२२ चैत्र २०८२, आइतबार | Sun Apr 5 2026

अर्थमन्त्री वाग्लेको राजश्व अनुसन्धान विभागसहित ऐन खारेजी स्वागतयोग्य : पूर्व अर्थमन्त्री पुन


१४ चैत्र २०८२, शनिबार  



पूर्व अर्थमन्त्री वर्षमान पुनले अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेको कदम स्वागतयोग्य भएको बताएका छन् । नेकपा नेता तथा सांसद समेत रहेका पुनले राजश्व अनुसन्धान विभागसहित असान्दर्भिक १५ वटा ऐन खारेजी स्वागतयोग्य भएको बताएका हुन्।

पूर्व अर्थमन्त्री पुनले आर्थिक वर्ष ०८१र०८२ को बजेटमार्फत अर्थतन्त्रमा देखिएका दीर्घकालीन चुनौती समाधानको लागि आफू अर्थमन्त्री भएको बेला अघि सारेको बताएका छन् । उनले त्यतिबेला नयाँ चरणको आर्थिक सुधारको लक्ष्य हासिल गर्ने सम्बन्धमा अध्ययन गर्न ‘उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोग’ गठनको घोषणा गरेको बताएका हुन्।

उनले उक्त घोषणाअनुसार निवर्तमान अर्थमन्त्री रामेश्वर खनाल नेतृत्वमा गठित आयोगले तयार पारेको प्रतिवेदनको सुझावका आधारमा आर्थिक विकासका लागि अवरोधकका रुपमा विद्यमान १५ वटा असान्दर्भिक ऐन र राजश्व अनुसन्धान विभाग खारेज गर्ने निर्णय गर्नुभएको भन्दै सञ्जाल मार्फत यस्तो बताएका छन् ।

त्यसलाई नवनियुक्त अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले कार्यान्वयन गरेको भन्दै उनलाई हार्दिक धन्यवाद र बधाई दिएका छन् । पूर्वअर्थमन्त्री र प्रतिनिधिसभा सदस्यका रुपमा रहेर मुलुकको आर्थिक विकासका लागि सरकारले गर्ने सत्प्रयासमा साथै रहनेछ समेत बताएका छन् ।

प्रकाशित मिति : १४ चैत्र २०८२, शनिबार  ६ : ३७ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित