३० फाल्गुन २०८२, शनिबार | Sat Mar 14 2026

जातीय विभेदविरूद्ध आवाज ओकल्ने ‘तीन खोली तरौला’ लोकगीत


२१ माघ २०८१, सोमबार  



मान्छे –मान्छे एउटै हो, फरक किन भो ? नेपाली समाजभित्र यही विभेदकारी प्रश्नको उत्खनन गरेको एउटा लोकगीत हो,’तीन खोली तरौला’। लोकगीतको आवरणमा समाजमा अश्लीलता र अराजकता बढाइरहेको बेलामा यश गीतले समाज भित्रको जातीय विभेदको चिरफार गरेको छ।

मानवबीचको प्रेमलाई कथित जातको छेकोले छेकेर भइरहेका सामाजिक जघन्य अपराधको विरूद्ध आवाज उठाएको छ। कथित जात समाजको कलंक भएको भन्दै मानवबीचको प्रेमको परिभाषाको विषयलाई महत्त्वपूर्ण सन्देशको रुपमा उठाएको छ। यो गीत मानवबीच प्रेम हुन्छ, र प्रेम जातले गर्ने होइन, मन र इच्छा ,भावना र सोचले गर्ने हो भन्ने कथा वस्तु बोकेको यथार्थ सामाजिक विभेदको विरुद्ध सन्देश प्रवाह गर्ने पृथक सांगीतिक सिर्जना हो।


भरखरै सार्वजनिक भएको यश ‘तीन खोली तरौला’ भन्ने गीतमा स्वर अहिलेकी लोकप्रीय गायिका शान्तिश्री परियार,गोविन्द अनेक र रोशन वलीको रहेको छ ।लय गोविन्द अनेक र शब्द रोशन वलीको रहेको छ।यसमा मिथुन हमाल र चर्चित मोडेल आयुष्मा कार्कीले फिचरिङ गरेका छन् ।

यश गीतका सर्जक तथा गीतकार रोशन वली नामक युटुव नामक अफिसियल च्यानलबाट सार्वजनिक भएको छ।गीतले एकदिनमै राम्रो रेस्पोन्स पाइरहेको छ।टिकटकमा समेत राम्रो मन जितिरहेको छ। गीतकार रोशन वलीको भर्खरै मात्र ‘रानी सल्ली’गीतले बजार राम्रै स्थान जमाएको थियो ।

प्रकाशित मिति : २१ माघ २०८१, सोमबार  १० : २० बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित