प्रधानमन्त्री केपी ओलीले लिपुलेकलाई व्यापारिक मार्ग बनाउने भारत-चीन सहमतिमा सी समक्ष आपत्ति जनाएका छन् ।
ओलीले चिनियाँ राष्ट्रपति सीसँगको भेटमा उक्त सहमतिमा नेपालको आपत्ति जनाए हुन्।
शनिबार थियानजिन अतिथि गृहमा चिनियाँ राष्ट्रपति सी चीनफिङसँग भएको द्विपक्षीय भेटवार्ताका क्रममा प्रधानमन्त्री ओलीले सहमतिमा आपत्ति जनाएका हुन् ।
‘नेपाली भूमि लिपुलेकलाई व्यापारिक मार्ग बनाउने विषयमा चीन र भारतबिच भएको सहमतिका विषयमा राष्ट्रपति सीसँग प्रधानमन्त्री ओलीले स्पष्ट रुपमा आपत्ति रहेको कुरा राखेको परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले बताएका छन् ।
त्यसैगरी एससीओमा नेपाललाई सदस्यता दिलाउन चीनसमक्ष ओलीले आग्रह समेत गरेका छन् ।
एससीओमा नेपाललाई सदस्यता दिलाउन चीनसमक्ष ओलीको आग्रह गरेका हुन्।
साथै सन् १८१६ को सुगौली सन्धिबमोजिम महाकाली पूर्वका सबै भूभागहरू सार्वभौम मुलुक नेपालकै भएको स्पष्ट पारिएको समेत राईले बताए । ‘यस मामिलामा चीनले नेपाललाई सहयोग गर्नेछ भन्ने विश्वास नेपालले लिएको छ’ उनले भने ।
भेटवार्तामा दुई देशबिचको मित्रवत् सम्बन्ध र सहकार्यका विविध क्षेत्रमा कुराकानी भई सम्बन्ध र सहकार्य अभिवृद्धि गर्न दुवै देशका संयन्त्र अग्रसर हुने समझदारी समेत भएको राईले जानकारी दिए ।








