२९ बैशाख २०८२, सोमबार | Tue May 13 2025

बिहीबार बढ्याे,सुनकाे बजार भाउ !


१८ पुस २०८१, बिहिबार  


नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य तोलामा १ लाख ५१ हजार ५०० रुपैयाँ कायम भएको छ । 

बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख ५१ हजार रुपैयाँ कायम भएको थियो । यस आधारमा अघिल्लो दिनको तुलनामा छापावाल सुनको मूल्य ५०० रुपैयाँ बढेको हो । 

यस्तै चाँदीको मूल्य तोलामा १ हजार ७९० रुपैयाँ कायम भएको छ । बुधबार चाँदीको मूल्य १ हजार ७६५ रुपैयाँ कायम भएकोमा बिहीबार बढेर कारोबार भएको महासंघले आफ्ना वेबसाइटमा उल्लेख गरेको छ । 

प्रकाशित मिति : १८ पुस २०८१, बिहिबार  १ : २४ बजे


©2025 Sarajuonline सर्वाधिकार सुरक्षित