२२ चैत्र २०८२, आइतबार | Sun Apr 5 2026

एक्सनमा प्रधानमन्त्री बालेन ! बालिका बन्धक बनाउने एमाले प्रदेश सांसद रेखा शर्मा खोरमा !


१६ चैत्र २०८२, सोमबार  


हालका प्रधानमन्त्री तथा काठमाडौ महानगरका निवर्तमान मेयर बालेन्द्र साहले एउटा भावुक स्टाटस सामाजिक सञ्जालमा लेखेका थिए । तत्कालीन मेयर भएको बेला उनले लेखेको स्टाटसको मिति हो, २०८१ साल माघ २९ गते अर्थात सन २०२५ फेब्रओरी ११को ।

यीनै प्रधानमन्त्रीको साहको स्टाटस यति धेरै भावुक र गहिरो थियो । जसको भावले बोल्छ, भुइँमान्छेका ‘नानीबाबुहरुले पढ्नुपर्छ, अनि समाज र देश बुझ्न पर्छ, आफूमाथि अन्याय गर्नेहरुलाई राम्रोसंग चिन्न पर्छ । ‘

यो स्टाटस थियो, दाङकी एक बालिकाको न्यायको पक्षमा । एमालेकी प्रदेश सांसद रेखा शर्माले दाङ तुल्सीपुरकी सानी नानीलाई घरमै बधुँवा अर्थात कमारी बनाइ ६ वर्षदेखि गर्र्दै आएको शोषणको मर्म । प्रधानमन्त्री बालेनको यति धेरै मर्मस्पर्शी यस्तो थियो । यो हेरौं :
‘सरी नानु ! तिम्रा पीडकहरुका विरुद्धमा मुद्दा नचल्ने बनाएछ, सरकारले ! नआत्तिनु समय आउनेछ ! यस्तै विभेद अपराध मास्न अनि ती कुकर्म गर्नेहरुलाई तह लगाउन तिमी र तिमी जस्तै धेरै नानीबाबुले पढ्नुपर्छ । समाज बुझ्नुपर्छ ।’


एउटी विपन्न परिवारकी बालिकामाथि भएको चरम बालश्रम शोषणको विरुद्धमा थियो, प्रधानमन्त्री बालेनको आवाज । उनकै पहलमा काठमाडौको धापासीमा बन्धक बनाएर राखिएकी ती दाङ तुल्सीपुरकी बालिकालाई मुक्त गर्न महानगरको टोलीले प्रयास गरेको थियो । प्रधानमन्त्री बालेन्द्र साह काठमाडौको मेयर पदमा रहेका बेला उनकै निर्देशनमा २०८१ जेठ १४ गते बालुवाटारबाट एमाले प्रदेश सांसद रेखा शर्माको घरबाट ती बालिकाको उद्दार गरेको थियो ।

त्यतिबेला मेयर रहेका प्रधानमन्त्री बालेन्द्र सााहले सार्वजनिक रूपमा यस विषयमा प्रश्न उठाएका मात्रै थिएनन्। एमाले प्रदेश सांसद रेखा शर्मालाई कानुनी कारबाही गर्न मुद्दा दर्तासम्मका पहल गरेका थिए । जतिबेला एमाले अध्यक्ष केपी ओलीको सरकार थियो । ओलीकै निर्देशनमा महान्यायाधिवक्ताको कार्यालय हुँदै जिल्ला सरकारी वकिलको कार्यालयमा मुद्दा दर्ता नगर्न भनिएको थियो । ओली सरकारका महान्यायाधीवक्ता रमेश बडाल थिए । उनै बडालको आदेशलाई हुबहु पालना गर्दै मिति २०८१ साल माघ २२ गते मुद्दा नचालउने निर्णय गरेको थियो ।

जिल्ला प्रहरी परिसर काठमाडौंमा यो घटनाको जाहेरी २०८१ जेठ ३० गते दर्ता भएको थियोे । बालिकाको उद्दारका क्रममा महानगरपालिकाको नगरप्रहरी, वडाका प्रतिनिधि र प्रहरी समेत घटनास्थलमा पुगेर मुचुल्का गराएका थिए ।


६ वर्षदेखि तिनै प्रदेश सांसद रेखा शर्माको घरमा रहेर काम गरिरहेकी ती नाबालिकले आफूमाथि कुटपिट हुने गरेको महानगरको टोलीको सर्वेक्षणमा बताएकी थिइन् । प्रदेश सांसद रेखा कुमारी शर्मा र उनको परिवारले ती बालिकामाथि हात र पाइपले पिट्ने गरेको उनले बताइएकी थिईन् ।

१२ वर्षकी ती नाबालिकाले प्रदेश सांसद रेखाको घरमा पोछा लगाउने, खाना बनाउने, बिरुवामा पानी हाल्ने लगायतका काम गर्नुपर्दथ्यो । उनले ६ वर्षदेखि परिवार भेट्न नपाएको र दशैंमा समेत घर जान नदिएको गुनासो गरेकी थिइन् । उनलाई यातना समेत दिएको पाइएपछि काठमाडौं महानगरपालिकाले प्रदेश सांसद शर्मा विरुद्ध प्रहरीमा उजुरी दिएको थियो । नाबालिकाको अवस्था दयनीय भएको भेटिएपछि महानगरपालिकाको कार्यदलले तत्काल ती बालिकाको उद्धार गरी संरक्षण गृहमा राखेको थियो ।


बालिकाको उद्धारका क्रममा महानगरपालिकाको नगर प्रहरी, वडाका प्रतिनिधि र नेपाल प्रहरी समेत घटनास्थलमा पुगेर मुचुल्का गराएका थिए । छोरीको उद्धार गरेको भेटिएपछि ती नाबालिकाका बाबु काठमाडौंमा आएर सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गरेका थिए । महानगरले परिसरमा बालबालिका सम्बन्धी ऐनको २०७५ को दफा ६६ उपदफा (२) (ङ) अनुसारको कसुर भएको भन्दै जाहेरी दिएको थियो । तर, सत्ता र शक्तिको आडमा ती सांसद विरुद्ध मुद्दा चलेन। पीडित न्यायको पर्खाइमा थिईन्।


पृथ्वी गोलो छ, समय परिवर्तनशील छ । सत्ता र शक्ति स्थायी होइनन्। समयको चर्खा यसरी घुम्योकी, उनै मेयर बालेन्द्र साह प्रधानमन्त्री भए र बालिकालाई यातना दिने सांसदलाई संरक्षण गर्ने एमाले अध्यक्ष केपी ओली हिरासतमा छन् । यही बेला बालेन्द्र सरकारको दोश्रो एक्सनमा तिनै सांसद रेखा शर्मा गएको आइतबार राति आफ्नै निवासबाट पक्राउ परिन् । पाप धुरीबाट कराउँछ भने झै उनी यतिबेला झ्याखलानाको हावा खाइरहेका छिन्। ती पीडित बालिकाको पक्षमा स्वयं बालेन्द्र साहले पहल लिएकोले बालिका बन्धक बनाउने रेखा शर्मामाथि कानुनी कारबाही हुनेछ, भने ती पीडित बालिका र उनको परिवारले न्याय पाउने पक्का छ । ०००००

प्रकाशित मिति : १६ चैत्र २०८२, सोमबार  २ : १६ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित