यतिबेला दंगालीहरू चिल्लो चार लेन सडक बनोस्।कम्तीमा टरिगाउँ विमानस्थलमा विमानले उडान भरोस्। सहजै सडक या हवाई यात्रा गर्न सकियोस् । जिल्लामा उत्पादित कृषि उपजले गतिलो बजार पाओस् । घरमै बसेर उत्पादन र रोजगारी गर्न पाईयोस्।जिल्लामा पसिना बगाएर खाने उद्मी वातावरण बनोस्,शान्ति सुरक्षा र अमनचैन कायम हो।
यी यस्तै आधारभूत अपेक्षा राखेका छन् र राख्दै आएका पनि छन् । यद्यपि यी आ जैका भने होईनन्। लामो समयदेखि जनताको अपेक्षा हो। राणा शासन भोगेका,महेन्द्रकालीन देश निर्माणको युग देखेका ,पञ्चायत ढलेर बहुदल अनि लोकतन्त्र हुँदै गणतन्त्रको १६ वर्षको यो अवधि भोग्दासम्म पनि उही समस्या र उहि मुद्दा छ। २०४८ सालदेखि सत्तामा निरन्तर उकाली ओराली गर्दै आ एका देउवादेखि मुक्ति या मृत्यु भनेर गणतन्त्रको लागि लागेका प्रचण्ड र सुखी नेपाली समृद्ध नेपालको शब्द संकल्प लिएका उनै ओलीहरू सत्तामा ओहोर दोहोर गर्दै आएका छन् ।तर, जतिपटक सत्तामा पुगे पनि न दाङको विमानस्थलमा विमान उडान हुन्छ ।न चारलेन सडकमा मान्छे मर्न छाड्छन्। यस्तो नियतिबाट दंगालीहरू आजित छन् ।

पछिल्लो पटक दाङ नेताको तिर्थाटनको गन्तव्य भएको छ। केही दिन अघि माओवादी अध्यक्ष प्रचण्ड दाङ पुगे।दाङको विकासको कन्तविजोग देख। सडक र विमानस्थलका लागि उधारो वचन दिए। १९ महिना सरकारमा रहँदा सुको बजेट नहालेका उनले भावुक हुँदै दाङको अत्यवश्यक विकासमा पहल गर्ने आश्वासन दिए।तर, दाङको समस्या उनले अहिलेसम्म संसद र सरकारमा उठाएका छैनन् ।
प्रचण्डको दाङ भ्रमणको विषयमा ठूलाठूला अक्षरमा खबरहरू छापिए। सामाजिक सञ्जाल रंगियो। उनले जनतासंग संगै भात भान्सो गरेको फोटोहरूले निकै चर्चा पायो । तर, दंगाली जनताको प्रत्यक्ष जीवनसंग जोडिएका सडक र विमानस्थलको फाइल एक पाईलो सरेन।
प्रचण्ड फर्किएको एक हप्ता वरिपरि कांग्रेस सभापति देउवा दाङ पुगे।उनले पनि त्यही बोले ( चारलेन सडक र विमानस्थलका लागि पहल गर्छु। कांग्रेसीहरूले उनको निकै जयजयकार गरे।देउवाको दाङ तिर्थाटनलाई दाङ कांग्रेसले उत्सव मनायो।देउवाका अघिपछि लागेर धेरै कांग्रेसीले फोटो सेशन गरे।

देउवा दाङबाट फर्किएको पनि धेरै दिन भो।उनी यति भारतको प्रयागराज तिर्थाटनमा कस्सिएका छन् ।दाङ तिर्थाटनपछि भारतीय एक संस्थाको निम्तो मान्ने मौकामा प्रयागराजको शुभसाईत मिलाएका हुन्।
यसै गरि यहि फागुन ५ गते एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओ ली दाङ हिडे। हेलिकप्टरबाट दाङ उडेका उनी टरिगाउँमा ओर्लिए। २०११ सालमा ट्विनेटरले पहिलो उडान भरेको विमानस्थल वर्षौदिखि विस्तारको पर्खाइमा छ। तर, प्रधानमन्त्रीले अर्को बजेटमा विमानस्थल विस्तार भनेर पन्छाए।

चार लेन सडकको टेण्डर खुलेको थोरै चर्चा गरेका उनले लमही घोराही सुरूङको निकै चर्चा गरे। एकताका रेल र ग्यास पाईपले कीर्तिमान हासिल गरेका उनी पछिल्लो समय सुरूङ र सूचना प्रविधिको निकै चर्चा गर्छन् । लुम्बिनी भ्रमणमा निस्किएका उनी एमाले सभामा बाकावीरका कथा सुनाउँदै थिए।जनताको दर्द र व्यथा एकातिर ।कार्यकारी प्रमुखको कथा अर्कोतिर ।यस्तो नियति छ,देशको ।नेताले बकुम्फुसे आश्वासन बाँड्ने कार्यकर्ताले ताली बजाउने ।यहि नियति देखियो ।तीन शीर्ष नेताको दाङ तिर्थाटनले।
प्रचण्ड देउवा र ओलीको दाङ भ्रमणको उपलब्धि जनताले वाक्क लाग्ने भाषण र विपक्षीलाई ताछेको छुब्ध भाषण बाहेक केही पाएनन् । दाङको समस्या जहाँको तँहि नेता भ्रमण सकाएर आ फ्नो राजनीतिक कार्यक्रमको अभिष्ट पूरा गरे। जनताका लागि हात्ती आयो हात्ती आयो फूस्सा भएन र ?