३० बैशाख २०८२, मंगलबार | Tue May 13 2025

ओली, एक ‘प्रतिशोधी र खुनी शासक’


११ चैत्र २०८१, मंगलबार  


गएको साउनदेखि यताका तिथिमिति मात्रै पल्टाउनु्स्।सरकारका क्रियाकलाप थितिका भन्दा बेथितिका धेरै छन् ।

जनादेश विपरीत यस्ता क्रियाकलाप जनघाती हुन्। राजनीतिक अस्थिरता ,आर्थिक संकट र समाजिक विग्रहका डोबहरू थप गहिरिदै गएका छन् ।

भ्रष्टाचार र कुशासनका दलदलमा सरकार रमाइरहेको छ। मानौ वर्तमान सरकार आधुनिक निरो हो,उसलाई देश र जनताप्रति रत्तिभर चिन्ता छैन। देश जलिरहोुस्, बालुवाटारको दरबारमा बाँसुरी बजाउनु नै यो सरकारको चरित्र हो।

सुशासन र जवाफदेही बन्न कोही खोजे सत्ताको तरबारले टुक्राटुक्रा पार्ने अनि अभिष्ट पूरा गर्ने, यही नियतबस क्रियाशील छ, ओली सरकार । सत्ताको खुनी आँगनमा बसेर देशभक्त र ईमानदार राष्ट्र सेवकलाई रेट्नुलाई सुखि नेपाली समृद्ध नेपालको परिभाषा ठान्छ।सरकारमाथि प्रश्न गरे हत्कडी लगाउँछ।

पार्टी भित्र प्रश्न उठाउँदा भीम रावल लखेटिए। उनी विरू्द्ध ग्रहदशा लाग्ने गरेको छ। यतिसम्म भैसकेको छकि, ओलीको सुदष्टि परे मालामाल, कुदसष्टि परे फालाफाल हुने अवस्था छ। ओली जे चाहान्छन्, त्यही हुनुपर्छ ।

उनको चाहाना विपरीत कोही बोले वा केही गतिविधि गरे पार्टी भित्र सहिद बनाईन्छ। यही डर र त्रासमा छन् ,एमाले भित्रका लाखौं कार्यकर्ता ।मानौ एमाले एउटा कम्पनी हो।यही एमाले कम्पनीको सीईओ हुन्,केपी ओली। सीईओले भने गरेका कामकाे आज्ञा पालन गर्नुलाई उसको पार्टी अनुशासन भनिन्छ ।

अन्धभक्त,नाेकर र दास कार्यकर्ता ओलीकाे जयजयकार गर्छन् । यसलाई उनी जबजकाे विचार ठान्छन्।
उनको यस्तो प्रवृत्तिका कारण निरन्तर जनविश्वास एमालेले गुमाउँदै गएकाेछ। गएकाे मंसिर १६ काे उपनिर्वाचन र स्ववियु नतिजाले उसको साख तीब्र गतिमा खस्किदाे छ।तैपनि ओलीमा कुनै हिनताबाेध र पश्चाताप देखिन्न । बरू अहंकार ,दम्भ, प्रतिशाेध र अराजकता बढेको देखिन्छ ।

स्वदेशमा उद्यम र व्यवासाय धरापमा छन् । गरिखाने वातावरण नभए पछि देश छोड्ने युवाको लर्को छ। लाखौं व्यवसायी आत्म हत्या गर्ने अवस्थामा छन् ।किसान मजदुरको बेहाल छ। स्वदेशी उत्पादनमा वृद्धि छैन।जनता तीन सय प्रतिशत कर बुझाउन विवश छन् ।

राज्यका अधिकांश निकाय फेल भएका छन् । डेलिभरीको अवस्था बेहाल छ।जनता राज्य भएको कतै अनुभूति गर्न पाएका छैन । दलका कार्यकर्ता अर्थात नोकरहरूले सत्ताको दुरुपयोग गरेका छन् । जनतालाई सधै भोट बैंक बनाएर ब्रम्ह लुट मचाएकाहरू सत्ताको रोटेपिङमा छन् ।

करिब३५ वर्षदेखि सत्तामा ओहोर दोहोर गरिरहेका छन् । सरकारी अधिकांश संस्थान ध्वस्त भएको बेला विद्युत प्राधिकरणले केही आशा जगाइरहेको थियोे । एक मामुली कर्मचारी कुलमानले प्राधिकरणलाई ३५ अर्बको वार्षिक घाटाबाट ४७ अर्ब नाफा पुराए।राज्यले तोकेको काम गर्दै उनीमाथि एमाले कांग्रेस गठबन्धन सहन सकेनन्। गएको साउनदेखि कुलमानमाथि बद्खेदाई गरेको ओली सरकारले अन्ततः पदमुक्त गर्यो।

ओलीको खुनी र प्रतिशोधी शासनले कुलमानहरूलाई टिक्न दिएन। उज्यालोका नायकलाई गलहत्याएर विवादास्पद पात्रलाई अघि सारेको छ। उनको अहंकारका घडा भरिदै छ,उनले गरेको बेठिक निर्णय विरूद्ध सडकमा आगो बलेको छ। यही सडकको आगोले उनलाई डढाउन सक्छ।जुन दिन उनी सकिनेछन्, त्यसदिन एमाले पार्टी बन्नेछ ।

दलतन्त्र र परिवारवादले ध्वस्त राज्यलाई अझै बर्बादीमा पुराउने काम भएको छ। त्यसको दोषी ओली मात्रै छैनन् । देउवाले ओलीको काँधमा बन्दुक राखेर कुलमान माथि प्रहार गरे।सत्ता स्थायी हुदैन ।यो ज्यादतीले सीमा नाघेपछि यिनीहरूलाई जनताले सडकमै घिसार्ने दिन नआउला भन्न सकिन्न ।

प्रकाशित मिति : ११ चैत्र २०८१, मंगलबार  ५ : ३१ बजे


©2025 Sarajuonline सर्वाधिकार सुरक्षित