ट्रम्प अमेरिकी सत्ता उक्लिएपछि नेपाल लगायतका मुलुकमा विभित्र शीर्षक युएस एड मार्फत गरिएको लगानी सार्वजनिक गरे। नेपालमा मात्रै १४६ मिलियन डलर अर्थात करिब २० अर्ब वर्षेनी भित्रीएको सार्वजनिक भएपछि नेपालमा एनजीओ र आईएनजिओहरूको ओठ तालु सुकेको छ।
सरकारी प्रणालीबाट भित्रीने सहयोग भन्दा त्यस बाहिरबाट नेपालमा डलर भित्रीएको देखिन्छ ।वर्षेनी यति ठूलो अमेरिकी सहयोग भित्रीएपनि नेपालको अवस्था जहाँको तँही देखिन्छ । सरकारले पछिल्लो समय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाको हिसाब खोज्न थालेको छ।यति मात्रै होईन, विदेशी अनुदान रोकिन थालेपछि सरकार विभिन्न उपादेयताविहिन संरचना खारेज वा गाभ्ने तयारीमा छ।
मुल कुरो नेपालमा भित्रीएको सहयोग खर्चको अपारदर्शीको विषयमा प्रश्न उठेको छ। देशभर सञ्चालित गैरसरकारी संस्था र अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाको खर्चको विषयमा प्रश्न उठेपछि एमाले महासचिव शंकर पोखरेल तारन्तर धारणा सार्वजनिक गरिरहेका छन् । उनले गैरसरकारी संस्थाहरूमा एमाले नेतृत्व अलग रहेको भन्दै स्पष्टीकरण दिदै आएका छन् ।
सत्ताको चाबी समाएको उनको दल छ।गैरसरकारी संस्थामा एमालेको बाहुल्यता छ। त्यो सत्य हो ।तर, सरकार नेतृत्व गरेको दलको जिम्मेवार नेता यश विषयले निकै अत्तालिएको देखिन्छ ।
उनले गएको तीन दिनमा यससंग सम्बन्धित स्टाटस सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन् । ट्म्पले युएस एड मार्फत गरिएको सहयोग फ्रड भनेका छन् ।नेपाल लगायत देशहरूमा अति भ्रष्टाचार हुने गरेको पनि बोलेका छन् ।यश विषयमा शंकर पोखरेलले सहयोग गर्ने देशको जिम्मेवारी रहेको भन्दै नेपाललाई हेपिएको टिप्पणी गरेका छन् ।गरिबीमाथिको अपमान भन्दै उनले आत्मनिर्भर बन्न आह्वान गरेका छन् ।
अघिल्लो दिन पनि नेपालमा भ्रष्टाचारको डरलाग्दो अवस्थाको विपक्षमा उनले धारणा राखेका थिए।ट्रान्सपेरेन्सी ईन्टरनेसनलले नेपालमा भ्रष्टाचार बढेको देखाएको थियोे । यश विषयमा पनि उनले असहमति दर्शाएका थिए।
पोखरेले गएको शनिबार फेरि सामाजिक सञ्जालमा एमाले गैरसरकारी संस्थामा कतै संलग्न नभएको दाबी गर्दै आएका छन् ।उनले नेपालमा संचालित गैर सरकारी संस्था अधिकांश नेकपा९एमाले०संग संवन्धित रहेको भनेर प्रचार हुने गरेको छ । त्यसमा अझ नेताहरुको संलग्नता रहेको भनेर प्रचार गर्ने गरिएको छ । जबकी सत्य र तथ्य त्यो भन्दा निकै फरक छ ।
वालवालिकाको क्षेत्रमा काम गर्नुहुने मानव अधिकार अभियन्ता गौरी प्रधानले एउटा प्रसंगमा भन्नु भएको सन्दर्भ मलाई यति वेला संझना भइरहेको छ । उहाँले भन्नु भएको थियोः
मानव अधिकार एलाइन्ससंग सम्वध्द संस्थाहरुले नेपालमा संचालित गैर सरकारी संस्थाले विदेशवाट प्राप्त गर्ने अनुदानको १५ प्रतिसत हिस्सा पनि प्राप्त गर्दैनन्। तर पनि एलाइन्समा आवध्द संस्थाहरु आखाको तारो बन्ने गरेका छन् । किनकी उनिहरु पारदर्शी रुपमा समुदायमा काम गर्दछन्। तर ८५ प्रतिसत भन्दा वढि अनुदान प्राप्त गर्ने संस्थाहरु खासै चर्चामा रहदैनन् । किनकी उनीहरुमध्ये अधिकांश बन्द कोठामा काम गर्दछन्। उनिहरु के काम गर्दछन् आम मानिसलाई थाह पनि हुदैन ।
मलाई लाग्दछ ग़ैर सरकारी संस्थामा प्राप्त अनुदानको सत्य यस्तै होला । हल्ला गर्नेहरुले कुन संस्थाले कति रकम प्राप्त गरे भन्ने कुराको तथ्य पनि वुझ्न सक्नु पर्दछ । जहाँसम्म नेकपा९एमाले०को मुल नेतृत्वको कुरा छः( त्यो विदेशी अनुदान प्राप्त संस्थावाट पूर्णतः अलग रहदै आएको छ ।
यस प्रसंगमा भन्नै पर्ने एउटा सत्यस् नेकपा९एमाले० जनताको विचमा हुर्किएको पार्टी हो । अहिले पनि जनताको रोजाईको पहिलो पार्टी यही नै हो । भविष्यमा राष्ट्रको निर्णायक शक्तिका रुपमा जनअनुमोदित हुने अभियानमा यो पार्टी जुटेको छ ।उनको बारम्बार सार्वजनिक यस्ता विचारले उनी अत्तालिएको देखिन्छ ।उनका यस्ता विचारको सर्वत्र टिप्पणी भइरहेको छ।
शंकरले एमालेको जे जति बचाउ गरेपनि देशभरका ७० प्रतिशत गैरसरकारी संस्था एमाले निकट छन् । सहकारी,गैरसरकारी संस्था ,सरकारी कर्मचारी,शिक्षक,सामुदायिक वन जस्ता संघ संगठन सबैभन्दा बढी एमालेसंग आबद्ध छन् ।
केही दिन अघि एमाले उपमहासचिव प्रदीप ज्ञवालीले ट्रम्पलाई राष्ट्र हितमा काम गर्न सुझाएका थिए। सामाजिक सञ्जाल मार्फत उनले सुझाव दिएपछि निकै टिप्पणी भएको थियोे । यसैगरी प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीले अमेरिकी राष्ट्रपतिसंग मिलेर काम गर्ने बताएका थिए।