१२ श्रावण २०८३, मंगलबार | Tue Jul 28 2026

तिहारमा सवा ४५ लाख मालाकाे अनुमानित माग, फूलमा आत्मनिर्भर बन्दै


१० कार्तिक २०८१, शनिबार  



आउँदै गरेको तिहारकाे भाइटीकाका लागि सवा ४५ लाख माला खपत हुने अनुमान गरिएको छ।

फ्लाेरी कल्चर एशाेसियनका अनुसार यस वर्षको तिहारमा सयपत्री, मखमली, गोदावरी र मिक्स गरी ४५ लाख २५ हजार माला खपत हुने अनुमान गरिएको हाे।

गएकाे वर्षमा कुल ३९ लाख ७५ हजार वटा सयपत्री, मखमली, गोदावरी र मिक्स माला खपत भएको थियोे ।

एसोसिएसनले सबैभन्दा बढी ३२ करोड रुपैयाँको सयपत्री फूलको माला खपत हुने अनुमान गरेको छ । गएकाे वर्षको तिहारमा २२ करोड ७५ लाख रुपैयाँको ३५ लाख वटा सयपत्री फूलको माला खपत भएको थियो । ‘यस वर्षको तिहारमा ३२ करोड रुपैयाँको ४० लाख माला आवश्यक पर्ने अनुमान गरिएको छ, जसमध्ये २५ लाख माला आन्तरिक र १५ लाख वटा भारतबाट आयात गरिने एसोसिएनकाे विज्ञप्तिमा उल्लेख छ ।

तिहारमा कुल ३ लाख २५ हजार वटा मखमली फूलका माला आन्तरिक बजारमा खपत हुने एसोसिएसनले जनाएको छ । १ लाख ५० हजार वटा मखमली फूलको माला निर्यात गरिने एसोसिएसनका तदर्थ समितिका अध्यक्ष सूर्यभक्त श्रेष्ठले बताउँछन् । उनी भन्छन्,”पोहोर ३ लाख ३५ हजार वटा मखमली फूलका माला आन्तरिक बजारमा खपत भएको थियो भने १ लाख वटा मखमली माला निर्यात भएको थियो। “


‘यसपालि आन्तरिक बजारमा ३ लाख २५ हजार वटा माला र १ लाख ५० हजार वटा मखमली माला निर्यात गरिने अनुमान छ। मखमली फूलको व्यावसायिक खेती काठमाडौंको इचंगुनारायण, भक्तपुरको गुण्डु, ललितपुरको गोदावरी बडीखेल, कैलाली, पाल्पा, धादिङ र इलामलगायत क्षेत्रमा भइरहेको छ ।

प्रकाशित मिति : १० कार्तिक २०८१, शनिबार  ९ : ३१ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित