९ श्रावण २०८३, शनिबार | Sun Jul 26 2026

‘माफिया थ्रिलर’ फिल्म विर्साउने विष्णु पौडेलको भयानक खेल !


२५ असार २०८३, बिहिबार  


नेपाली सत्ता राजनीति यस्तो छ,की जसको वास्तविक कथा एउटा थ्रिलर फिल्मकै कथासंग मिल्दोजुल्दो देखिन्छ । जहाँ अपराध, राज्यद्रोह, घुसखोरी, कमिसन, कालोधनको भयानक चलखेल हुन्छ । तर, यो फिल्मको काल्पनिक कथा होईन। यो राज्य दोहनको वास्तविक कथाको पटाक्षेप हो। तपाईले पनि हेर्नु भएको होला, माफिया थ्रिलर फिल्म । जसको कथा मुख्यतया पैसा, शक्ति, र सत्ताको द्वन्द्व मा आधारित हुन्छ । जहाँ अपराधी गिरोह माफिया र राज्यका संयन्त्रबीच लुकामारी चल्छ ।

यस फिल्ममा गैरकानूनी धन्दा, राजनीतिक भ्रष्टाचार, हत्या, र बदलाको भावनालाई मुख्य विषय बनाइएको हुन्छ । यस्ता फिल्मको कथा हेर्दा निकै रहस्यमय र असम्भव जस्ता देखिन्छन् । यस्तै एउटा थ्रिलर फिल्म हो, माफिया । माफिया थ्रिलर फिल्मको काल्पनिक कथासंग ठ्याक्कै मिल्दोजुल्दो देखिन्छ षड्यन्त्रको सिद्धान्तमा हुर्किएको हाम्रो नेपाली राजनीति पनि । यही नेपाली राजनीतिको वास्तविक माफिया थ्रिलर फिल्मका पात्र जस्तै लाग्ने एक त्यस्ता डरलाग्दा पात्र हुन्, एमाले उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेल । उनै पौडेलको सत्ता राजनीति र अवैध धनको कथा पनि यही माफिया थ्रिलर फिल्म जस्तो छ , यो हेरौं ।


कथा नम्बर एक
राज्यसत्ताको धुरीमा बसेर सेयर कब्जा !

श्रीराम टोबाको कम्पनीको वर्षमा १० अर्ब हाराहारीको कारोबार हुन्छ । ५० करोड लाभांश लाभांश हरेक वर्ष वितरण गर्दछ । जब यो कम्पनीको नाफामाथि माफियाको आँखा पर्छ । तब कम्पनीको हत्याउने या फसाउने योजना बन्छ । विष्णु पौडेल अर्थमन्त्री बन्छन् । आन्तरिक राजस्व र राजस्व अनुसन्धान विभाग यस उद्योगमाथि खनिन्छन् । गुट्खाको तौलको नाममा हास्यास्पद नाटक रचिन्छ । दशौ ं करोड जरिवानाको त्रास देखाइन्छ । उद्योगको कच्चा पर्दाथ सुपाडीमा कृत्रिम अभाव सिर्जना गरिन्छ । सुपारीको कोटा रोकिन्छ । चारैतिरबाट ढोका बन्द हुन्छ । उद्योग सन्चालक हारगुहार गर्छन् । अर्थमन्त्री पौडेलकहाँ पुग्छन् । दुधको साँक्षी बिरालो बन्छ । माफिया दिपक भट्ट समस्या समाधनको सहजकर्ता बन्छन् । दीपक भट्टले शर्त राख्छन् । उनको समाधानको सर्त भयानक हुन्छ । भट्टलाई सित्तैमा कप्नीको २० प्रतिशत सेयर दिनुपर्छ । उद्योगीहरु परिबन्धनमा पर्छन् । उद्योगीले चुक्ता मूल्यमै ३ करोड ७५ लाखमा भट्टलाई सेयर बुझाउँछन् । केही महिनामै भट्टको खातामा लाभांश बापत १९ करोड रुपैयाँ दाखिल हुन्छ । राज्यको संयन्त्र दुरुपयोग गरेर श्रीराम टोबाको कम्पनीको शेयर कब्जा हुन्छ । यो तथ्य सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागको अनुन्धानले देखाउँछ ।

कथा नम्बर दुई
३ सय ३२ करोड सरकारी करलाई ४ करोडमा गुपचुप मिलान !


कथा नम्बर दुई अझै रहस्यमय र कहाली लाग्दो हुन्छ । यस कथाको स्थान हो, रुपन्देही जिल्ला । जहाँ त्रिवेणी डिष्टिलरी सन्चालनमा हुन्छ । यस कम्पनीको करब राजस्व अनुसन्धानले झण्डै १ अर्ब कर निर्धारण गर्छ । कर तिर्न उद्योग असमर्थ हुन्छ । अनि उद्योग बन्द हुन्छ । करको मिटर घुम्दै जान्छ । करिब एर्ब खास कर बढेर ३ अर्ब ३२ करोड पुग्छ । त्यसै गरी यता बैंकको ऋणले पनि १ अर्ब नाघ्छ । सञ्चालक रोहित श्रेष्ठको परिवार कालोसूचीमा पर्छ । सबै सम्पत्ति रोक्का हुन्छ र यही तनावमा रोहितको ज्यानसमेत जान्छ ।


ठीक यही बेला विष्णु पौडेल अर्थमन्त्री हुन्छन् । मिति हुन्छ,२०७२ कात्तिकको । पौडेल मन्त्री बनेको एक महिना भएको हुन्छ । यही बेलामा रोहित श्रेष्ठको परिवारमा रहस्यमयी प्रस्ताव आउँछ । त्यस्तो प्रस्ताव लिएर जाने मानिस हुन्छन्, शशी शर्मा पौडेल । उनै शशी शर्मा पौडेल सामान्य गाई पालक कृषक मात्रै हुन्छन् । तर, उनको प्रस्ताव देख्दा जिब्रो टोक्ने हुन्छ । उनको सर्त हुन्छ ”तपाईको ३० विघा जग्गा मलाई २८ करोडमा दिनू म तपाईको ३ अर्ब ३२ करोडको ट्याक्स, १ अर्बको बैंक ऋण सबै क्लियर गर्दिन्छु र कालोसूचीबाट नाम पनि हटाइदिन्छु।”


श्रेष्ठ परिवारले सर्वस्व गुमाएको हुन्छ । यस्तो बेलमा श्रेष्ठ परिवारले प्रस्ताव नाइँ भन्ने कुरै थिएन।बरु उनै गाईपालक पौडेलसंग डिल हुन्छ । । त्यसपछि कहानी सुरु हुन्छ। राज्यको ढुकुटी लुट्ने असली खेल। यो खेलमा कर फस्र्योट आयोग प्रत्यक्ष जोडिन्छ । आयोगले ३ अर्ब ३२ करोड रुपैयाँको राजस्व दायित्वलाई ९९ प्रतिशत छुट दिन्छ । यहाँ जम्मा ४ करोड रुपैयाँ तिरेर अर्बौंको कर माफ हुन्छ। यता, बैंकको १ अर्ब ऋण पनि साँवाभन्दा कममै चुक्ता हुन्छ । शशी शर्मा पौडेल एउटा सामान्य गाईपालक हुन्छ । तर,अर्बौंको राज्यको कर र बैंकको ऋण रातारात मिनाहा गराउन यहाँ उनी सक्छन् । उनीमा जादुको छडी कहाँबाट आउँछ ? यो आफैमा रहस्यमयी देखिन्छ । त्यस जादू छडी उनै पूवअर्थमन्त्री पौडेलको हातमा हुन्छ । कृषक शशी त केवल मोहरा मात्र बन्छन् । असली खेलाडी पर्दा पछाडि विष्णु पौडेल हुन्छ । यो खेलमा ३३२ करोडको ऋण चार करोडमा चुक्ता गरिन्छ।, बैकको ऋणपनि तिरिन्छ ।


यी माथिका कथा एक उदाहरण हुन्। पाँच पटक अर्थमन्त्री भएका पौडेलले रचेका यी दुइ कथा यो केवल दुईवटा उद्योगको मात्रै हो। तर, यी कथाले दर्शाउँछन् की देशमा माफिया थ्रिलर फिल्मकै कथा जस्तो डरलाग्दो अवस्था छ । यी दुई घटनाले वास्तविकरुपमा देश कसरी लुटिएको भन्ने कुरा ऐनाले झै छ्याँगै देखाउँछन् ।


यो कथा, हो, अकुत धनका आरोपित विष्णु पौडेलको । कलियुगका कुबेरको उपमा पाएका मानिस हुन्, एमाले उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेल । यीनै पौडेल पुर्पक्षका लागि थुनामा पुग्छन् । विष्णु पौडेल सामान्य घरपरिवारको मानिस हुन्छन् । यीनका समकालीनहरूका अनुसार बहुदलको पुनःवहाली अघिसम्म यीनी निकै गरिब हुन्छन् । गरिबीसंगै लडिरहेका पौडेल राजनीतिमा पुग्छन् । जब यीनी पौडेल संसदीय राजनीतिमा पुग्छन् । तब यीनको भाग्य चम्किन थाल्छ ।

उनै भाग्यमानी पूर्व अर्थमन्त्री पौडेलले सत्ता राजनीतिको खेलमा चकचकलेले गाल पा¥यो घुसघुसले ताल पा¥यो भने जस्तै उनले माफिया थ्रिलर फिल्मकै कथालाई विर्साउने गरी अकुत धन जोड्छन् । विष्णु पौडेलले रचेको आर्थिक अपराधको श्रृंखला कुनै हलिउडको ‘माफिया थ्रिलर’ चलचित्रभन्दा खतरा हुन्छ । उनको यस कथा सुन्दा हरेक राष्ट्रभक्त नेपालको रगत उम्लिन्छ, र नेताप्रतिको घृणाको ज्वारभाटा झै पक्कै पनि दन्किन्छ होला ? ०००००

प्रकाशित मिति : २५ असार २०८३, बिहिबार  १ : २२ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित