३० बैशाख २०८२, मंगलबार | Tue May 13 2025

कायममुकायम गभर्नरको जिम्मेवारी डा. निलमलाई, गभर्नर नियुक्तिमा ढिलाउने संकेत !


२५ चैत्र २०८१, मंगलबार  


अर्थ मन्त्रालयले डाक्टर निलम ढुंगाना तिम्सिनालाई कायममुकायम गभर्नर तोकेसँगै गभर्नर नियुक्ति प्रक्रिया थप ढिलाइ हुने देखिएको छ।

अर्थ मन्त्रालयले नेपाल राष्ट्र बैंकका वरिष्ठ डेपुटी गभर्नर निलम ढुंगाना तिम्सिनालाई कायममुकायम गभर्नरको जिम्मेवारी तोकेको छ।

गत शुक्रबार गभर्नर महाप्रसाद अधिकारी आफ्नो ५ वर्षे कार्यकाल पूरा गरी राष्ट्र बैंकबाट बिदा भएपछि नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा २७ बमोजिम उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ढुंगानालाई कायममुकायम गभर्नरको जिम्मेवारी तोकेका हुन्।

अर्थ मन्त्रालयले ढुंगानालाई कामु तोकेसँगै गभर्नर नियुक्ति प्रक्रिया थप ढिलाइ हुने देखिएको छ। सत्तारुढ दलहरुबीच भागबन्डा नमिल्दा गभर्नर नियुक्ति प्रक्रियामा थप समय लाग्ने देखिएको हो।

राष्ट्र बैंक ऐनले बहालवाला गभर्नर अवकाश हुनुभन्दा १ महिना अगाडि नै गभर्नर नियुक्ति गर्ने व्यवस्था गरे पनि भागबन्डा नमिल्दा नियुक्ति प्रक्रियामा ढिलाइ भएको हो। 

प्रकाशित मिति : २५ चैत्र २०८१, मंगलबार  ८ : २३ बजे


©2025 Sarajuonline सर्वाधिकार सुरक्षित