क्युबाकी श्रममन्त्री मार्टा एलेना फेइतो काब्रेराले ‘भिखारी नभएको’ टिप्पणी गरेपछि राजीनामा दिएकी छिन्।
मन्त्रीको विवादास्पद भनाइको व्यापक आलोचना भएपछि राष्ट्रपतिले समेत प्रतिक्रिया दिनुपरेको थियो।क्युबाको आर्थिक संकट र गरिबीका कारण मन्त्रीको टिप्पणीले ठूलो आक्रोश निम्त्याएको छ।
क्युबाकी श्रममन्त्री मार्टा एलेना फेइतो काब्रेरालाई देशमा ‘भिखारी नभएको’ भन्ने विवादास्पद टिप्पणी गरेपछि राजीनामा दिन बाध्य भएकी हुन्।
मन्त्री फेइतो काब्रेराले संसदीय सत्रमा बोल्दै क्युबामा ‘भिखारी’ भन्ने कोही नभएको र फोहोरमा खानेकुरा खोज्नेहरूले ‘सजिलो पैसा’ कमाउन यस्तो गरेको दाबी गरेकी थिइन्।
उनको यो टिप्पणीलाई क्युबाभित्र र बाहिर व्यापक आलोचना गरियो, जसले गर्दा राष्ट्रपति मिगुएल डियाज(क्यानलले समेत यस विषयमा प्रतिक्रिया दिनुपर्यो। यस घटनाको लगत्तै उनले राजीनामा दिएकी हुन्।
क्युबा हाल गम्भीर आर्थिक संकटसँग जुधिरहेको छ, जसका कारण गरिबी र खाद्यान्न अभाव बढेको छ। यस्तो अवस्थामा मन्त्रीको टिप्पणीले व्यापक आक्रोश निम्त्यायो । यसले देशको नेतृत्वलाई असंवेदनशील, अधिनायकवादी र आम क्युबालीहरूको आर्थिक संघर्षबाट विच्छेद भएको देखाएको थियो।
राष्ट्रपति डियाज -क्यानलले संसदीय सत्रमा फेइतो काब्रेराको नाम नलिइकनै उनको आलोचना गर्दै नेतृत्वले ‘अहंकारी व्यवहार गर्न’ वा जनताको ‘वास्तविकताबाट विच्छेद हुन’ नसक्ने बताएका थिए।
क्युबाको वर्तमान आर्थिक संकटमा खाद्यान्न र आवासको अभाव अझै चुलिएको छ, जसले गर्दा मानिसहरू फोहोरको डंगुरमा खानेकुरा खोजिरहेको र सडक पेटीमा सुतेको दृश्य सामान्य बनेको छ।
तर, नेपालका गृहमन्त्री मानव तस्करी मुछिएको दुई महिना बढी भयो । यति गम्भीर आरोप लाग्दा पनि उनी पदमै छन् ।
गएको जेठ ६ गते उनी भिजिट भिसाको नाममा मानव तस्करीको संरक्षण गरेको आरोप लागेको थियोे ।रास्वपाले त्यसयता निरन्तर मन्त्रीको राजिनामा मागेर संसद अवरुद्ध गर्दै आएको छ। सडक, संसद र सञ्जा
लमा व्यापक विरोध भए पनि टसमस भएका छैनन् ।उनीसँग एकैदिन नियुक्त भएका निवर्तमान सामान्य प्रशासन मन्त्री अडियो टेपले राजिनामा दिईसकेपनि रमेश लेखकलाई देउवा र ओलीले धाप मारेपछि उनी लज्जा नमानी मन्त्री पदमै टाँसिएका छन् ।








