२८ भाद्र २०८३, आइतबार | Sun Sep 13 2026

शिक्षा र स्वास्थ्यको ३ प्रतिशत कर हटाउने मन्त्रिपरिषद्को निर्णय


६ श्रावण २०८३, बुधबार  


सरकारले शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत कर पूर्ण रूपमा छुट दिने निर्णय गरेको छ।

अर्थ मन्त्रालयको प्रस्तावमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले शिक्षा र स्वास्थ्यको समता कर पूर्णतयास् छुट दिने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए।

मन्त्रिपरिषद्को निर्णयमा भनिएको छ( ‘आर्थिक ऐन २०८३ को दफा १८ को उपदफा १ बमोजिम शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने।’

आर्थिक वर्ष २०८३र८४ को बजेटमा घोषणा गरिएको उक्त कर साउन १ गतेदेखि कार्यान्वयनमा आएको थियो। सर्वसाधारण तहबाट व्यापक आलोचना भएपछि प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमार्फत उक्त कर फिर्ताको घोषणा गरेका थिए।

प्रधानमन्त्री शाहको सामाजिक सञ्जालबाट हटेको उक्त कर मन्त्रिपरिषद्कै निर्णयबाट बुधबार हटेको हो।

प्रकाशित मिति : ६ श्रावण २०८३, बुधबार  ४ : ५० बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित