१६ बैशाख २०८३, बुधबार | Wed Apr 29 2026

कलंकीदेखि बसुन्धरासम्मको चक्रपथ विस्तार गर्न नेपाल –चीनबीच सम्झौता


१६ बैशाख २०८३, बुधबार  


काठमाडौ चक्रपथ विस्तारको दोस्रो चरणअन्तर्गत सहायता सम्बन्धि बुधबार नेपाल र चीनबीच औपचारिक रूपमा सम्झौता सम्पन्न भएको छ ।

भौतिक पूर्वाधार तथा यातायात तथा सहरी विकासमन्त्री सुनील लम्साल र नेपालका लागि चिनियाँ राजदूत झांग माओमिंगबीच सम्झौता पत्रमा हस्ताक्षर गरिएको हो ।

सम्झौताअनुसार, चक्रपथ विस्तारको दोस्रो चरणमा कलंकीदेखि बसुन्धरासम्मको ८.२ किलोमिटर सडक तथा पुल निर्माण गरिनेछ । यस परियोजनाका लागि चीन सरकारले करिब ११ अर्ब रुपैयाँ अनुदान उपलब्ध गराउनेल भएकोछ ।

यसअघि सन् २०१९ देखि सुरु गरिएको पहिलो चरणमा कोटेश्वरदेखि कलंकीसम्मको सडक विस्तार सम्पन्न भइसकेको छ ।

सम्झौतापछि मन्त्री लम्सालले परियोजना कार्यान्वयनका क्रममा समस्या उत्पन्न भए एक दिनमै समाधान गर्दै आवश्यक सहजीकरण गरिने प्रतिबद्धता व्यक्त गरे । उनले उत्तर–दक्षिण जोड्ने सडक निर्माण सरकारको प्राथमिकतामा रहेको उल्लेख गर्दै नेपालको पूर्वाधार विकासमा चीन सरकारबाट थप लगानीको अपेक्षा रहेको बताए ।

चिनियाँ राजदूत माओमिंगले उपयुक्त लगानी वातावरण बनेमा धेरै चिनियाँ लगानीकर्ता नेपालमा लगानी गर्न इच्छुक रहेको पनि बताए ।

प्रकाशित मिति : १६ बैशाख २०८३, बुधबार  ३ : २१ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित