कृषिलाई प्रवद्र्धन गर्ने उदेश्यले दशरथचन्द नगरपालिका वडा नम्बर ३ को वडा कार्यालयले किसानलाई बीउबिजन वितरण गरेको छ।
कृषक समूहलाई एक दिने तालिमको आयोजना गर्दै उनीहरुलाई तरकारीको बीउ वितरण गरिएको वडाध्यक्ष अबजबहादुर पाण्डेले जानकारी दिए । उनका अनुसार वडामा रहेका १५ वटा कृषि समूहमा आवद्ध भएका किसानहरुलाई आधुनिक तरकारी खेतीको विषयमा पनि अभिमुखीकरण गरिएको थियो ।
यसका साथै वडाले किसानहरुलाई आवस्यक पर्ने किटनाशक विषादी समेत वितरण गरेको छ। राष्ट्रिय जनगणना २०७८ अनुसार यस वडामा ४ सय ७५ घरधुरी रहेका छन्। ती सबै घरधुरीमा कृषि समूहमार्फत तरकारीको बीउ पुग्ने वडाध्यक्ष पाण्डेले बताए ।
यो सिजनमा उत्पादन गर्न सकिने रायो, मुला, केराउ, पालुङ्गो लगायतका तरकारीको बीउ वितरण गरिएको हो । वडा कार्यालयको चालू आर्थिक वर्ष २०८१÷८२को कृषितर्फको कार्यक्रम अन्तर्गत बीउबिजन तथा कीटनाशक औषधि वितरण गरेको वडाले बताएको छ।