२९ बैशाख २०८२, सोमबार | Tue May 13 2025

सन २०५० सम्ममा क्यान्सरबाट वार्षिक एक कराेड ८५ लाखकाे मृत्यु हुने प्रक्षेपण !


२१ कार्तिक २०८१, बुधबार  


अध्ययनले सन् २०५० सम्ममा विश्वभर क्यान्सरका कारण हुने मृत्युको संख्या झण्डै दोब्बर हुने प्रक्षेपण गरेको छ ।

युनिभर्सिटी अफ क्विन्सल्यान्ड हाब्तामु बिजुआयेहुकाे अध्ययनले सन् २०५० मा विश्वमा एक करोड ८५ लाख मानिसको क्यान्सरका कारण मृत्यु हुने अनुमान गरेको छ । याे सन् २०२२ को ९७ लाखको तुलनामा ८९.७ प्रतिशतले बढी हो ।

युनिभर्सिटी अफ क्विन्सल्यान्डका हब्तामु बिजुआयेहुको नेतृत्वमा अनुसन्धानकर्ताहरूले १८५ देशका ३६ प्रकारका क्यान्सरका विरामी र मृत्युदरको विश्लेषण गरी सन् २०५० को संयुक्त राष्ट्रसंघको जनसंख्या पूर्वानुमानमा यो दर लागु गरेर भविष्यका क्यान्सरका विरामी र मृत्युको प्रक्षेपण गरेका थिए । 

सन् २०२२ मा दुई करोड क्यान्सर भएकामा सन् २०५० मा तीन करोड ५३ लाख पुग्ने अनुमान गरिएको छ ।  

संयुक्त राष्ट्रसंघको मानव विकास सूचकांक (एचडीआई)मा कम वरीयता भएका देशहरूमा सन् २०५० सम्ममा क्यान्सरका बिरामी र मृत्यु दर तीन गुणाले बढ्ने अनुमान गरिएको छ ।

सन् २०५० मा फोक्सोको क्यान्सर यस रोगका कारण हुने मृत्युको प्रमुख कारण रहने अनुमान गरिएको छ, जुन सन् २०२२ मा १८.७ प्रतिशत रहेको थियो । 

सन् २०२२ देखि २०५० को बीचमा महिलाको तुलनामा पुरुषमा क्यान्सरका बिरामी र मृत्यु हुनेको संख्या केही बढी हुने अध्ययनले देखाएको छ।

प्रकाशित मिति : २१ कार्तिक २०८१, बुधबार  २ : ३५ बजे


©2025 Sarajuonline सर्वाधिकार सुरक्षित