२४ श्रावण २०८३, आइतबार | Sun Aug 9 2026

राप्ती साहित्य परिषद्को अध्यक्षमा देवकोटा र महासचिवमा केसीसहित सर्वसम्मत


२० बैशाख २०८२, शनिबार  


राप्ती साहित्य परिषद्को अध्यक्षमा कमलमणि देवकोटा सर्वसम्मत चयन भएका छन् ।

शनिबार दाङको घोराहीमा सम्पन्न १५ ओैँ अधिवेशनबाट देवकोटा अध्यक्ष पदमा सर्वसम्मत चयन भएका हुन् ।

त्यस्तै परिषद्को बरिष्ठ उपाध्यक्षमा दीपक शर्मा, महासचिवमा आदिम केसी, सचिवमा शारदा शर्मा र कोषाध्यक्षमा बसन्त पोख्रेल चयन भएका छन् ।

यसैगरी परिषद्को सदस्यहरूमा धनसिंह गिरी, सुवास न्यौपाने, सरीता देवकोटा, पूर्णर वली सिर्जना शर्मा, ओमबहादर खत्री, निमा पुन मगर, भावना खड्‌का, गोविन्द पुन गिरिष, तारादेव शर्मा, झरना चन्द, मोहनसिंह घर्ती रहेका छन् । राप्ती साहित्य परिषद् साविकको राप्तीको पुरानो साहित्यिक संस्था हो।

प्रकाशित मिति : २० बैशाख २०८२, शनिबार  ९ : २५ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित