२९ पुस २०८२, मंगलबार | Tue Jan 13 2026

वडाध्यक्ष कार्कीकाे मानवीय सेवा, विपन्न विद्यार्थीलाई पोशाक वितरण


३१ भाद्र २०८१, सोमबार  



प्यूठानको माण्डवी गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष धनेन्द्र कार्कीले विपन्न विद्यार्थीलाई पोशाक वितरण गरेका छन् ।

आइतबार वडा भित्रका १० जना अति विपन्न विद्यार्थीहरुलाई कार्यालयमै बोलाएर पोशाक वितरण गरेका हुन्। वडाध्यक्ष कार्कीका अनुसार ती कतिपय विद्यार्थी अरुको घरमा बसेर पढ्दै आएको, अभिभावक बिहीन, अति विपन्न परिवारका हुन्।


वडाभित्रका ४ विद्यालयबाट छनोट भई आएका कक्षा १ देखी ८ सम्मका विद्यार्थीहरुलाई पोशाक वितरण गरिएको वडाध्यक्षले कार्कीले बताए । यस अघि ती विद्यार्थी विना पोशाक विद्यालय जाने गरेकोमा अबदेखि उनीहरू पाेशाकमै विद्यालय जानेछन् ।

वडाको टोली अनुगमनको क्रममा जाँदा विद्यालयका शिक्षकहरुले राखेको प्रस्तावलाई स्वीकार गरेर आफुले पाउने सेवा सुविधा मार्फतको रकमबाट उनीहरूलाई पाेशाकमा सघाएको वडाअध्यक्ष कार्कीको भनाई छ ।

वडायक्ष कार्कीले आफु जनप्रतिनिध भईसकेपछि सिंगो वडाको अभिभाकत्व भूमिका निभाउनुपर्ने बताउँछन् । वडाको अभिभावक पनि भएकोले यस्ता कामलाई बढी प्राथमिकता दिने गरेकाे उनको भनाइ छ।

प्रकाशित मिति : ३१ भाद्र २०८१, सोमबार  २ : ३२ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित