प्राकृतिक विपद्का हिसाबले नेपाल जाेखिममा छ। जुन कुरा हरेक वर्ष निम्तिने प्राकृतिक विपत्तिले सिद्ध गरेकाे कुरा हाे । २०७२ काे विनाशकारी भूकम्प यता धेरै प्राकृतिक विपत्ति आए । हरेक वर्ष बाढी पहिरो र डुबानकाे समस्या दाेहाेरिदाे छ।
प्राकृतिक स्राेतकाे अत्यधिक दाेहनका कारण बाढी पहिरोकाे समस्या दाेहाेरिने गरेको सबैलाई थाहाछ यसैमा राजनीति हुन्छ,न्यूनीकरणमा ध्यान कसैकाे जान्न ।
गएको साल २०८० कार्तिक महिना १७ गते मध्यरातमा जाजरकोटमा भूकम्प गयाे। भूकम्पले ठूलो क्षति पुरायाे।भूकम्पले विनाश गरेका आवास तथा अन्य भाैतिक संरचनाको पुनर्निर्माण पूरै हुन सकेको छैन। एकवर्षकाे यसश अवधिमा सरकारले आ श्ववासन धेरै राहत थाेरै बाड्याे । चिसोले धेरैकाे ज्यान गयाे।सरकार जिम्मेवार खासै बनेन।
यश वर्ष दुई दिनकाे झरीले २५ लाख घरधुरी प्रभावित भए।अढाइ सय बढी नागरिककाे ज्यान गयाे।२५ अर्ब बढीको भाैतिक पूर्वाधारमा क्षति भयाे। कृषि तथा पशुधनमा नाेक्शानी मुलुकले बेहाेर्याे।
एक हप्ता अघिदेखि जल तथा माैसम विज्ञान विभागले सचेत गराइरहेको थियोे । मिडिया क्षेत्रले निरन्तर खबर अपडेट गरिरहेका थिए। तर, दुई दिनकाे अविरल वर्षाले बागमती गण्डकी र काेशी प्रदेशमा क्षति पुरायाे। यश पटककाे विपत्तिमा पनि सरकार फेरि चिप्लियाे।
सिहदरबारबाट नक्खु १० किलोमिटर दूरीमा थियोे र छ।तर, नक्खुकाे बाढीमा बगेकालाई उद्दार गर्न सकेन। उपत्यकामै धेरै मानिसको ज्यान गयाे। धेरै घर डुबानमा परे। विपतमा सरकार राजधानीमै निकम्मा सावित भयाे।राजधानीमै सरकारले अभिभावकत्व देखाउन सकेन भने, दुर्गममा सरकारी संयन्त्र झनै झूर अवस्य हुने नै भयाे।
जुन कुरा जाजरकोट र रूकुमका जनताले गएकाे सालकाे भूकम्पमा अनुभव गरे,भने राजधानीले यश पटकाे बाढीमा राम्रोसँग महशुस गर्याे।
सरकार हुनु र नहुनु खासै भिन्न महशुस हुन सकेन। सरकार भने चुनावमा मत दिने ३ सय थरीका कर असुल्ने बाहेक अन्य काम नगर्ने भएको यश पटक सबैलाई बाेध भएको हुनुपर्छ ।तर, हरेक विपद्मा सरकार निम्छरो सावित भएपनि जनताले विपद्काे दुःख विर्सिने गरेका छन् । यसपटकको दुई दिने झरीकाे पीडा पनि क्रमश विर्सिने छन् ।सरकारले गरेका झेल विर्सिदै जाने प्रवृत्तिमा दलहरू खेल्दै आएका छन् ।त्यो कुरा यश पटक पनि दाेहाेरिने देखिन्छ ।
यद्यपि विशेषगरी सत्तारूढ दल विपत क्षेत्रमा पुगेका छैनन् । जनता यतिबेला आक्राेषित छन् ।जुन कुरा सत्तारूढका प्रत्युत्पादक हुने देखिन्छ ।दलका भातृ संगठन पुगेपनि दलका नेता प्रभावित क्षेत्र जान आँट गरेको देखिन्न ।किनकि जनआक्राेष छ, भन्ने कुरा उनीहरूले बुझेका छन् ।
झरीले निम्याएकाे याे दर्द पनि क्रमशः जनताले विर्सिदै जानेछन् ।सरकारले विपतमा सघाउन्न भन्ने बाेध भए पनि दुःख विर्सनेछन्। यति मात्रै हाेईन, नागरिक तहबाट पनि सचेतना अप्नाईनुपर्छ भन्नेमा पनि कुनै हेक्का हुनेछैन । विगत झै सावधानी अप्नाईने छैन। यहीं असाेज ११ र १२ काे झरीले झै अर्को प्राकृतिक प्रकाेपले क्षति पुराउनेछ।उस्तै दुःख दाेहाेरिनेछ।
यश विषयमा सरकार माैन छ। करिब पाँच अर्ब राहत काेषकाे पैसा गनेर बसेकाे छ। स्वदेशी ऋण तथा विदेशी ऋण हाेस् या अनुदान थापेर सरकार बसेकाे छ। भाेलिकाे विपतकाे विषयमा सरकारलाई साेच्ने फुर्सद देखिन्न । आम सञ्चार क्षेत्र यति संवेदनशील विषयमा बहसै गरेको देखिन्न।सबैले विपत्तिकाे परिणामलाई कथा बनाएर सम्प्रेषण गरिरहेका छन् ।
दीगाे समाधान र न्यूनीकरणका विषयमा समीक्षासहित भावी याेजना बारे कतै गुञ्जायस देखिन्न। जसले विपत्तिकाे मार पर्याे।उसलाई बाेेध भए पनि अरूलाई सराेकारकाे विषयमा भएको देखिन्न।राष्ट्र बचाउने भन्दा पनि आ फू कसरी व्यवस्थित बन्ने बाहेक सामुदायिक हितमा ध्यान गएकाे देखिन्न।