३२ असार २०८३, बिहिबार | Thu Jul 16 2026

उनै शक्तिशाली देउवा अहिले लुक्दै विदेशमा !


१७ असार २०८३, बुधबार  


समय निकै बलवान छ र हुँदो रहिछ , यही बलावान समयले हिजो शेरबहादुरको वहादुरीतालाई बोकिरहेको थियोे । आज उनै शेरबहादुर देउवालाई बलवान् र निर्मम समयले प्रवासमा भुतले झै लखेटिरहेको छ। मुलुकको पाँच पटक प्रधानमन्त्री र एक पटक गृहमन्त्री भएका उनी २०४८ सालदेखि २०८२ भदौ २३ अघिसम्म सत्ता राजनीतिमा कहिल्यै पछि फर्किनु परिन ।

उनलाई सत्ता र शक्ति फलिपाप भैरह्यो। उनै भाग्यमानी देउवा राज्य सत्ता र शक्तिको निर्णायक तहमा रहेर उनले आफूलाई समकालीन नेपाली राजनीतिमा सधैं धुरीमा उभ्याए। अत्यन्तै सरल र सोझो नेताका रूपमा परिचित उनी उदार लोकतन्त्रवादी नेता पनि हुन्।

जति बेला उनी गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारको गृहमन्त्री थिए, त्यतिबेला कम्युनिस्टहरूले सरकारको विरोध गर्दै थिए। भरखरै प्रजातन्त्र पुनःस्थापना भएको थियोे । देशको अर्थतन्त्र विकराल थियोे । पञ्चायतले छोडेको अर्थतन्त्र उकास्ने अनि रोजगारी र उत्पादन बढाउनु पर्ने दबाबमा थियोे,सरकार । यस्तो बेलामा सरकारलाई साथ सबैले दिनुपर्दथ्यो। विचार र सिद्धान्त एकठाउँमा हुन्छन् ।तर, जनता र देशको मुद्दामा साझा धारणा बन्नु पर्छ र बन्न पर्थ्यो।

विडम्बना, त्यतिबेला कांग्रेस कम्युनिस्ट नाममा समाज विभाजित मात्रै थिएन,निषेधित थियोे । जतिबेला बामपंथीहरूले आन्दोलन गरे। त्यतिबेला सरकारले कम भन्दा कम क्षति होस भन्ने चाहान्थ्यो र चाहानु्पर्छ पनि । किनकि जनता मारेर कोमाथि गर्ने शासन रु यो कुरा त्यतिबेलाका गृहमन्त्री शेरबहादुर देउवाले राम्रोसँग गहिरो गरि बुझेका थिए।त्यतिबेला देउवा गृहमन्त्री हुँदासम्म जनताको सुख-दुःखका कुरा सुन्थे । देउवा गृहमन्त्री रहेका बेला बामपन्थीहरूको आन्दोन हुँदा उनले भन्थे, गोली चल्दा गोलीको आँखा हुँदैन । देउवाको यो भनाइ पछि मेटाफोर बन्नपुग्यो । जो वाक्य तपाई हामीले सुन्दा सामान्य लाग्ला ।तर, यसको अर्थ निकै गहिरो थियोे र छ पनि ।

त्यतिबेला नेपाली काँग्रेसका तत्कालीन सभापति कृष्णप्रसाद भट्टराईले देउवालाई जनताको नेता भनेका थिए। तर,,देउवाको विहेपछि आरजुको भएको व्यंग सन्त नेता भट्टराईले गर्ने गर्दथे । जब देउवा आरजुको मात्रै भए ।तब उनीमा राजनीतिक समस्या देखिन थालेको धेरै टिप्पणी थियोे र अहिले पनि छ।

उनै आरजुकै दबाब र रवाफमा देउवा पाँच पटक प्रधानमन्त्री भए ।तर, जनताको प्रधानमन्त्री बन्न सकेनन् । प्रधानमन्त्री बनेका देउवामा आरजुका कारण चुलिएको सत्ता र सम्पत्तिमोह अन्ततः उनको पतनको कारण बन्यो । त्यही सत्ता र सम्पत्तिकै कारण गएको भदौ २४ गते आफ्नै बुढानिलकण्ठको दरबारमा मरणासन्न हुने गरि कुटाइ खानु पर्यो।


त्यस अकल्पनीय घटनापछि त्यो अजय शक्ति र सम्पत्तिका मालिक भएका देउवा आज विदेशका गल्ली गल्लीमा लुक्दै हिडेका छन् । राजनीतिबाट विश्राम लिएर नयाँ पुस्ताको लागि जिउँदो पु्स्तकालय बन्नु पर्ने देउवाले छिछि र धुरधुरको सामना गर्नु परेको छ।

यीनै देउवा जहिल्यै कम बोल्छन्,तर,अरूलाई कहिल्यै अहित ठान्दैनन्, भन्ने अर्को दृष्तान्त पनि छ। त्यो हो, काठमाडौंमहानगरका तत्कालीन मेयर तथा हालका प्रधानमन्त्री बालेन्द्र शाहलाई स्टाटस लेखे बापत पक्राउ गर्ने तत्कालीन प्रधानमन्त्री प्रचण्डको प्रस्तावको विपक्षमा उनी सति साल झै उभिनु। त्यतिबेला बालेनलाई पक्राउ गरेर ठिक पार्नुपर्ने प्रस्ताव प्रचण्डले गरेका थिए, उनको प्रस्तावमा अरू सबैले हो हो, पक्राउ गर्नुपर्छ भन्दै थपडी पनि बजाए।तर, अन्तिममा पुगेका देउवाले एउटा स्टाटसले के विगार्यो भन्दै प्रश्न मात्रै गरेनन् । यस्तो निर्णय गरेमा त्यो निकै महंगो हुने भन्दै सबैलाई सम्झाए।देउवाको एउटा वाक्यले प्रचण्ड सरकार यश निर्णयबाट पछि हटेको थियोे ।

तर,उनै देउवाले जेनजी मुभमेन्टमा सबैभन्दा धेरै नोक्शानी बेहोरे। प्रचण्ड चतुर र धुर्त नेता हन्। उनी लुकिहाले। ओली हेलिकप्टरबाट भागे। अन्ततः देउवा दम्पतीले अकल्पनीय मार खेपे।विडम्बना ,उनै देउवा अहिले विदेशमा लुकि लुकि हिडिराछन्, ओली प्रचण्डले कुखुरे छाति फुल्लाएर पाखुरा सुर्काउदैछन्। सरकार विरूद्ध बिख ओकल्दैछन्। तर, देउवा मौन अनि चुपचाप छन् ।

साउनको अन्तिमतिर नेपाल फर्किने सन्देश उनले पठाएका छन् । यसर्थ शक्ति र सत्ता अनि सम्पत्ति तपाईं हाम्रो लागि स्थायी होइनन्। यिनी त उपियाँ झै जुनसुकै बेला पनि फट्किन सक्छन् ।यसर्थ राजनीति होस् या सामाजिक क्षेत्रको नेतृत्व गर्नेले यति कुराका ज्ञान र चेतना राखेमा सधैं अग्लो भईन्छ, तर, कहिल्यै होचो भइन्न किरु ००००

प्रकाशित मिति : १७ असार २०८३, बुधबार  ११ : १८ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित