१ जेष्ठ २०८२, बुधबार | Wed May 14 2025

कुलमानकाे अडानपछि खुरुखुरु विद्युत बक्यौता बुझाउँदै उद्योग !


११ कार्तिक २०८१, आइतबार  



लामो समयदेखिकाे विद्युत बक्यौता नतिरेका उद्योगहरूले कुलमानकाे अडानपछि खुरुखुरु बक्यौता तिर्न थालेका छन् ।

यही ८ गतेभित्र बक्यौता तिर्न प्राधिकरणकाे अल्टिमेटम थियोे ।तर, बक्यौता नतिरेपछि लाईन काटिएको थियोे । सरकारले बक्यौता नतिर्ने उद्योगकाे लाईन काट्न थालेपछि उनीहरूले पछिल्लो समय बक्यौता किस्ता बुझाउँदै लाईन जाेड्न थालेका छन् ।

प्राधिकरणका अनुसार याे खबर तयार पार्दासम्म ११ उद्योगले बक्यौता किस्ता तिरेर पुनः लाईन जाेडेका हुन्। प्राधिकरणका अनुसार भैरहवास्थित नवनेपाल इन्डस्ट्रिजले पूरै बक्यौता तिरेको छ । यसको नाममा २ लाख ५ हजार बक्यौता थियो । 

त्यस्तै ११ करोड ९६ लाख बक्यौता भएको सर्वोत्तम सिमेन्टले बक्यौताको पहिलो किस्तावापत् ३७ लाख रुपैयाँ बुझाएको छ । प्राधिकरणले किस्तामा बक्यौता बुझाउने सुविधा दिएको छ । अर्को एउटा उद्योगले भने नाम सार्वजनिक नगरिदिन आग्रह गरेको प्राधिकरणले जनाएको छ । योसँगै आज मात्रै तीनवटै उद्योगमा लाइन जडान गरिदिएको प्राधिकरणको भनाइ छ ।

बक्यौता र किस्ता नबुझाएका २९ उद्योगमा लाइन दिइएको छैन । नेपाल विद्युत् प्राधिकरणले पूरै बक्यौता वा किस्ता बुझाए मात्रै लाइन जडान गरिदिने अडान राखेको छ । प्राधिकरणले गत बिहीबार डेडिकेटेड र ट्रंकलाइन प्रयोग गरेर महसुल नबुझाएका उद्योगको लाइन काटेको थियो।

प्रकाशित मिति : ११ कार्तिक २०८१, आइतबार  ९ : ३४ बजे


©2025 Sarajuonline सर्वाधिकार सुरक्षित