होटल क्षेत्र पर्यटनको एक महत्त्वपूर्ण पक्ष हो। पर्यटन हुनका लागि आकर्षण, आवास र पहुँच अनिवार्य शर्त हुन्। ती मध्ये आवास अर्थात बन्दोबस्त एक महत्त्वपूर्ण पक्ष हो। पर्यटनको महत्त्वपूर्ण क्षेत्र होटलमा देशभर धमाधम लगानी भइरहेको छ।
सन २०२५ को ६ महिनामा ६ लाख पर्यटक भित्रीएका छन् । यही औ सतमा पर्टक आ गमन भए यश वर्ष १३ लाख पर्यटक भित्रीन सक्ने अनुमान छ। पर्यटक आ गामन अंक गणितीय सुत्रमा भइरहँदा होटल क्षेत्रमा लगानी ज्यामितिय सुत्रमा भइरहेको छ।
होटल संघका अध्यक्ष विनायक शाहका अनुसार होटल अकुपेन्सी करिब ४० लाख छ। पर्यटक आगमनमा अपेक्षित वृद्धि नभए पनि देशभर धमाधम थपिंदै गएका होटल। यसरी भइरहेको होटल क्षेत्रको लगानी दीर्घकालीन रूपमा जोखिमपूर्ण हुन सक्ने जानकारहरूले चेतावनी दिएका छन्।
गएको ६ महिनालाई काठमाडौंमा ठूलो लगानीका पाँच वटा पाँचतारे होटल सञ्चालनमा आएका छन् । नक्सालमा हिल्टन, बूढानीलकण्ठमा होलिडे इन र लेमन ट्री प्रिमियर, धुम्बाराहीमा मर्क्योर र ग्वार्कोमा म्यासिफ होटलले सेवा दिन शुरू गरेका छन्। यीसँगै काठमाडौंमा उच्च खर्च गर्ने पर्यटक लक्षित पाँचतारे होटलको संख्या डेढ दर्जन नाघेको तथ्यांक छ।
पर्यटन आगमन बढेर व्यवसाय विस्तार हुने अपेक्षा सहित प्रसिद्ध अन्तर्राष्ट्रिय ब्रान्डको साझेदारीमा यी होटल खोलिएका हुन्। अर्थात् यी होटलको व्यवस्थापन विदेशी ब्रान्डले सम्हालेका छन्। अर्बौं रुपैयाँको लगानी रहेको छ।
पछिल्लो समय खुलेका धेरैजसो होटल विदेशी ब्रान्डमा सञ्चालित छन्। अन्तर्राष्ट्रिय बान्ड बनेका हिल्टन, मेरियट, ताज, अलफ्ट, हायात, होलिडे इन, मर्क्योर, रमदा, दुसित थानी जस्ता होटलले नेपाली होटलको व्यवस्थापन सम्हालिरहेका छन्। प्रसिद्ध अमेरिकी होटल ब्रान्ड मेरियटले एमएस समूहद्वारा काठमाडौंको नागपोखरीमा निर्मित पाँचतारे मेरियट होटल र ठमेलको फेयरफिल्डलाई सञ्चालन गरिरहेको छ।
शंकर समूहले नक्सालमा निर्माण गरेको हिल्टन होटलको व्यवस्थापन हिल्टन ब्रान्डले सम्हालेको छ भने सोल्टीमोडमा गोल्यान समूहले सञ्चालनमा ल्याएको हायात प्यालेस होटलको व्यवस्थापन हायातले हेरिरहेको छ। धुम्बाराहीमा जीवा लामिछाने सहितको लगानीको अकमा होटलमा अहिले विख्यात ब्रान्ड रमडा भित्रिएको छ।
त्यस्तै, भारतको होटल ब्रान्ड भिभान्ताले ललितपुरको झम्सिखेलमा चौधरी समूहले सञ्चालनमा ल्याएको होटल भिभान्ताको व्यवस्थापन सम्हालेको छ। चौधरी समूहकै लगानी रहेको चितवनको मेघौली सराई सफारी होटलमा पनि ताजको व्यवस्थापन छ। गैरआवासीय नेपाली संघका पूर्व अध्यक्ष शेष घलेले ठमेलमा निर्माण गरिरहेको स्टारउडमा शेराटन ब्रान्डको साझेदारी हुने तयारी गरिएको थियो। तर निर्माण कार्य लम्बिएपछि शेराटन नआउने भएको बताइएको छ।
अन्तर्राष्ट्रिय पर्यटक आगमनमा अपेक्षाकृत वृद्धि आइरहेको छैन, तर नेपालमा विलासी होटलको संख्या लगातार बढिरहेको छ। काठमाडौं बाहिर पनि पोखरा, लुम्बिनी, चितवन सहितका स्थानमा विलासी होटल र रिसोर्टको विस्तार भइरहेको छ। यसले नेपालको आतिथ्य सेवा पूर्वाधारमा ठूलो लगानी भएको देखाउँछ।
तर विदेशी पर्यटकको संख्या बढिरहेको छैन भने होटलमा किन लगानी बढिरहेको छरु के होटलमा भइरहेको लगानीले प्रतिफल दिन्छरु यो लगानी जोखिममा छैन त रु गम्भीर प्रश्न छ। होटल क्षेत्रमा २५ खर्ब बढी लगानी भएको अनुमान छ।
होटल क्षेत्रको लगानी र पर्यटक आगमनबीच असन्तुलन
केही महिना अघि राष्ट्रिय तथ्यांक कार्यालयले ‘राष्ट्रिय होटल तथा रेस्टुरा सर्वेक्षण २०८०’ सार्वजनिक गरेको थियोे । सार्वजनिक सर्वेक्षण अनुसार नेपालमा होटल र रेस्टुराको संख्या एक लाख ४२ हजार रहेका छन् । जसमा पर्यटक लक्षित तारे होटलको संख्या १ सय २६ रहेका छन् । आतिथ्य सेवा प्रदान गर्ने देशभरिका होटलमा पाँच खर्ब ४३ अर्ब स्थायी सम्पत्ति रहेको सर्वेक्षणमा भनिएको छ।
होटल क्षेत्रमा लगानी वृद्धि र पर्यटक आगमनको विषयमा होटल एशोसिएशन अफ नेपालका अध्यक्ष विनायक शाह भन्छन्, “होटलहरू प्रायः खाली खाली हुन्छन्। क्षमताभन्दा निकै थोरै पर्यटकलाई सेवा दिइरहेका छन्।” अध्यक्ष शाहका अनुसार नेपालका पर्यटकस्तरका होटलले करिब ४० लाखलाई सेवा दिन सक्छन्, तर पर्यटक १५ लाख पनि पुग्न सकेका छैनन् ।
पाँचतारे होटल मेरियटका सञ्चालक शशिकान्त अग्रवालले गएको महिना ९जनवरी०मा काठमाडौंका पाँचतारे होटलको ‘अकुपेन्सी’ भनिने कुल क्षमताको उपभोग ३२ प्रतिशत मात्र रहेको बताउँछन्।उनी भन्छन् हामीसंग सेवा दिन सक्ने पूर्वाधार र क्षमता भए पनि पर्यटक संख्या एक तिहाइ छ।
काठमाडौं उपत्यकामा मात्र होइन, देशभरिको होटल व्यवसायको यथार्थ चित्र हो यो। उपत्यका मात्रै होईन, लुम्बिनी जस्ता स्थानमा त होटलको स्थिति झन् खराब छ। पर्यटक संख्यामा वृद्धि नभए लगानी जोखिममा हुने व्यवसायीहरू बताउँछन् ।
रूपन्देहीको भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल बन्ने भएपछि पछिल्ला वर्षमा थुप्रै लगानीकर्ताले ठूलो रकम खन्याएका थिए। व्यवसायीहरूका अनुसार भैरहवा क्षेत्रका होटलमा मात्र ८० अर्ब रुपैयाँ हाराहारीमा लगानी भएको छ। योे क्षेत्रमा सात वटा चारतारे र दुई वटा पाँचतारे सहित पर्यटक लक्षित कैयौं होटल स्थापना गरिएका छन्। तर गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल अपेक्षा अनुसार सञ्चालनमा आएन। गौतमबुद्धमा व्यवसायीक उडान नभएपछि सुनशान छ। नियमित हवाई सेवा नभए पछि र अनुमान गरे अनुसार पर्यटक नभित्रिएपछि लगानी जोखिममा परेको हो।
लुम्बिनी क्षेत्रमा दुई अर्बभन्दा बढी लगानी गरेर पाँचतारे होटल पवन प्यालेस चलाइरहेका पवन हलुवाई भन्छन् पाहुना अपेक्षा अनुसार आएनन्। तैपनि जेनतेन चलिरहेको छ। बैंकको ऋणको व्याज तिर्न मुश्किल छ।
पर्यटकीय हिसाबले नेपाल अब्बल भएपनि आ गमनको दर कम छ। त्यसैमा पनि खर्चको दर उस्तै छ।पर्यटक तान्न डिजिटल माध्यम नै उपयुक्त भएको पर्यटन बोर्डका सीईओ दीपकराज जोशी बताउँछन् । उनी भन्छन् गएको वर्षको तुलनामा चालू वर्षमा बढेको देखिन्छ ।तर, अपेक्षित छैन। सन् २०२४ मा ११ लाख ४७ हजार मात्र पर्यटक भित्रिए। कोरोना शुरू हुने वर्ष सन् २०१९ मा झन्डै १२ लाख पर्यटक नेपाल भित्रिएका थिए। कोरोना महामारीका कारण दुई वर्ष अन्तर्राष्ट्रिय आवागमन प्रभावित भएर पर्यटनको गति रोकिन पुग्यो। तर त्यसपछि पनि पर्यटक आगमन अपेक्षा अनुसार बढिरहेको छैन। यसको असर आतिथ्य सेवामा परेको छ। नेपालमा वार्षिक ४० लाखभन्दा धेरै पर्यटक थेग्ने होटल पूर्वाधारको निर्माण भइसकेको छ।
सन १९९८ मा पहिलो पटक नेपाल भ्रमण वर्ष मनाइएको थियो । यसले अन्तर्राष्ट्रिय बजारमा राम्रो प्रभाव पारेपन माओवादीको हिंसात्मक आन्दोलन र त्यसपछिको राजनीतिक अस्थिरताका कारण नेपालको पर्यटन क्षेत्र प्रभावित बनेको थियो। २०७२ वैशाख १२ को महाभूकम्प र २०७६ पछिको कोरोना महामारीले पर्यटन क्षेत्रमा ठूलो धक्का दियो । महामारीका कारण सरकारले सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य सहित घोषणा गरेको ‘नेपाल भ्रमण वर्ष’ औचित्यविहीन बनेको थियो।
सरकारले नीति तथा कार्यक्रम मार्फत आगामी एक दशकलाई ‘पर्यटन दशक’ बनाउने योजना अघि सारेको छ। महँगो हवाई भाडा र विमानस्थल पूर्वाधारको कठिनाइ, सडक र हवाई सुरक्षा चिन्ता, अन्तर्राष्ट्रिय पर्यटक भित्र्याउन पर्याप्त पहलकदमीको अभाव जस्ता कारणले नेपालमा अपेक्षित गतिमा पर्यटक भित्र्याउन नसकिएको व्यवसायी बताउँछन्।
धनी बन्दै गरेका छिमेकी हेरेर होटल क्षेत्रमा लगानी
पछिल्लो समय भारत र चीनको आ र्थिक विकास रहरलाग्दो छ। हिजोको विपन्नहरू करिब तीन दशका सम्पन्न भएका छन् ।नेपाल धार्मिक हिसाबले पनि अब्बल छ। भगवान पशुपतिनाथ र गौतम बुद्धका कारण नेपाल यी देशको गन्तव्य बन्न सक्छ । दुई छिमेकी चीन र भारतका करोडौं नागरिक हरेक वर्ष विदेश भ्रमणमा निस्किन्छन्। भारतीय र चिनियाँ पर्यटकरूको मात्र आगमन बढाउन सक्दा पनि नेपाललाई पर्याप्त पर्यटक हुन्छन्, भन्छन् हानका अध्यक्ष विनायक शाह । यही भोलिको बजार हेरेर अहिले लगानी गरिएको हो, उनी भन्छन्।
सन् २०२४ मा भारतका करिब तीन करोड र चीनका १२ करोडभन्दा धेरै पर्यटक वैदेशिक भ्रमणमा निस्किएका थिए। नेपाल भित्रिने प्रमुख पर्यटकमा पनि यी दुई मुलुककै नागरिक रहेका छन्। सन् २०२४ मा नेपाल आएका पर्यटकमध्ये २८ प्रतिशत भारतीय र नौ प्रतिशत चिनियाँ छन्। दुवै मुलुकबाट मात्र पर्यटक तान्न सके पनि नेपालको पर्यटन व्यवसायले गति लिन पर्याप्त हुने व्यवसायीको तर्क छ। तर यथार्थ के छ भने, नेपाल आएका पर्यटक भारत र चीनबाट विदेश भ्रमणमा जाने संख्याको निकै सानो हिस्सा हो।
पर्यटकस्तरका होटल स्थापनाका लागि लागत धेरै हुन्छ। पाँचतारे होटल स्थापनाको खर्च अर्बमा पुग्छ। होटल एशोसिएसन नेपालका अध्यक्ष शाह पाँचतारे होटलको एउटा कोठाको लागत सरदरमा एक करोडदेखि डेढ करोड रुपैयाँ पुग्ने बताउँछन्। कतिपय होटलको त लागत निकै बढी छ। जस्तै( काठमाडौंमा निर्माण भइरहेको शेराटन होटलको लागत निर्माण नसकिंदै १२ अर्ब रुपैयाँ नाघिसकेको जानकारहरू बताउँछन्।
नेपाल राष्ट्र बैकका अनुसार होटल क्षेत्रमा बैंक तथा वित्तीय संस्थाको दुई खर्ब एक अर्ब रुपैयाँ लगानी भइसकेको छ। बैंक तथा वित्तीय संस्थाको यो कुल कर्जाको ३।७ प्रतिशत हो।
मेरियट होटलका सञ्चालकहरू भन्छन्, सामान्यतया १०-१२ वर्षभित्र होटलले लागत उठाइसक्नुपर्छ। यो अवधिमा होटल निर्माणका लागि जति खर्च गरिएको हो, त्यसको सावाँ र ब्याज फिर्ता भइसक्नुपर्छ। तर अहिलेको स्थिति हेर्दा त्यो नदेखिने उनीहरू बताउँछन्।
अहिले एउटै होटलमा ६-७ अर्ब रुपैयाँ लगानी हुन थालेको छ। जसको वार्षिक ब्याज नै ६०(७० करोड रुपैयाँ हुन आउँछ। कर्मचारीको तलबभत्ता, इन्धन, पानी, खाद्यान्न, फर्निचर इत्यादिका कारण सञ्चालन लागत उच्च हुन्छ।
गएको दशकमा जग्गामा भइरहेको तीव्र मूल्यवृद्धिका कारण ठूलो खर्च गरेर निर्माण भएका होटलको लगानी उठाउन सजिलो भएको थियो। होटलले पर्याप्त व्यवसाय नगरे पनि जग्गाको मूल्यमा उच्च गतिमा बढोत्तरी भएपछि लगानीकर्ता जोखिम बाहिर रहने गर्थे। तर पछिल्ला दुई वर्षयता जग्गाको मूल्य स्थिर र कतिपय स्थानमा घट्न थालेपछि पहिले जस्तो अवस्था छैन।
हानका अध्यक्ष शाह चाहिं होटलहरूले पर्यटकलाई कोठामा राख्ने बाहेक सभा, सम्मेलन, भोजभतेरको प्रबन्ध गर्छन्, जसबाट पनि उनीहरूको आम्दानी बढ्ने बताउँछन्। भविष्यप्रति आशावादी भएर लगानी गरिए पनि पछिल्लो समयमा भने होटलहरूको प्रतिस्पर्धाका कारण व्यवसाय टिकाइराख्न कठिन परेको उनको भनाइ छ।








