झण्डै तीन हप्तादेखि काठमाडौ केन्द्रित शिक्षक आन्दोलनप्रति एकीकृत समाजावादी नेतृ रामकुमारी झाँक्रीले कडा टिप्पणी गरेकी छिन्। समाजिक सञ्जालमा उनी लेख्छिन् ‘शिक्षकहरूको आन्दोलन भन्दा रमिता धेरै भो।’
उनले भनेकिछिन् – ‘मैले पनि यो सडकलाई नजिकबाट हेरिरहेकी छु। यतिका दिन बित्यो आउने नाच्ने, गाउने जाने भएको छ। के शिक्षकलाई कसैले पनि सुनेन त भनेर चासो राखें। मध्यस्तकर्ता जस्तो भए पनि केही न केही काम गरौ भन्ने लाग्यो। शिक्षक, सरकार र संसदको बिचमा समन्वय र संवाद गराउनु पर्यो भनेर धेरै कोणबाट उहाँहरूसंग कुरा पुराउने, संवाद गर्ने प्रयास पनि गरें। तर उहाँहरू त संवाद नै नगर्ने रे?
उनी थप्दै लेख्छिन्, -शिक्षा ऐन ऐले पास हुनुपर्छ अन्यथा हामी विधालय फर्कदैनौ भन्नुहुन्छ। के ऐन सडकबाट पास हुने हो र ?
विधेयक पास गर्ने संसद र सरकारको आफ्नो कानूनले निर्धारण गरेको प्रक्रिया हुदैन ? के सडकको रमितामा पुगेका सांसद, पूर्वमन्त्री, पूर्वप्रम र नेताहरुले सडकबाटै ऐन पास गर्दिनुहुने रहेछरु समितिमा दफावार छलफलमा रहेको विधेयक पास नभई फर्कन्नौ भन्न मिल्छ ?
उनले शिक्षक कर्मचारीलाई प्रश्न गर्दै भनेकी छन् , राज्यको तलव खाएका शिक्षक कर्मचारीले, भर्नाको बेला विधालय बन्द गरेर लाखौ विधार्थीको भविश्य अन्यौल बनाउन मिल्छरु निजी स्कूलले धमाधम भर्ना गरेर कक्षा चलाउन लागिसकेका छन।
यहाँहरूले पढाएका कयौ विधालयको द्यीभ् को रिजल्ट सून्य छ। के यो विषयमा चिन्चित हुनहुन्छरु आगामी दिनमा सुधार्न के गर्नुपर्छ भनेर कतै छलफलमा रूचि देखाउनु भएको छरु ऐन आउँछ भनेर सरकारले प्रतिबद्धता जनाएको छ।’
उनी अझै थप लेख्छिन्, ‘सबै सरोकारवालाको चासो पनि छ ।शिक्षकहरूले यतिसम्म ध्यानाकर्षण गराउनु ठिकै हो । किन भने ऐन पहिले नै आउनुपर्ने थियो, आउन सकेन। अब आउँछ। विधेयक समितिमा दफावार छलफलमा छ। विधेयक संसोधन सहित पास हुने भएकोले पनि छलफलले समय लिएको हो। अब भने विधेयक समितिबाट पास हुने प्रक्रिया छ। समितीले पास गरेपछि हाउसमा जान्छ। सरकारको प्रतिबद्धता छ, यो अधिवेशनमा ऐन आउँछ। ‘ सररमेडमहरू अब विधालयमा फर्कनुस। आफ्नो जिम्मेवारी बहन गर्नुस। सरकार र संसदलाई विश्वास गर्नुस। जिम्मेवार नेता साथिहरू१ ऐक्यवद्धताको रमिता तपाईहरू पनि नगर्नुस बल र कोर्ट दुबै तपाईकै खुट्टामा छ ।