३० बैशाख २०८२, मंगलबार | Tue May 13 2025

नागार्जुनका मेयर बस्नेत विरूद्ध विशेषमा मुद्दा,माउन्टेन टेलिभिजन मालिक कँडेल पनि डामिए


१४ पुस २०८१, आइतबार  



अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नागार्जुन नगरपालिकाका मेयर मोहनबहादुर बस्नेतविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको कसुरमा मुद्दा दायर गरेको छ ।

आयोगले आईतबार उनीविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो । अख्तियारले मुद्दा दायर गरेसँगै बस्नेत मेयर पदबाट पनि स्वतः निलम्बित भएका छन् । 

अखितयारले मेयर बस्नेतमाथि  ९ करोड २२ लाख ४६ हजार ३२ घुस  लिएको र सम्पत्ति शुद्धीकरणअन्तर्गत १३ करोड १२ लाख ७३ हजार ३२ बिगो दाबी गर्दै मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

प्रवक्ता घिमिरेका अनुसार अख्तियारले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बस्नेतमाथि भ्रष्टाचारसँगै सम्पत्ति शुद्धीकरणको आरोपमा पनि मुद्दा दायर गरेको हो ।

मेयर बस्नेतकी श्रीमती र पद्य कोलोनीका अध्यक्ष तथा माउन्टेन टेलिभिजनका सञ्चालक राजुप्रसाद कँडेललाई पनि प्रतिवादी बनाई  मुद्दा दायर  गरेको  छ।जग्गा कारोबारी समेत रहेका कँडेल विरू्द्ध पनि अख्तियारले मुद्दा दायर भएको हो।

प्रकाशित मिति : १४ पुस २०८१, आइतबार  १० : २२ बजे


©2025 Sarajuonline सर्वाधिकार सुरक्षित