३२ असार २०८३, बिहिबार | Thu Jul 16 2026

पदका लागि पेरिसडाँडामा प्रचण्ड र जनार्दनको लडामती, यता शहिद परिवारको चल्यो बेस्सरी रुवाबासी !


१९ श्रावण २०८२, आइतबार  


गएको केही दिन यता माओवादीभित्र पदकै लागि हानथाप छ। प्रचण्डले अध्यक्ष पद छोड्न नसक्ने अनि जर्नादनले पद आफूले पाउनुपर्ने भन्दै पार्टीभित्र घुर्की लगाउँदै जुहारी चलेको छ। पाटी छोड र पार्टी छोड्न नसक्नेहरुबीच यस्तो रमिता चलिरहँदा उता शहिदपरिवारमा रुवाबासी चल्यो।


हिजोको त्यो आस्था र विश्वास लोभी नेताकै कारण क्रमश ढल्दै गयो । नेकपा माओवादी केन्द्र दोलखाले शहीद र घाइते परिवारहरुलाई सम्मान गरेर बोत्ले स्मृति दिवस मनायो ।

दोलखाको बोत्लेमा २०५९ साउन १८ गते राज्यपक्षबाट मारिएका १४ जनाको स्मरणमा पार्टी केन्द्रीय कार्यालय कोटेश्वरमा सम्मान गरेर स्मृति दिवस मनाएको हो ।कोटेश्वरमा प्रचण्डकै अघि दोलखाली नेता शंकर लामाले रुँदै गुनासो गरे ।
नेताका परिवार मारिँदा स्मृति दिवस मनाइरहने तर सर्वसाधारणको परिवार मारिँदा वास्ता नगर्ने भनेर गुनासो पोखेका हुन्।

बोत्ले घटनामा पत्नी गुमाएका लामाले रुँदै शहीद पनि वर्गीय हुन लागेको गुनासो गरे । हुनेखाने, टाठोबाठो, अलि नेताहरुको परिवार यताउता भयो भने मनाइरहने । तर,साधारण शहीद भएको वास्ता छैन भन्दै शहीदहरुको अभिलेख राख्न सबैलाई झकझकाए ।

‘पार्टीभित्र गुट उपगुट जुन छ, त्यसले पनि शहीद परिवारलाई पिरोलेको छ, कार्यकर्तालाई पनि पिरोलेको छ र आम जनतालाई पनि निराश बनाइरहेको छ भन्दै आलोचना गरे ।

लामाले अहिले पार्टीमा विकेन्द्रीकरण नभई केन्द्रीकरणको आवश्यकता रहेको सुझाए विगतमा पार्टी केन्द्रीकरण हुँदा नै जनयुद्ध सफल भएको स्मरण गराए ।


उनले नेताहरुलाई पदको लोभी नबन्न सुझाव पनि दिए । उनले पार्टी कमिटी भद्दा भएको पनि रोश प्रकट गरे ।२०५९ साउन १८ गते दोलखाको बोत्लेमा मध्यरातमा राज्यपक्षबाट तत्कालीन माओवादीका कार्यकर्ताहरु मारिएका थिए ।

प्रकाशित मिति : १९ श्रावण २०८२, आइतबार  ५ : ३५ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित