३० फाल्गुन २०८२, शनिबार | Sat Mar 14 2026

पर्यटन पत्रकार महासंघ दाङको अध्यक्षमा बोहरा


११ कार्तिक २०८१, आइतबार  


नेपाल पर्यटन पत्रकार महासंघ दाङ जिल्लाको अध्यक्षमा पत्रकार अभिषेक बोहरा निर्वाचित भएका छन ।
आइतबार दाङको घोराहीमा भएको दोश्रो जिल्ला अधिवेशनले पत्रकार बोहराको अध्यक्षतामा २ जना पछि थप गर्ने गरि १५ सदस्य रहेको कार्य समिति चयन गरेको हो ।
नेपाल पर्यटन पत्रकार महासंघ दाङका अध्यक्ष प्रकाश चौधरीको अध्यक्षता तथा केन्द्रीय अध्यक्ष धनिराम शर्मा( ऋतु विचार )को प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष उदय जिएम, गणतन्त्र राष्टृय दैनिकका प्रकाशक सम्पादक सविन पृयासन, दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष वसन्त जोशी, नेपाल पर्यटन पत्रकार महासंघका संस्थापक महासचिव केशरमान बुढाथोकी, बयलडाँडा चौतारी क्लवका अध्यक्ष नारायण भुसाल लगायतले पर्यटन प्रवर्धनका लागि पत्रकारको भूमिकाको बारेमा आफ्नो भनाइ राखेका थिए ।
अधिवेशनले निर्वाचित गरेको नयाँ कार्य समिति यस्तो छ । अध्यक्ष : अभिषेक बोहरा
उपाध्यक्ष : सचिन भुसाल
महिला उपाध्यक्ष: स्वस्तिमा एमसी
सचिव : सुदन पौडेल
सहसह-सचिव : माहेन्द्र पाण्डेय
कोषाध्यक्ष : पूर्ण गिरी
सदस्य: हेमन्त पोख्रेल
भरत रोका मगर
मनोज बुढा मगर
कौशल थापा
पुष्प सुवेदी
भुमिका डाँगी
नगेन्द्र चौधरी

प्रकाशित मिति : ११ कार्तिक २०८१, आइतबार  ५ : १८ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित