झौता गरिएको थियो, निजी क्षेत्रका आयोजनाहरूलाई प्रोत्साहन गर्न लिइएका नीतिका कारण अहिले १० हजार ३ सय मेगावाटभन्दा बढीको विद्युत् खरिद सम्झौता भइसकेको प्राधिकरणले बताएको छ। सन् २०२८÷२९ मा नेपालको जडित क्षमता झन्डै १० हजार मेगावाट पुग्ने प्राधिकरणको प्रक्षेपण छ ।

‘ती लक्ष्य पूरा गर्न करिब ७ हजार मेगावाटका आयोजना निर्माणका विभिन्न चरणमा छन्, थप करिब १० हजार मेगावाटका आयोजना विद्युत् खरिद सम्झौताको प्रक्रियामा छन्। पछिल्लो समय आम्दानी बढाउँदै लगेको प्राधिकरणले प्रसारणलाइन मात्र नभई विद्युत् उत्पादनमा पनि लगानी बढाएको छ । प्राधिकरणको सहायक कम्पनीमार्फत १४० मेगावाटको तनहुँ जलाशययुक्त, ४० मेगावाटको राहुघाट र ३७ मेगावाटको माथिल्लो त्रिशूली ३ बी, रोलवालिङ २० मेगावाटका आयोजनाहरू निर्माणाधीन छन् ।

प्राधिकरणको सहायक कम्पनी चिलिमेको अगुवाइमा निर्माणाधीन २७० मेगावाटका आयोजना सञ्चालनको अन्तिम चरणमा छन् । चिलिमे जलविद्युत् कम्पनीले करिब ३०० मेगावाटका थप जलविद्युत आयोजना अगाडि बढाएको छ । प्राधिकरणका अनुसार ४२ मेगावाटको माथिल्लो मोदी ‘ए’, १८.२ मेगावाटको माथिल्लो मोदी, २१० मेगावाटको चैनपुर सेती, ९९ मेगावाटको तामाकोशी पाँचौंको निर्माण सुरु भएको छ । एक हजार ६३ मेगावाटको माथिल्लो अरुण र ६७० मेगावाटको दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाहरू वित्तीय व्यवस्थापन गरी निर्माणमा जाने अवस्थामा पुगेका छन् ।

६८३ मेगावाटको सुनकोशी–३ जलाशययुक्त जलविद्युत् आयोजना नेपाल र बंगलादेशका सरकारी निकायको लगानीमा निर्माण गर्ने गरी अगाडि बढाइएको प्राधिकरणले जनाएको छ । दक्षिण एसियाली क्षेत्रकै नमुना परियोजनाका रूपमा अगाडि बढाउन सकिने १० हजार ८०० मेगावाटको कर्णाली (चिसापानी) बहुउद्देश्यीय जलाशययुक्त आयोजनाको विस्तृत अध्ययन प्रक्रिया सुरु गरिएको छ । दैनिक माग र आपूर्तिबीचको उतारचढावलाई व्यवस्थापन गरी प्रणालीलाई भरपर्दो र गुणस्तरीय बनाउन देशका विभिन्न ठाउँमा करिब ४२ हजार मेगावाटका पम्प स्टोरेज जलविद्युत् आयोजनाको पहिचान गरी केही उत्कृष्ट आयोजनाहरूको थप अध्ययन अगाडि बढाइदैछ।

विद्युत क्षेत्रमा कुलमानको आगमनले ठूलो उपलब्धि हासिल भएको छ। विद्युत उत्पादनको इतिहासको पानो पल्टाउँदा विक्रम सम्वत १९६८ मा फर्पिङ जलविद्युत आयोजना शुरु भएको थियो । करिब एक सय वर्षको अवधिमा आइपुग्दा मुलुक अध्याँरो रातमा गुज्रिन बाध्य भयो । राजनीतिक नेतृत्वको अक्षमता र प्राधिकरणमा आउने भ्रष्ट पात्रकै कारण मुलुकले ठूलो नोक्शानी बेहोर्न प¥यो । ती अध्याँरा रातहरु अब सायद नदोहोरिएलान्। यद्यपि विद्युत क्षेत्रमा इमान्दारपूर्वक काम गरिरहेका कुलमानलाई भने विद्यमान कांग्रेस -एमाले गठबन्धन सरकारले दुःख दिइरहेको छ। ओली सरकारको यो स्वेच्छचारीप्रति आम जनताको आपत्ति मात्रै छैन, सत्तारुढ दल कांग्रेसका नेता शेखर कोइरालाले कुलमानलाई काम गर्न दिन आग्रह गरेका छन्। कुलमानकै कारण विद्युत क्षेत्रमा ठूलो क्रान्ति आएकोले सरकारले सताउने होइन सघाउनु पर्ने बताएका थिए ।

लोडसेडिङको बेला विद्युत उपयोग गरेका घराना उद्योगीहरुले बक्यौता तिर्न आनाकानी गरिरहेका छन्। सर्वाेच्च अदालतदेखि संसदका विभिन्न्न समिति आयोग र सरकारले समेत बक्यौता असुल गर्नुपर्ने फैसला र निर्णय गरेको भएपनि ओली सरकार तिनै घरानाको हितका लागि कुलमानमाथि निरन्तर हमला गरिरहेको छ। उर्जा मन्त्री दीपक खड्काले कुलमानलाई दश मिनेटमा बर्खास्त गर्ने जस्तो बेधर्मी अभिव्यक्ति दिइरहेका छन्। कुलमानलाई धम्काएर बक्यौता सामसूम पार्ने खेलमा ओली सरकार छ। तर, सिंगो देश उज्यालोका नायक कुलमानको पक्षमा उभिएको छ। भ्रष्ट शासकहरुको नजरमा कुलमान बाधक होलान्। तर, सिंगो देश र जनताको नजरमा एक नायक हुन्। उनै नायककै कारण आज हामीले उज्यालो पाएका छौ, अब ती अध्याँरा रातहरु हाम्रो जीवनकाल मात्रै होइन, भावि पुस्ताको समयमा पनि नफर्किउन् भन्ने देशभक्त नेपालीको कामना छ। ।

प्रकाशित मिति : १५ कार्तिक २०८१, बिहिबार  ७ : १५ बजे


©2025 Sarajuonline सर्वाधिकार सुरक्षित