३० फाल्गुन २०८२, शनिबार | Sat Mar 14 2026

७ करोडकाे लक्जरी गाडी भित्रीएकाे एकसातामै बिक्री, के छ,त्यस्तो सुविधा ?


२० मंसिर २०८१, बिहिबार  


७ करोड पर्ने  देशकै सबैभन्दा महँगो दाबी गरिएको लक्जरी गाडी BMW X7 xDrive 40i नेपालमा ल्याइएको एक हप्ताभित्र बिक्री भएको छ ।

नेपालमा बीएमडब्ल्यू अटोमोबाइल्सको एक मात्र आधिकारिक आयातकर्ता र डिलर लक्ष्मी प्रिमियम मोटर्सले यसबारे जानकारी दिएको हो ।

कम्पनीका अनुसार, यो मोडल कार्तिक २९ मा नेपाल आयात गरिएको थियो। अत्याधुनिक प्रविधि, उत्कृष्ट डिजाइन, मजबुती, सुरक्षा, शक्ति, र विलासी सुविधाले सुसज्जित यो गाडी अहिलेसम्मको सबैभन्दा महँगो लक्जरी गाडी भएको कम्पनीको भनाइ छ । 

यस बिक्रीले नेपाली उपभोक्ताबिच प्रिमियम गाडीप्रतिको चासो र रुचिलाई प्रस्ट रूपमा उजागर गरेको कम्पनीको भनाइ छ। 

प्रकाशित मिति : २० मंसिर २०८१, बिहिबार  ५ : २८ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित