२९ पुस २०८२, मंगलबार | Tue Jan 13 2026

दश महिनामा आरजुको १ सय ४ दिन विदेशमै बास, अहिलेसम्म फर्किएनन् विपीन !


१९ जेष्ठ २०८२, आइतबार  


आरजु देउवा चल्तीकी नेता हुन्। देउवाकी पत्नी भएको योग्यताले उनको सत्ता राजनीतिमा दबाब, प्रभाव र र प्रभुत्व थामिनसक्नुछ। नक्कली भुटानी शरणार्थी काण्डको आरोप खेपिरहेका राणा पछिल्लो समय ओली सरकारको परराष्ट्र मन्त्री हुन्। मन्त्री भएदेखि राणाको विदेश भ्रमण पानी पधेरो झै छ।

हुन त विदेश भ्रमणमा परराष्ट्र मन्त्री जानु स्वभाविकै होला। किनकी कुटनीतिक सम्बन्ध विस्तार गर्नु नै उनको दायित्व र कर्तव्य नै हो । उनले विदेश भ्रमण कति गरिन् भन्ने त्यत्ति ठूलो कुरै होइन। तर, भ्रमणपछि परिणाम के के ल्याईन् त ?त्यो मुख्य सवाल पक्कै हो र हुनुपर्छ। गएको दश महिनामा मन्त्री राणा एक सय चार दिन त विदेशमै बसीन् । सयौ घण्टा आकाशमा उडिन्।

उनको यो उडान र गुडान जति भ्याइ नभ्याइ छ। त्यसको तुलनामा परिणाम नगन्य जस्तै छ। छिमेकी राष्ट्र भारतमा ओलीको भ्रमण गराउन उनले निकै कोशीस गरिन्। पहिलो पटक भारतमा पुग्दा उनले प्रधानमन्त्री सरहको सम्मान पाएको भन्दै निकै चर्चा भयो। तर, पछिल्लो पटक भारत पुग्दा उनले सम्मान होइन अपमान बेहोरिन्। ओलीसंग चिढिएका मोदी आरजुसंग पनि चिढिए । युएनदेखि बिमस्टेकका कार्यक्रममा ओली मोदी भेट त भयो। साइडलाइन वार्ता भएपनि मोदीले प्राथमिता दिएको देखिन्न। भारतले ओलीलाई नपत्याएपछि उनी चीन भ्रमणमा हानिएका थिए। तर, मोदी टसमस भएनन।

आरजु राणा कांग्रेस एमाले गठबन्धनका सक्रिय नेताहरु मध्ये तेश्रो तहकी हुन्। सरकारमा प्रकाशमानसिंहको नेतृत्वमा कांग्रेस गएपनि आरजु प्रभाव र रवाफ छ। उनै रवाफी मन्त्रीको दौडधुप जति धेरै भएपनि हात लाग्यो शून्य छ। त्यसको अर्काे गतिलो उदाहरण हो विपीन जोशीको रिहाइ गर्न नसक्नु पनि । दुनियाँले आफ्ना नागरिक हमासको बन्धकबाट मुक्त गराए ।तर, ओली सरकारले अहिलेसम्म विपीनको अत्तोपत्तो पाउन सकेको छैन । घरमा बा आमा छोरा कहिले फर्किएला भन्दै टोलाइराछन्। गृहमन्त्रीदेखि माननीय जम्मै जम्मैलाइै हार गुहार गरेपनि र्फिकएनन्, विपीन ।तैपनि परराष्ट्र मन्त्रीको विदेश भ्रमणको तालिका उस्तै छ।

गएको साल २०८१ असार ३१ गते परराष्ट्रमन्त्रीमा नियुक्त भएकी हुन् आरजु । त्यसयता उनले अहिलेसम्म १३ देशमा १८ पल्ट पुगिसकेकी छन् । उनी गएराति हङकङको चारदिने भ्रमण पूरा गरेर फर्किएकी हुन् ।परराष्ट्रमन्त्री आरजु. राणा अघिल्लो हप्तामात्रै पाँचदिने जापान भ्रमणबाट फर्केकी थिइन् । जापानबाट फर्किएपछि उनले उही रेडिमेड जवाफदिइन्, जापान भ्रमण उपलब्धिमूलक र भव्य रह्यो ।जापानको टोकियोमा आयोजना भएको ज्येष्ठ नागरिकहरुमा हुने सामाजिक एकान्ततासम्बन्धी अन्तराष्ट्रिय सम्मेलन थियो । यस कार्यक्रम एसियाली नागरिकको कल्याण तथा शिक्षाका लागि प्रतिष्ठान भन्ने आइएनजिओले आयोजना गरेको हो।यस्ता आइएनजिओले बोलाउने भ्रमणमै उनी व्यस्त देखिन्छन्।तर, विपीनको रिहाइमा उनको ध्यान पटक्कै देखिन्न। ००००

प्रकाशित मिति : १९ जेष्ठ २०८२, आइतबार  ७ : १५ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित